एन्ड्रोइडमा आधारित अक्सिजन अपरेटिङ सिस्टममा चल्ने वनप्लस यसै सातादेखि नेपालका लागी आधिकारिक बिक्रेता आइहव नेपाल प्रा.लिले विक्रि शुरू गरेको छ ।
दुई बर्षको अबधिमा परम्परागत स्मार्टफोन कम्पनीहरुलाई चुनौती दिएको चिनियाँ स्टार्टअप कम्पनीले यसै सातादेखि ‘वानप्लस एक्स’ मोडल नेपाली बजारमा बिक्रि सुरु गरेको हो ।
नेपाली बजारका लागी वानप्लस सवैभन्दा उपयुक्त फोन भएको आधिकारिक बिक्रेता आइहव नेपालले जनाएको छ । तत्काललाई अनलाइन सपिङ साइट केमुडटकमडटएनपीमा छुट सहित बुक गर्न सकिने र अर्को सातादेखि नेपालभरका मुख्य मोबाइल स्टोरमा वनप्लस उपलब्ध हुने कम्पनीले जनाएको छ।
के के छन् विशेषताः
फोनमा क्वालकम र स्न्यापड्रागन ८०१,२.३ जिएचडी क्वाड कोर प्रोसेसर जडान गरिएको छ। स्मार्टफोन मेटलसहित कालो सिसाले बनेको यो फोन अहिलेसम्मकै सबैभन्दा पातलो र हलुका स्मार्टफोन फोन भएको बताइएको छ। यो अक्सिजन अपरेटिङ एन्ड्रोइड फोन रहेको र एन्ड्रोइड ५.१ ललिपप अपरेटिङ सिस्टम समेत भएको फोनमा ६.०.१ मार्सम्यालोमा अपग्रेड गर्न सकिने कम्पनीको बिज्ञप्तिमा उल्लेख गरिएको छ।
फोनमा १ सय २८ जीबीसम्म एक्सपान्ड गर्न सकिने गरि १६ जीबी आन्तरिक मेमोरी रहेको छ। २५२५ एमएएच ब्याट्री रहेको यो फोनमा एकपल्ट चार्ज गरेपछि आठ घन्टासम्म चलाउन सकिने कम्पनीले जनाएको छ।
नेपाली बजारमा फोनको मूल्य भने २८ हजार ९ सय रुपैयाँ कायम गरिएको छ। बिक्री सुरु गरेको अवसरमा यो फोन २६ हजार ९ सय ९९ रुपैयाँमा दिइरहेको कम्पनीको विज्ञेप्तिमा उल्लेख छ ।
0 comments