Monday, May 16, 2016

यसरी लिनुहोस् टेलिकमको ९० रुपैयाँमा अनलिमिटेड डाटा अफर

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय दुरसञ्चार दिवसको अवसरमा इन्टरनेट प्रयोगकर्ताका लागि डाटा प्याकेजको नयाँ योजना ल्याएको छ ।

टेलिकमले भोली जेठ ४ गतेदेखि जेठ १८ गतेसम्म जिएसएम प्रिपेड, सीडिएमए प्रिपेड र पोस्टपेड मोवाइलको लागि टेलिकमले अफर ल्याएको विज्ञप्तिमा उल्लेख छ । प्रत्येक बर्ष मे १७ का दिन अन्तर्राष्ट्रिय दुरसञ्चार दिवस मनाइन्छ ।

टेलिकमको यो डाटा प्याकेज लिन ग्राहकले करबाहेक ९० रुपैयाँ शुल्क तिर्नुपर्ने छ। साथै यो डाटा प्याकेज बेलुका ११ बजे देखि बिहान ५ बजे सम्म अनलिमिटेड चलाउन सकिने टेलिकमले जनाएको छ ।

यो डाटा प्याकेजको लिन प्रयोगकर्ताले म्यासेजमा nightdata टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ ।

टेलिकम द्वारा जारी विज्ञप्तीमा भनिएको छः
नेपाल टेलिकमले International Telecommunication (ITU) Day को उपलक्ष्यमा जेठ ४ देखि जेठ १८ गतेसम्म GSM Prepaid तथा CDMA Prepaid/Postpaid का ग्राहकहरुलाई Night Data Package अफर उपलब्ध गराउने भएको छ ।
उक्त अफर अन्तर्गत रु. ९०।– मा ७ दिनसम्म बेलुका ११ बजेदेखि बिहान ५ बजेसम्म Unlimited Data चलाउन सकिने छ ।
यो सुविधा लिनका लागि nightdata टाइप गरी १४१५ मा SMS पठाउनु पर्नेछ ।
Load disqus comments

0 comments