Showing posts with label Tips-Tricks. Show all posts
Showing posts with label Tips-Tricks. Show all posts

Thursday, March 16, 2017

युट्युबमा भिडियो हेर्दा यी किबोर्ड सर्टकट प्रयोग गर्नुहोस्

युट्युबमा भिडियो हेर्दा किबोर्ड सर्टकट प्रयोग गरेर धेरै काम गर्न सकिन्छ । यहाँ युट्युब सर्टकटको बारेमा चर्चा गरौँः

  • १) K : पज या प्ले गर्नका लागी
  • २) J : १० सेकेण्ड रिवाइन्ड गर्नका लागी
  • ३) L : १० सेकेण्ड अगाडी बढाउनका लागी
  • ४) M : साउण्ड बन्द गर्नका लागी
  • ५) 0 :  भिडियोलाई सुरुदेखि हेर्नका लागी, १ देखी ९ सम्मका नम्बर दबाएपछि भिडियोको १० देखी ९० प्रतिशत टाइमसम्म पुग्नो सकिन्छ ।

थप युट्युब किबोर्ड सर्टकट

Action
Shortcut
Toggle play/pause the videok or Spacebar
Go back 5 secondsLeft arrow
Go back 10 seconds
Go forward 5 seconds   Right arrow
Go forward 10 secondsl
Skip to a particular section of the video (e.g., 5 goes to the video midpoint)Numbers 1-9 (not the keypad numbers)
Restart video0 (not the keypad number)
Go to Full Screen modef
Exit Full Screen mode   Escape
Go to beginning of videoHome
Go to end of videoEnd
Increase volume 5%Up arrow
Decrease volume 5%Down arrow        
Increase speedShift+> (may not work in all browsers)   
Decrease speedShift+< (may not work in all browsers)       
Move forward 1 frame when video is paused. (period)
Move backward 1 frame when video is paused, (comma)
Mute/unmute videom
Turn captions on/offc
Cycle through options for caption background colorb   
Move to the previous video in a playlist       Shift+p
Move to the next video in a playlist       Shift+n

पुरै पढ्नुहोस ।

Wednesday, January 25, 2017

सस्तोमा कल गर्न यसो गर्नुहोस्

नेपाल टेलिकमको नम्बरबाट पाँचजना परिवार तथा साथीसँग सस्तो मूल्यमा कुरा गर्न सकिन्छ ।  नेपाल टेलिकमको ‘फ्रेन्ड्स एन्ड फ्यामिली’ कल सेवामार्फत प्रतिमिनेट ५५ पैसामा जनुसुकै समयमा टेलिकमकै नम्बरमा कल गर्न सकिन्छ ।  टेलिकमले ल्याएको यो सेवाका लागि प्रयोगकर्ताले टेलिकमकै पाँचवटा जनुसुकै नम्बरमा रोज्न सक्नेछन् ।
यसरी गर्नुहोस् सेवा सुचारु

  • पहिलो नम्बरका लागि FNFSUB*No1 (म्यासेजमा लेखेर ल्यज्ञ को ठाउँमा चाहेको नम्बर) टाइप गरी १४१५ मा Send गर्ने ।
  • दोस्रो नम्बरका लागि FNFSUB*No2 (म्यासेजमा लेखेर ल्यज्ञ को ठाउँमा चाहेको नम्बर) टाइप गरी १४१५ मा Send गर्ने ।
  • यसैगरी बाँकी तीनवटाका लागि पनि यही तरिका अपनाउने ।
  • यसरी एफएनएफ सेवामा राखिएको नम्बर परिवर्तन गर्नका लागि FNFMOD*OLD No*New No (पुरानो नम्बर र त्यसपछि नयाँ नम्बर) टाइप गरी १४१५ मा Send गर्ने ।
  • एफएनएफ सेवामा राखेको कुनै नम्बर डिजिट गर्न टाइप गरी १४१५ मा Send गर्ने
  • आफूले एफएनएफ सेवा राखेका नम्बर हेर्नका लागि टाइप गरी १४१५ मा Send गर्ने ।


पुरै पढ्नुहोस ।

Wednesday, December 14, 2016

स्मार्ट फोन सुरक्षित गर्ने उपाय

 स्मार्ट फोन अहिले सबैको रोजाइ बनेको छ ।  एन्ड्रोइड मोबाइल फोनको सस्तो मूल्यका कारण आम प्रयोगकर्तामाझ स्मार्ट फोन लोकप्रिय बनेको हो ।  अन्य स्मार्ट फोनको तुलनामा एन्ड्रोइड मोबाइल फोन सुरक्षित मानिन्छ तर पनि एन्ड्रोइडमा डाटा चुहिने (लिक हुने) सम्भावना भने त्यतिकै प्रबल छ ।  प्रस्तुत छ एन्ड्रोइड मोबाइल फोन सुरक्षित गर्ने उपाय (टिप्स):

१) स्क्रिन लकको सुरक्षा
मोबाइल फोन सुरक्षित गर्न सर्वप्रथम सुरक्षित पासवर्ड राख्नु अत्यन्त जरुरी छ ।  धेरैजसो प्रयोगकर्ताले पासवर्डमा १२३४ अथवा ०००० जस्ता सहजै अनुमान गर्न सकिने पासवर्ड राख्ने गरेको पाइन्छ ।  अहिले बजारमा आएका स्मार्ट फोनमा फिङ्गर प्रिन्ट स्क्यानर फिचर रहनेभएकाले यो फिचर प्रयोग गरेर आफ्नो स्मार्ट फोनलाई अझ सुरक्षित बनाउन सकिन्छ ।
२) फेस लक
अहिलेका मोबाइल फोनमा लोकप्रिय र सुरक्षित फिचरमध्ये फेस लक पनि एउटा हो ।  यदि मोबाइलमा यो फिचर छैन भने पनि चिन्ता नगर्दा हुन्छ ।  गुगल प्ले स्टोरबाट फेस लक एप डाउनलोड गरेर आफ्नो स्मार्ट फोनलाई सुरक्षित गर्न सकिन्छ ।  यो फिचर प्रयोग गरेमा स्मार्ट फोन अरूले खोल्नै सक्दैनन् ।
३) प्ले स्टोरबाट मात्र एप डाउनलोड
कतिपय एन्ड्रोइड एप गुगलको आधिकारिक एप स्टोर ‘प्ले स्टोर’ मा नपाइन सक्छन् ।  प्रयोगकर्ताले अन्य वेबसाइट, ‘थर्ड पार्टी’ बाट एप डाउनलोड गर्ने गरेको पाइन्छ ।  यसरी अन्य स्थानबाट एप डाउनलोड गर्दा स्मार्ट फोन खतरामा पर्नसक्छ ।  यसरी ‘थर्ड पार्टी’ बाट डाउनलोड भएका एपमा मालवेयर, ट्रोजन वा कि लगरहरू तपाईंको मोबाइलमा प्रवेश गरेर व्यक्तिगत जानकारी चोर्न सक्छन् ।  त्यसैले यस्तो जोखिमबाट बच्न मोबाइलको क्भततष्लनक श्र क्भअगचष्तथ श्र ग्लपलयधल कयगचअभक मा गएर अनचेक गर्नुहोस् ।
४) बिर्सेर पनि मोबाइलमा पासवर्ड सेभ नगर्नु
मोबाइलमा हामी प्रायः बैङ्कका, याहू वा जिमेल जस्ता विभिन्न एकाउन्टका पासवर्ड सेभ गर्ने गछौँ ।  आफ्नै मोबाइल र आफैँलेमात्र चलाउने त हो भनेर त्यस्ता सबै एकाउन्ट चलाउनेबेलामा पटक पटक पासवर्ड हानिरहनु पर्ने झञ्झटबाट मुक्त हुन ती सबै पासवर्ड सेभ गरिरहेका हुन्छौ ।  यसरी मोबाइलमा पासवर्ड सेभ गर्दा मोबाइल ब्राउजर र एपमा समस्या आएमा वा ह्याकरले त्यो एप वा साइट आफ्नो नियन्त्रणमा लिएमा तपाईंको सबै पासवर्ड चोरिन सक्छ ।  त्यसैले मोबाइलमा पासवर्ड सेभ नगरेकै राम्रो ।
५) मोबाइल फोनमा एन्टीभाइरस राख्ने
कम्प्युटरमा जस्तै मोबाइलमा पनि भाइरसलगायतका सम्भावित हमलाबाट बच्नका लागि एन्टीभाइरस राख्न सकिन्छ ।  गुगल प्ले स्टोरमा निःशुल्क वा सशुल्क दर्जनाँै मोबाइल एन्टीभाइरस पाउन सकिन्छ ।  यस्ता मोबाइल एन्टीभाइरसले मोबाइल फोनलाई थप सुरक्षित बनाउन सहयोग गर्छन् ।

- अजय शर्मा
पुरै पढ्नुहोस ।

Sunday, November 27, 2016

किन पड्किन्छ ब्याट्री र कसरी बच्ने ?

मोबाइल र ल्यापटपमा प्रयोग हुने ब्याट्री लिथियम आयन ब्याट्री हुन् ।  ब्याट्रीलाई अत्यधिक चार्ज हुनबाट रोक्न तथा सर्ट सर्किटबाट जोगाउन एउटा अलग्गै सर्किट हुन्छ ।  यो सर्किट बिग्रिएमा ब्याट्री सामान्य समयको भन्दा तातो हुन्छ, जसलाई थर्मल रन–वे भनिन्छ ।  थर्मल रन–वे एउटा रासायनिक प्रक्रिया हो, जसमा ब्याट्री धेरै तात्छ र थप प्रतिक्रिया हुँदा ब्याट्री पड्किन्छ ।
प्रविधिविज्ञहरूका अनुसार, कुनै पनि ब्याट्री १४० देखि ३५० डिग्री फरेनहाइटसम्म तात्दा थर्मल रन–वेको स्थितिमा पुग्छ ।  सामान्य कोठाको तापक्रममा यो स्थिति उत्पन्न हुँदैन ।  ब्याट्रीमा खराबी छ भने मात्र यो सम्भव छ ।  ब्याट्री उत्पादक कम्पनीबीच ब्याट्रीको चार्ज गर्ने समय घटाउने र चार्ज लामो अवधिसम्म धान्ने बनाउने जस्ता प्रतिस्पर्धाका कारणसमेत ब्याट्री पड्कन थालेका हुन् ।

ब्याट्री पड्कने खतराबाट कसरी बच्न सकिन्छ ?

  • सक्कली र भरपर्दो कम्पनीको ब्याट्री मात्र किन्ने गर्नुहोस् ।  
  • ब्याट्रीलाई धातुको नजिक कहिल्यै नराख्नुहोस्, जस्तै सिक्का, चाबीे, गहना आदि ।  यस्ता चीजले विद्युतीय कनेक्सन बिगारी ब्याट्री पड्कने सम्भावना हुन्छ । 
  • ब्याट्रीलाई कहिल्यै पनि थिच्नु, कुच्याउनु, प्वाल पार्नु वा धेरै दबाब (प्रेसर) दिनु हुँदैन किनकि यसले सर्किट सर्ट भएर अधिक ताप उत्पन्न भएर ब्याट्री पड्कने सम्भावना हुन्छ ।  
  • फोन पानीमा खसेमा ब्याट्री निकालेर सुख्खा भएपछि मात्र सेटमा प्रयोग गर्नुहोस् । 
  • चुलो, ग्यासनजिक वा यस्तै उच्च तापक्रम हुने ठाउँमा फोन नराख्नुहोस् ।  
  • राति सुत्दा कहिल्यै पनि सिरानी तल मोबाइल फोन नराख्नुहोस् ।  
  • फोनलाई कडा सतहमा नखसाल्नुहोस् ।  
  • मोबाइल राख्दा सकेसम्म नरम सतहमाथि राख्नुहोस् । 
  • मोबाइल र ब्याट्रीमा केही समस्या आएमा आफैँ खोल्ने वा बनाउने प्रयास नगर्नुहोस् ।  समस्या आएमा भरपर्दो मर्मत केन्द्र (सर्भिस सेन्टर) मा देखाउनुहोस् । 
- अजय शर्मा
पुरै पढ्नुहोस ।

Thursday, November 10, 2016

माइक्रोसफ्ट सेक्यूरिटी इसेन्सीएल्सः ‘अ स्टिच इन टाइम सेभ्स नाइन’

– अजय शर्मा, 
भनाइ नै छ नि ! ‘अ स्टिच इन टाइम सेभ्स नाइन’ अर्थात् समयमा लगाइएको एउटा टाँकाले नौ टाँका जोगाउँछ । त्यस्तै समयमै कम्प्युटरलाई जोगाउन गरिने सुरक्षा सम्बन्धि काम पनि यस्तै बुद्धिमानीपूर्ण काम हो । चाहे त्यो बजारमा पाइने एन्टी भाइरस, निःशुल्क पाइने एन्टी भाइरस वा त्यस्तै कुनै सफ्टवेयर राखेर होस् ।
नेपाली बजारमा उपलब्ध विभिन्न नामका किन्नुपर्ने तथा सित्तैमा पाइने एन्टी भाइरस सफ्टवेयर थुर्पै छन् । यी एन्टी भाइरसका बीचमा एउटा यस्तो सुरक्षा सफ्वेयर छ, जो सित्तैमा उपलब्ध हुन्छ । त्यति मात्र होइन, किनेको एन्टी भाइरस सफ्टवेयर भन्दा पनि राम्रो काम गर्छ भन्दा पत्यार नलाग्न सक्छ । त्यो हो माइक्रोसफ्ट सेक्यूरिटी इसेन्सीएल्स । माइक्रोसफ्टको विन्डोज अपरेटीङ सिस्टममा चलाउन मिल्ने यो सुरक्षा सफ्वेयर अर्थात् एन्टीभाइरस (माइक्रोसफ्ट सेक्यूरिटी इसेन्सीएल्स) सबैका लागि इन्टरनेटमा निःशुल्क उपलब्ध छ ।
यदि तपाईं पनि आफ्नो कम्प्युटरलाई भाइरस मुक्त बनाउन चाहनुहुन्छ तर तपाईसँग रकम अभाव छ अथवा निःशुल्क वा सशुल्क पाइने एन्टी भाइरस सफ्टवेयरबाट आजित हुनु भएको छ । त्यसो हो भने यसपटक हामी तपाईंलाई पैसा नपर्ने तर कम्प्यूटरलाई पूर्ण सुरक्षित गर्ने सफ्टवेयर (माइक्रोसफ्ट सेक्यूरिटी इसेन्सिएल्स) का बारेमा चर्चा गछौँ ।
कम्प्युटरको दुनियामा एक छत्र प्रभुत्व जमाउन सफल कम्पनी माइक्रोसफ्टले उपलब्ध गराइरहेको सुरक्षा सफ्टवेयर हो, माइक्रोसफ्ट सेक्यूरिटी इसेन्सिएल्स । यसले कम्प्युटरलाई पूर्णरुपमा भाइरसबाट मुक्त गराउने मात्र नभई इमेल तथा इन्टरनेटबाट आउने विभिन्न प्रकारका स्पाइवेयर, मालवेयर र अन्य यस्तै खतराबाट कम्प्युटरलाई मुक्त गराउछ ।

माइक्रोसफ्ट सेक्यूरिटी इसेन्सीएल्सका मुख्य विशेषताः
१. कम्प्युटरमा आउने विभिन्न खाले सुरक्षा धम्कीबाट संरक्षण गर्छ र सुसूचित गराउँछ ।
२. पेन ड्राइभ, सिडि, डिभिडि जस्ता रिमुवेभल मिडिया मार्फत् हुने विभिन्न खाले भाइरस, मालवेयर र स्पाइवेरको आक्रमणबाट जोगाउँछ  ।
३. सरल र सहज इन्टरफेस भएकाले चलाउन सजिलो छ ।
४.  इन्टरनेट तथा इमेलबाट हुने स्माप, फिसिङ्, स्पाइवेयर, मालवेयर लगायतका सम्भावित जोखिमबाट सुरक्षा प्रदान गर्छ ।
५. यो माइक्रोसफ्टले आफैले बनाएको सुरक्षा सफ्टवेयर हो । त्यसैले अपरेटिङ् सिस्टमको आफ्नै सुरक्षा सफ्टवेयर प्रयोग गर्नु भनेको अर्को फाइदाजनक कुरा हो, यसले पुरै सिस्टममा पूर्ण नियन्त्रण राख्न सक्षम छ । कतिपय समयमा किनेका एन्टी भाइरस सफ्टवेयरले समेत विन्डोज सिस्टम फाइल तथा फोल्डरलाई भाइरस र मालवेयर देखाउछन् । त्यसैले जुन ओएस चलाउदैँ हुनुहुन्छ त्यसैको सुरक्षा सफ्टवेयर राख्नु भनेको तपाईंका लागि अर्को फाइदाजनक कुरा हो ।
६. यो विन्डोज भिस्टा, विन्डोज सेभेनमा समेत काम गर्छ ।  माइक्रोसफ्ट सेक्यूरिटि इसेन्सिएल्समा अटो फिचर रहेकाले आफै अपडेट र कम्प्युटर तथा रिमुभेवल डिभाइसलाई अटो स्क्यान समेत गर्छ ।
७. माइक्रोसफ्टले आफ्नो अपरेटीङ सिस्टमलाई सुरक्षित गर्नका लागि विकास गरेको यो सुरक्षा सफ्टवेयर हो । यो एक एन्टी स्पाइवेयर सफ्टवेयर मात्र होइन, यो त अन्य एन्टी भाइरस जस्तै सुरक्षा सफ्टवेयर हो ।
८. यसले अन्य एन्टी भाइरस सफ्टवेयरले जस्तो कम्प्युटरलाई न धिमा बनाउँछ न त लाइसेन्स एक्सपाएर हुने  झण्झट नै छ ।
९. साथै यसले कम्प्युटरमा रहेका सफ्टवेयरलाई समेत अझबढि सुरक्षित बनाउछ, त्यति मात्र होइन यो सित्तैमा उपलब्ध छ । माइक्रोसफ्ट इसेन्सियल्स एकदमै भरपर्दो छ । एक पटक प्रयोग गरी त हेर्नुहोस् ।

उसो  भए कसरी माइक्रोसफ्ट सेक्यूरिटी इसेन्सीएल्स कम्प्यूटरमा राख्ने ?
१. यदि तपाईंको कम्प्युटरमा पहिले नै कुनै एन्टी भाइरस सफ्टवेयर राख्नु भएको छ भने माइक्रोसफ्ट सेक्यूरिटि इसेन्सियल्स राख्नु अघि अनइन्सटल गर्नुहोस् ।
२. माइक्रोसफ्ट सेक्यूरिटि इसेन्सियल्स कम्प्यूटरमा राख्नलाई तपाईंको कम्प्युटरमा विन्डोज भिस्टा, विन्डोज सेभेन, हुनु पर्छ ।  यो खासगरी आधिकारिक लाइसेन्स भएको विन्डोजमा मात्र राम्रोसँग काम गर्छ ।
३. कम्प्युटरमा कुनै ब्राउजर खोल्नुहोस वेव ठेगानामा https://support.microsoft.com/en-us/help/14210/security-essentials-download राख्नुहोस्  । अथवा गुगलमा गएर Microsoft Security Essentials सर्च गर्नुहोस् सर्चमा पहिलो नतिजमामा क्लिक गर्नुहोस् ।

४. पेज खुलेपछि तपाईंले त्यहाँ विभिन्न भाषा र भर्सन देख्नुहुनेछ । त्यहाँ उपलब्ध मध्ये चाहेका भाषा र भर्सन रोज्नुहोस् ।

५. माइक्रोसफ्ट सेक्यूरिटि इसेन्सियल्स निलो रंगमा रहेको लिंक क्लिक गर्नुहोस् ।  करिब १४ एमबीको यो सुरक्षा सफ्टवेयर अन्य फाइलको तुलनामा छिट्टै डाउनलोड हुन्छ ।
६.  डाउनलोड गरिसकेपछि mseinstall.exe फाइललाई डबल क्लिक गर्नुहोस् । त्यसपछि माइक्रोसफ्ट सेक्यूरिटि इसेन्सियल्स इन्सटल हुन शुरु हुनेछ ।
७. Next मा क्लिक गर्नुहोस्, त्यसपछि  I Accept मा क्लिक गर्नुहोस् ।

८. त्यसपछि Join the Customer Experience Improvement Program or I do not want to join the program at this time रेडियो वटनमा क्लिक गर्नुहोस् ।
९.  क्लिक Next क्लिक Finish त्यसपछि माइक्रोसफ्ट सेक्यूरिटि इसेन्सियल्स तपाईंको कम्प्युटरमा इन्टल हुनेछ । टाक्स बारमा यो आईकन क्लिक गरेर माइक्रोसफ्ट सेक्यूरिटि इसेन्सियल्स प्रोग्राम खोल्न सक्नुहुनेछ । त्यहाँ रहेका Quick, Full / Custom स्कान विकल्प मध्ये कुनै एक छानेर Scan वटन थिच्नुहोस् ।

युवा मञ्चको कार्तिक अङ्कमा 'टेक्नो मित्र' स्तम्भमा प्रकाशित सूचना प्रविधि सम्बन्धि जानकारीमूलक लेख
पुरै पढ्नुहोस ।

Wednesday, September 21, 2016

फेसबुकका कमैलाई थाहा हुने ५ फिचर

सामाजिक सञ्जाल फेसबुक दुनियाँमा लोकप्रिय सामाजिक सञ्जाल हो ।  यसलाई चलाउन अनि बुझ्न सजिलो पनि छ, तर यसका केही यस्ता सुविधा छन् जुन कमै मानिसलाई थाहा हुनसक्छ, के के हुन् यी कम थाहा हुने सुविधा जानौँ ।

  • आफूलाई मनपरेको पोस्ट सेभ गर्न सकिन्छः 

तपाईंका साथीभाइले सेयर गरिएका पोस्टलाई सेभ गरेर फुर्सदमा पछि पढ्न पनि मिल्ने सुविधा छ फेसबुकमा ।

  • फेसबुकका गतिविधि डाउनलोड गरेर राख्न सकिन्छः 

फेसबुकको सेटिङभित्र रहेको ‘म्यधलयिबम ब अयउथ या थयगच ँबअभदययप म्बतब’ मा क्लिक गरेर तपाईंको फेसबुकका सामग्री डाउनलोड गरी अफलाइन मोबाइलमा वा कम्प्युटरमा सुरक्षित राख्न सक्नुहुन्छ ।


  • फेसबुक च्याटमा फाइल सेयरः

तपाईंलाई फेसबुक च्याटमा फोटा पठाउने कुरा थाहा हुनसक्छ तर च्याट गर्दागर्दै इमेलमा जस्तै ‘ब्मम ँष्भिक’ मा क्लिक गरी फाइलहरू आफ्ना साथीहरूलाई पठाउन मिल्छ ।

  • अन दिस डे (इल तजष्क म्बथ) फिचरः 

फेसबुकमा आजको दिनमा पछिल्ला वर्षमा के के सेयर गरिएका थिए भनी थाहा पाउन सकिन्छ ।  यसका लागि फेसबुकमा ‘इल त्जष्क म्बथ’ टुल प्रयोग गर्नुपर्छ ।

  • फ्रेन्ड रिक्वेस्ट हैन फलोः 

कुनै सेलिब्रेटी वा सामान्य मान्छेको फेसबुक गतिविधिको बारेमा जानकारी राख्न चाहनुहुन्छ भने तपाईंले बिना फ्रेन्ड रिक्वेस्ट कसैलाई ‘फलो’ गर्न समेत सक्नुहुन्छ ।

अजय शर्मा/आईटी पाना

पुरै पढ्नुहोस ।

Sunday, June 5, 2016

फेसबुकमा तस्बिर डिलिट भयो ? फिर्ता ल्याउन यसो गर्नुहोस्

सामाजिक सञ्जाल फेसबुकमा हामी आफ्ना अनगिन्ती व्यक्तिगत तस्बिर सेयर गर्छौं, कहिलेकाही विविध कारणले फेसबुकका तस्बिर डिलिट हुन्छन् ।
यसरी डिलिट भएका तस्बिर फिर्ता ल्याउन सकिन्छ भन्ने थाहा नहुँदा पछुताउँदै बस्छौ तर फेसबुकमा डिलिट भएका तस्बिर फिर्ता ल्याउन सकिन्छ ।
कसरी फेसबुकमा डिलिट भएका तस्बिर फिर्ता ल्याउने ?
१.    फेसबुक एकाउन्ट लगअन गर्नुहोस्, त्यसपछि सेटिङमा जानुहोस् ।
२.    सेटिङको अन्त्यमा 'Download a Copy of your Facebook Data'  लेखिएको अप्सनमा क्लिक गर्नुहोस् । 
३.    यसपछि 'Download Archive'  मा क्लिक गरे पछि तपाईंको फेसबुक पासवर्ड माग्छ, पासवर्ड दिनुहोस् । 
४.    तपाईंले पासवर्ड राखेपछि कम्प्युटरमा जिप फाइल डाउनलोड हुन्छ । 
५. यसरी डाउनलोड गरिएको जिप फोल्डरलार्इ 7-Zip, WinZip,CAM UnZip, Zip online,  मध्ये कुनै सफ्टवेयर प्रयोगरी अनजिप गरी डिलिट भएको फोटोहरू पुनः प्राप्त गर्नुहोस् ।
- अजय शर्मा
पुरै पढ्नुहोस ।

Thursday, May 5, 2016

युट्युब भिडियो डाउनलोड गर्ने सजिलो तरिका

के तपाईंलाई यूट्युब भिडियो डाउनलोड गर्ने नयाँ र सजिलो तरिका थाहा छ ?
युट्युबका भिडियो डाउनलोड गर्न तपाईंले यस अघि विभिन्न साइट वा एप्लिकेशनको प्रयोग गर्नु भएको हुनसक्छ। यस्तो समस्याको समाधान भएको छ । अब आफूलाई मन परेका युट्युब भिडियो सहजै विना कुनै वेव साइट वा सफ्टवेयरको मद्दतले डाउनलोड गर्न सकिने भएको छ ।

कसरी युट्युब भिडियो डाउनलोड गर्ने त ?
१. सर्वप्रथम युट्युबमा आफूलाई मन पर्ने भिडियो सर्च गर्नुहोस् । 

२. युट्युबको युआरएल  (URL) मा गएर Youtube शब्दको अन्तिम ३ अक्षर (ube) हटाउनुहोस् र इन्टर गर्नुहोस् । 

३) यति गरेपछि ब्राउजरमा नयाँ पेज खुल्नेछ, सो नयाँ पेजमा: Format: MP3 (Music) MP4 (Video)
Quality: 720 र Recode MP3 अथवा Record MP4 विकल्प दिएको हुन्छ । यी विकल्प मध्ये कुन चाहिएको हो सो छान्नुहोस् । अन्त्यमा Recode MP3 अथवा Record MP4 विकल्पमा क्लिक गर्नुहोस् । 


पुरै पढ्नुहोस ।

Wednesday, April 20, 2016

इमेल लेख्दा यी कुरामा ध्यान पुर्याउनुहोस्

विद्युतीय चिठी अथात् इमेल आधुनिक युगको एक अपरिहार्य सूचना प्रवाहको सशक्त माध्यम बनेको छ ।  पठाएको केही क्षणमै विश्वको जुनसुकै स्थानमा पठाउन सकिने यो प्रविधि आधुनिक जीवन शैलीको एक अभिन्न अङ्ग जस्तै बनेको छ ।  चिठीको तुलनामा इमेललाई बढी व्यक्तिगत र अनौैपचारिक प्रयोजनका लागि पठाउने गरिन्छ ।  व्यक्तिगत वा अनौपचारिक कार्यका लागि पठाउँदा जस्तोसुकै भाषा वा शैलीमा इमेल पठाउँदा फरक नपर्ला तर औपचारिक प्रयोजनका लागि इमेलको पठाउँदा इमेलमा लेखिने भाषा तथा शैलीप्रति निकै सजग हुनुपर्छ । 
यहाँ हामी औपचारिक इमेल पठाउँदा केकस्ता कुरामा ध्यान पुर्याउनुपर्छ, त्यसबारे चर्चा गर्ने छौँ–
१. अर्थपूर्ण विषय लेख्नुहोस्ः
इमले पठाउनुअघि तपाईंले इमलेको विषय
(Subject) के लेख्नुभएको छ, एक पटक हेर्नुहोस् ।  सधैं विषय लेख्दा स्पष्ट बुझिने र इमेलको पूर्ण जानकारी दिने गरी विषय उल्लेख गर्नुहोस् ।  कहिले पनि इमेल लेख्दा विषय खाली नछाड्नुहोस् ।  इमेल पढाउँदा 'Important! Read Immediately!!', 'Quick question.' जस्ता विषय कहिल्यै नराख्नुहोस्, यस्ता शब्दले इमेलप्रति नकारात्मक असर पर्न जान्छ । 
२. इमेल लेख्दा कहिले पनि अङ्ग्रेजी वर्णमालाको ठूलो अक्षर (capital letter) प्रयोग नगर्नुहोस्ः
अङ्ग्रेजी वर्णमालाको ठूलो अक्षर (capital letter) को प्रयोग गर्दा कराएको वा ठूलो स्वरमा बोलेको भन्ने बुझिन्छ । 
३. ग्रुप मेल गर्नुछ भने Blind Carbon Copy अर्थात् BCC को प्रयोग गर्नुहोस्ः
तपाईंले कुनै इमेल एकभन्दा बढी व्यक्तिलाई पठाउनुछ भने Blind Carbon Copy अर्थात् BCC को प्रयोग गर्नुहोस् ।  यदि तपाईंले इमेल पठाउँदा CC को प्रयोग गर्दै आउनु भएको छ भने तपाईंले पठाएका सबै व्यक्तिले सो इमेल क–कसलाई पठाइएको छ भनी थाहा पाउने भएकाले गोपनीयताको हिसाबले पनि BCC प्रयोग गर्नु राम्रो हुन्छ । 
४. इमेल फर्वाड गर्दा ध्यान पुर्याउनुस्ः
आफूलाई प्राप्त भएका इमेल फर्वाड गर्दा सोझै फर्वाड नगर्नुहोस् ।  इमेल फर्वाड गर्दा पठाउने साथीहरूको इमेल पनि जाने हुँदा ध्यान पुर्याउनुहोस् ।  भरसक आफूलाई आएको व्यक्तिगत इमेल फर्वाड नगर्दा नै राम्रो ।
५. इमेल पठाउँदा फाइल साइजलाई ध्यान दिनुहोस्ः
इमेल पठाउँदा ठूलो साइजका फाइल भरसक नपठाउनुहोस् ।  ठूलो साइजका इमेल खोल्न इन्टरनेटको गति धेरै चाहिने र डाटा धेरै खपत हुने भएकाले सानो साइजको पठाउनु उपयुक्त हुन्छ । 
६. इमेलमा फाइल एटेचमेन्ट गरी पठाउँदा बढी फाइल नपठाउनुहोस्ः
इमेलमा फाइल पढाउँदा सकभर दुईभन्दा बढी फाइल नपठाउनुहोस्, यदि पढाउनै परे जिप (ZIP) गरेर पढाउनुहोस् ।  फाइल एटेचमेन्ट गर्दा इमेल प्राप्त गर्ने व्यक्तिलाई फाइल डाउनलोड गर्न सजिलो हुनुका साथै छिटो पनि हुने गर्दछ । 
७. इमेल पठाउनुभन्दा पहिले एक पटक पढ्नुहोस्ः
इमेल पढाउनुपूर्व एकपटक इमेल पढ्नु होस्, इमेलमा भएका त्रुटि सच्चाउन सकिने भएकाले इमेल पढाउनुपूर्व एकपटक पढ्दा राम्रो हुन्छ किनभने इमेल एकपटक पठाइसकेपछि फिर्ता लिन सकिँदैन । 
८. इमेल पठाउँदा आफ्नो पूर्ण परिचय खुल्ने जानकारी दिनुहोस्ः
इमेल पठाउँदा इमेलको अन्त्यमा आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर अनिर्वायरूपमा लेख्नुहोस् ।  सधैं इमेल पढाउँदा आफ्नो पूर्ण विवरणसहितको परिचय दिनु राम्रो मानिन्छ । 
८. जथाभावी विस्मयादिबोधक चिन्ह प्रयोग नगर्नुहोस्ः
इमेल लेख्दा सकभर विस्मयादिबोधक चिन्हको प्रयोग नगरकै राम्रो ।  यदि गरिहाल्नु परेमा खुसी व्यक्त गर्ने उत्साहबोध चिन्हको प्रयोग गर्नुहोस् । 
९.  इमेलको रिप्लाई गर्दा ध्यान पुर्याउनुहोस्ः
तपाईंलाई प्राप्त भएका इमेलको रिप्लाई गर्दा reply मात्र गर्दा केबल इमेल पठाउने व्यक्तिलाई मात्र इमेल जाने गर्दछ, तर reply to all गर्दा इमेल प्राप्त गर्ने सबैलाई तपाईंले पठाएको इमेल जाने भएकाले यसतर्फ ध्यान दिनुहोस् । 
१०. अपरिचित वा स्पाम इमेल भरसक नखोल्नुहोस्ः
तपाईंलाई प्राप्त भएका कउबm इमेललाई पनि कहिल्यै नखोल्नुहोस् वा चभउथि नगर्नुहोस् ।  यस्ता स्पाम वा अपरिचित इमेल ह्याकरले तपाईंको गोपनीयता चोर्न पठाएका हुनसक्ने भएकाले यी इमेल
सीधै डिलिट गर्नुहोस् । 

 ***
पुरै पढ्नुहोस ।

Friday, April 15, 2016

स्मार्टफोनको ब्याट्री लाइफ बढाउन यी एप्स राख्नुहोस्

स्मार्टफोनको ब्याट्री सकिएर हैरान हुनुभएको छ ? चलाउँदा काइदाको स्मार्टफोन छिटो ब्याट्री सकिँदा प्रयोगकर्ताका लागि ठूलो समस्याको विषय बन्न पुगेको छ ।
स्मार्टफोनको ब्याट्री बचाउने विभिन्न उपाय हुनसक्छन् ।  यहाँ हामी ब्याट्री बचत गर्न सहयोगी एप्लिकेसनका बारेमा चर्चा गर्नेछौँ:
डियु ब्याट्री सेभर
डियु ब्याट्री सेभर एन्ड्रोइड मोबाइल प्रयोगकर्ता माझ सबैभन्दा लोकप्रिय एप हो ।  यो एपको सहयोगमा ब्याट्रीको वर्तमान अवस्था, स्वास्थ्य, तापक्रम लगायतका विषयमा अनुगमन गर्न सकिन्छ ।  साथै यो एप्लिकेसनको सहायताले ब्याकग्राउन्डमा चलिरहेका र काम नलाग्ने एप्लिकेसनलाई बन्दसमेत गर्न सकिन्छ ।  यो एप्लिकेसन निर्माण गर्ने कम्पनीले यो एपको प्रयोगबाट स्मार्टफोनको ब्याट्री लाईफ ५० प्रतिशतसम्म बढाउने दाबी गरेको छ ।  यो एप गुगल प्ले स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ । 

जुस डिफेन्डर एन्ड ब्याट्री सेभर
एन्ड्रोइड फोनको ब्याट्री बचत गर्ने एप मध्ये जुस डिफेन्डर एन्ड ब्याट्री सेभर पनि उत्तिकै उपयोगी छ ।  यसको मद्दतले ब्याट्री बचत गर्नमात्र होइन मोबाइल डाटा, वाईफाई डाटाको खपतको जानकारी प्राप्त गर्न सकिन्छ ।  साथै यो एप चलाउन सजिलोसमेत छ । 

ब्याट्री सेभर २०१६
एन्ड्रोइड फोनको ब्याट्री बचत गर्ने एप्स मध्ये लोकप्रिय एप हो, ब्याट्री सेभर २०१६ ।  यो एपले मोबाइलमा कुन कुन एपले ब्याट्री खपत धेरै गर्ने गर्छन् भन्ने जानकारी दिने गर्दछ ।  यसमा मोबाइल डाटा, वाईफाई डाटा, जीपीएस, ब्लूटुथको टोजल्स् राखिएका छन्, जसको माध्यमबाट प्रयोगकर्ता मोबाइल सेटिङमा नगई यी सेवा सूचारू गर्न तथा रद्ध गर्न सक्छन् । 

इजी ब्याट्री सेभर
मोबाइलको ब्याट्री सेभ गर्नका लागि बनाइएको एन्ड्रोइड एप्लिकेसन हो, इजी ब्याट्री सेभर ।  यो एप प्रयोगकर्तामैत्री छ । 

ब्याट्री डक्टर (ब्याट्री सेभर)
यो एपले मोबाइलमा कति प्रतिशत ब्याट्री बाँकी छ भन्ने जानकारी दिन्छ यसमा तीनवटा युनिक चार्ज साइकल दिइएको छ, जसले गर्दा फोनको चार्जिङ स्पीड पनि बढ्छ ।  साथै ब्याट्री चाँढै सकिन भूमिका खेल्ने एप तथा ब्लुटुथ, वाईफाईलाई आफै बन्द गरिदिन्छ । 

अभास्ट ब्याट्री सेभर
ब्याट्री बचत गर्ने अर्को एप हो– अभास्ट ब्याट्री सेभर ।  यो एपले पनि ब्याट्री बचत गर्न मद्दत गर्छ ।  यसले फोनको ब्याट्रि बचाउनुका साथै फोनको गतिलाई समेत बढाउन सहयोग गर्छ । 

ग्रिनिफाइ
ग्रिनिफाई रुट तथा नन–रुट मोबाइल प्रयोगकर्ताका लागि उपयोगी ब्याट्री बचत एप हो ।  यसले मोबाइलमा कुन कुन एप्सले मोबाइल डिभाइसलाई प्रयोगमा ल्याइरहेका छन् वा कुन एप्सले ब्याट्री खपत धेरै गरेका छन् भन्ने जानकारी दिन्छ । 
 
गो ब्याट्री सेभर एन्ड पावर विजेट
मोबाइलमा ब्याट्री अधिक खपत गर्ने वाईफाई, अडियो स्क्रिन ब्राइटनेस, एप्स, मोबाइल डाटा, ब्लुटुथ लगायतका फिचर तथा एपलाई यो एपले बन्द गर्छ ।  एन्ड्रोइड फोन प्रयोगकर्ताका लागि ब्याट्री खपत कम गर्न यो एक उपयोगी एप हो । 

एडभान्सड् मोबाइल केयर
एडभान्सड् मोबाइल केयर यस्तो एप हो जसमा एन्टीभाइरसका साथै ब्याट्री सेभर फिचरसमेत छ ।  यसले मोबाइलमा ब्याट्री खपत घटाउन र वाईफाई सेक्युरिटी समेत स्क्यान गर्न मद्दत गर्छ । 

पुरै पढ्नुहोस ।

Thursday, March 31, 2016

एटीएम प्रयोग गर्दा जोखिम पनि छ है...
कसरी अपनाउने सावधानी ?

एटीएम (अटोमेटेड टेलर मेसिन)को प्रयोग अहिले प्रत्येक व्यक्तिको अभिन्न अङ्ग जस्तै बनेको छ ।  विशेष गरी बैङ्किङ कारोबार गर्ने मानिसहरूमा एटीएम नबोक्ने कमै हुन्छन् ।  सहजता र सुरक्षाका हिसाबले समेत मानिसले पैसा भन्दा गोजीमा एटीएम राख्न रुचाउने गरेको पाइन्छ ।  दैनिक बैङ्किङ कारोबारमा यसको प्रयोगसँगै जोखिम समेत बढेको छ ।  गोप्य नम्बर र कार्ड सुरक्षित राख्न नसक्दा धेरैजसो एटीएमबाटै पैसा चोरी हुने गरेको छ । 

कसरी अपनाउने सावधानी ?
१.    एटीएम कार्डको पासवर्ड समय समयमा बदल्नुहोस् । 
२.    गोप्य नम्बर (पासवर्ड वा पिन नम्बर) कहिल्यै लेखेर नराख्नुहोस् ।  कुनै कागजातमा लेखेर राख्ने वा इलेक्ट्रोनिक डिभाइसमा सेभ गरेर राख्ने बानी छ भने आजै यस्तो बानी त्याग्नुहोस् । 
३.    सहजै अनुमान गर्न सक्ने गोप्य नम्बर नराख्नुहोस् ।  जस्तैः १२३४, २४६८, फोन नम्बर इत्यादि । 
४.    जुन बैङ्कको कार्ड चलाइरहनुु भएको छ, त्यस बैङ्कको हटलाइन वा सम्पर्क नम्बर याद गर्नुहोस् ।  कार्ड हराएमा तत्काल सम्पर्क गर्न र कार्डबाट हुने कारोबार बन्द गर्न सहज हुन्छ । 
५.    प्रत्येक कारोबारपछि क्यान्सल वटन थिच्न नबिर्सनुहोस् । 
६.    बैङ्कबाट मोबाइल एसएमएस सेवा लिनुहोस् ।  यो सुविधाले तपाईंलाई हरेक कारोबारको जानकारी मोबाइलमा एसएमएसमार्फत दिन्छ । 
७.    बत्ती नभएको स्थान र सुरक्षाका हिसाबले जोखिम लागेमा एटीएमबाट कारोबार नगर्नुहोस् । 
८.    एटीएमको गोप्य नम्बर सकभर कसैलाई नदिनुहोस् । 
९.    गोप्य नम्बर डायल गर्दा हातले छेकेर गर्नुपर्छ ।  एटीएम प्रयोग गर्दा लाइनमा बसेको अर्को व्यक्तिले तपार्इंको पिन नम्बर, तपाईंले निकालेको रकम देख्ने भएकाले सावधानी अपनाउनुहोस् ।  एटीएम बुथमा प्रवेश गरेपछि गोप्य नम्बर थिच्दा एटीएम मेसिनको किबोर्डलाइ छोपिने गरी उभिनुहोस् । 
१०.    कारोबार गरेपछि तपाईंको एटीएम कार्ड, नगद र रसिद सुरक्षित राख्नुहोस् ।
११.    एटीएमबाट कारोबार गर्दा कार्ड अड्किएमा नचिनेका व्यक्तिबाट सहयोग नलिनुहोस्, सम्बन्धित बैङ्कलाई तत्काल खबर गर्नुहोस् । 
१२.    एटीएम कार्ड घुसाउने ठाउँमा समेत उपकरण जडान गरी पिन नम्बर चोरी गर्ने हुँदा एटीएमबाट रकम निकाल्दा कार्ड घुसाउने ठाउँमा कुनै उपकरण जडान भए÷नभएको यकिन गरेर मात्र कार्ड प्रयोग गर्नुहोस् । 
१३.    स्किमिङ तथा पिन नम्बर चोरीबाट बच्नका लागि एटीएमबाट पैसा निकालिसके पछि कम्तीमा एक महिनाको रसिद सुरक्षित राख्ने गर्नुहोस् । 
१४.    कहीँ कतै एटीएमको ढोकामा कार्ड स्वाइप गर्ने यन्त्र राखिएको छ भने भरसक आफ्नो पिन नम्बर नदिनुहोस् । 
१५.    कहिल्यै पनि एकैपटक दुई जना एटीएम काउन्टरमा नपस्नुहोस् । 

पुरै पढ्नुहोस ।

Monday, March 28, 2016

यसरी हटाउनुहोस् मोबाइलबाट भाइरस

स्मार्टफोनमा विभिन्न एप्लिकेशन हुन्छन् । जुन चलाउँदा भाइरसको समेत सामना गर्नु पर्छ । खासगरी एन्ड्रोइड फोनको अपरेटिङ सिष्टम ओपन सोर्समा आधारित भएकोले तपाइँको स्मार्टफोनमा भाइरस पस्न बेर लाउँदैन ।  












यसरी हटाउनुहोस् मोबाइलबाट भाइरसः

स्मार्टफोनको सेफमोडमा रिबुटः
तपाइले सबै भन्दा पहिले आफ्नो फोन वा ट्यावलेटलाई सेफमोडमा रिबुट गरेर भाइरस हटाउन सक्नुहुन्छ । यसो गर्दा थर्डपाटी एल्लिकेशनबाट आउने भाइरस हट्छ र यो आफै बन्द समेत हुन्छ । तपाइँको फोनमा सेफ मोड रिबुटको अप्सन छैन भने पावर बटन केही बेर थिच्नुस् । यसो गर्दा रिबुट टु सेफ मोड अप्सन देखिन्छ, त्यसमा थिच्नुस् ।


डिभाइस सेटिङः
रिस्टार्ट गरेपछि शुरुमा डिभाइस सेटिङमा जानुस्, एप अप्सन ओपन गर्नुस् । यहाँ सबै एप देखिन्छन् । यतिबेला तपाइँको कुनै पनि एप्स रनिङ मोडमा हुँदैन । यतिबेला तपाइँको मोबाइलमा भएको भाइरस रन भएको देखिनेछ ।

मालिसियस एप अनस्टल
यदि तपाइँको मोबाइलमा कुनै इन्स्टल नगरेको वाइर देख्नु भो भने अनस्टल गरि हाल्नुस् । कहिलेकाँहि भने भाइरसमा अनिष्टल अप्सन नहुन सक्छ । यसका लागि तपाइँ डिभाइस एडमिनिस्ट्रेटर सेटिङमा जानु पर्छ ।

डिभाइस एडमिनिस्ट्रेटर
डिभाइस एडमिनिस्ट्रेटर सेटिङमा गएर तपाइँले इन्स्टल भएका एप्सको लिष्ट देख्न सक्नु हुन्छ । तपाइँले इन्स्टल नगरेको एपलाई त्यहाँबाट हटाउन सकिन्छ । यसका लागि तपाइँले विण्डोमा देखिएको एपलाई डिएक्टिभेट गर्नु पर्छ ।

नर्मल मोड रिस्टार्ट गर्नुस्
जव तपाइँले अन्वान्टेड एप हटाउनु हुन्छ तव स्मार्टफोन वा ट्यावलेट नर्मलमोडमा रिस्टार्ट गर्नुस् । यसो गर्दा तपाइँको डिभाइस नर्मनल मोडमा फर्किन्छ । यतिबेला तपाइँको मोबाइल भाइरस मुक्त भैसकेको हुन्छ ।
पुरै पढ्नुहोस ।

Tuesday, March 22, 2016

फेसबुकमा रहेका भिडियो कसरी डाउनलोड गर्ने ? सजिलो उपाए यस्तो छ...

फेसबुकमा रहेका भिडियो कसरी डाउनलोड गर्ने होला भनेर हैरानी खेप्दै आउनुभएको छ ? यस्तो समस्या अब सजिलै समाधान हुनेछ ।
त्यसका लागि निम्न टिप्स अपनाउनुहोस्ः
१. साथीको फेसबुक पेजमा जानुहोस् । भिडियो डाउनलोड गर्न फोटो/एल्बम सेक्सनमा गएर जुन भिडियो डाउनलोड गर्ने हो त्यो भिडियोमा क्लिक गर्नुहोस् ।

२. ब्राउजरको माथि URL Adress मा गएर www. हटाएर www. को साटो m. मात्र बनाउनुहोस् उदाहरणका लागि https://www.facebook.com/aryanz/videos/vb.569975287/10152956218160288/?type=3&theater लाइ यस्तो बनाउनुहोस् https://m.facebook.com/aryanz/videos/vb.569975287/10152956218160288/?type=3&theater

३. त्यस पछि मोबाइ भ्यूमा भिडियो देखिने छ । पुनः भिडियोमा क्लिक गर्नुहोस्, भिडियो ब्राउजरको अर्को ट्यावमा खुल्नेछ त्यसपछि, भिडियोमा Left Click गरेपछि Save As Video मा क्लिक गर्नुहोस् । कम्प्युटरमा भिडियो डाउनलोड हुन्छ ।

पुरै पढ्नुहोस ।

Friday, March 11, 2016

फोनको स्क्रीनमा दाग धब्बा लाग्यो, कसरी सफा गर्ने ?

हामी फोन चलाउँदै खाना, खाजा खाँदै गर्दा खानेकुरा मोबाइल स्क्रीनमा लाग्न पुग्छ । यस्तो बेला जे आफूसँग छ त्यही चिजले रुमाल, टिस्यू पेपर केही पाइएन भने हातले समेत पुछिदिन्छौ ।
यसरी जे पायो त्यही चिजले फोनको स्क्रीन सफा गर्दा स्क्रीन कोरिने (स्क्र्याच), दाग–धब्बा लाग्न सक्छ । त्यसैले हल्का दाग स्क्रीनमा छ भने नरम कपडा वा सम्भव हुन्छ भने ‘माइव्रmोफाइबर कपडा’ले स्क्रीनमा हलुकासँग पुछ्दा उचित हुन्छ । तपाईंलाई माइक्रोफाइबर भनेको चाहा छैन भने चश्मा किन्दा सँगै आउने पातलो नरम कपडा हुन्छ नी त्यही हो माइव्रmोफाइबर कपडा । यस्तो कपडा चश्मा पसलमा किन्न पाउनुहुन्छ ।
यदि स्व्रmीनमा दाग­धब्बा अलिक कडा खाले छ भने फोन स्विच अफ गर्नुहोस् । त्यसपछि नरम कपडा (माइक्रो फाइबर)मा थोरै स्मार्टफोन सफा गर्ने क्लिनिङ्ग स्प्रे, डिस्टिल्ड वाटर टुथ पेष्ट राखेर स्व्रmीनमा हल्कासँग पुछ्नुहोस् । फोनको स्क्रीन सफा गर्दा कहिले पनि पानीको प्रयोग नगर्नुहोस् किनकी पानीले स्व्रmीनको चिल्लोपनामा ह्रास ल्याई चमक घटाउछ ।
पुरै पढ्नुहोस ।

Thursday, March 10, 2016

साइबर अपराधबाट बच्न ५ सुझाब

साइबर अपराधबाट बच्न ५ सुझाब
१. इन्टरनेट खुल्ला प्रविधि भएकाले व्यक्तिगत विवरण नराख्नुहोस् ।
२. ई–बैकिङ प्रयोगकर्ताहरुले कम्प्युटरमा स्माम फिल्टर, एन्टीभाइरस, एन्टिस्पाई सफट्वेयर तथा फायरवाल सफ्टवेयर राख्नुहोस् । बैंक खाता नियमिति रुपमा चेक गर्नुहोस् ।
३. साइबर क्याफे तथा अरुको कम्प्युटर चलाउँदा स्पाई सफ्टवेयर रहे नरहेको ख्याल गर्ने गर्नुहोस् ।
४. अपरिचित व्यक्ति र संस्थालाई इमेल तथा सामाजिक सञ्जालमा व्यक्तिगत विवरण झुक्एिर पनि नदिनुहोस् ।
५. आर्थिक कारोबारसम्बन्धी कुरा गर्दा इमेल र च्याटमा मात्र भर नपरी फोनबाट समेत निश्चित गर्ने गर्नुहोस् । सम्भव हुन्छ भने व्यक्तिगतरुपमा भेटरै कारोबार गर्नुहोस् ।

(गोरखापत्र दैनिकमा प्रकाशित) 
पुरै पढ्नुहोस ।

Wednesday, March 9, 2016

फेसबुकमा कहिल्यै गर्न नहुने १० कुरा

फेसबुक एउटा यस्तो सोसल नेटवर्किङ साइट हो जसलाई थुपै्र मानिसले मन पराउँछन् ।  केही फेसबुक प्रयोगकर्ता आफ्नो पूरै निजी जिन्दगीलाई फेसबुकमा छताछुल्ल पार्ने गर्छन् ।  यस्तो व्यवहारले कस्तो प्रभाव पार्छ भन्ने कुरा उनीहरूलाई रत्तिभर पनि थाहा हुँदैन ।  अझ कतिपय फेसबुक प्रयोगकर्ताले आफ्नो दैनिक कार्य, फोटो, गरिरहेको काम, लोकेसन फेसबुकमा राख्ने गरेको पाइन्छ ।  मानिसहरू आफ्ना बारेमा अरूलाई जानकारी दिन यस्तो गरिरहेका हुन्छन् ।  तर यस्ता कार्यले भविष्यमा थुपै्र समस्या उत्पन्न गर्न सक्ने सम्भावनाप्रति सजक हुँदैनन् ।  फेसबुक सार्वजनिक स्थान हो,
थाहापाइ राखौँ फेसबुक जस्ता सामाजिक सञ्जालमा भुलेर पनि गर्न नहुने १० कुरा:
१.    पासवर्ड बाँँढ्ने काम नगर्नुहोस्ः फेसबुकको पासवर्ड सधैँ गोप्य राख्नुपर्छ ।  पासवर्डकै कारणले गर्दा धेरै मानिसले ठूलो समस्या झेल्नुपरेको हुन्छ ।  त्यसैले आफ्नो फेसबुकको पासवर्ड सधैँ गोप्य राख्नुहोस् ।
२.    नक्कली एकान्टबाट बँच्नुहोस्ः कुनै पनि व्यक्तिले नक्कली अकान्ट बनाउनु र त्यसको प्रयोग वा दुरुपयोग गर्नु कानुनी अपराधको दायरामा पर्छ ।  यसो गर्दा तपाईं प्रहरीको फन्दामा पर्न सक्नुहुन्छ ।  कुनै पनि व्यक्तिको अकान्टबाट अरूलाई घोचपेच वा दुरुपयोग गर्नेलाई पनि सजाय हुनसक्छ ।
३.    अनावश्यक लिंकहरू क्लिक नगर्नुहोस्ः फेसबुकमा अनावश्यक लिङ्कहरू आइरहेका हुन्छन्, कतिपय यस्ता लिङ्क ह्याकरले फैलाएका पनि हुनसक्छन् ।  यस्ता लिङ्कलाई झुक्किएर पनि क्लिक गर्नुहँँुदैन ।  यस्ता लिङ्कमा क्लिक गर्नाले तपाईंको फेसबुक अकाउन्ट ह्याक हुन पनि सक्छ ।  त्यसैले सधैं यस्ता लिङ्कबाट टाढा रहनुहोस् ।
४.    रिलेसनसिप स्टेटस परिवर्तन गर्नुः यदि तपाईं कुनै पनि सम्बन्धमा हुनुहुन्छ भने यो खबरले तपाईंका साथी र परिवारलाई खुशी राख्ला तर केही जोडी फेसबुकमा आफ्नो रिलेसनसिप स्टेटस आफ्नो मुडअनुसार राख्ने गर्दछन् जुन राम्रो कुरा होइन ।
५.    आफ्नो लोकेसन कहिल्यै पनि फेसबुकमा सेयर नगर्नेः यस्तो गर्नाले अपलोड गरिएको स्ट्याटसमा धेरैभन्दा धेरै लाइक र कमेन्ट त प्राप्त गर्न सकिन्छ तर अपराधीले पनि यस्तै मौका छोपी रहेका हुन्छन् ।
६.    घरमा एक्लै छु, घरका मान्छे सबै बाहिर छन् आदि जस्ता स्ट्याटस नराख्नुहोस्ः आफू घरमा एक्लै भएको बेला पनि घरमा कोही छैन, घरमा एक्लै छु, घरका मान्छे सबै बाहिर छन् भन्ने जस्ता स्ट्याटस पनि राख्नु हुँदैन ।  घरमा कोही नभएको समयमा चोरीका घटना बढ्न सक्छन् ।  अपराधीले केही ठूलो घटना घटाउने सम्भावना हुन्छ ।
७.    जोशमा होस नगुमाउनुस्ः कुनै पनि सामाजिक सञ्जालमा साम्प्रदायिक भड्काव ल्याउने वा अफवाह फैलाउने व्यक्ति पनि कानुनी कारबाहीको दायरामा पर्छन् ।  यस्ता व्यक्तिलाई पनि सार्वजनिक अपराधसरहकै सजाय हुनसक्छ ।  त्यसैले सामाजिक सञ्जालमा साम्प्रदायिक भड्कावलाई प्रोत्साहन गर्ने स्टाटस नलेख्नुहोस्, लाइकसमेत नगर्नुहोस् ।
८.    फेसबुकमा आफ्नो प्रेमको सोअफ: केही मानिस आफ्नो रोमान्स फेसबुकमार्फत नै उजागर गर्न चाहन्छन् ।  यो कदापि उचित होइन, यसले तपाईंको व्यक्तिगत जीवनमा नकारात्मक असर पार्न सक्छ ।
९.    फोटो अपलोड गर्नुः कोही जोडी आफ्नो एक–दुईवटा फोटो नभई थुपै्र फोटो अपलोड गर्न चाहन्छन् ।  तपाईंको यस्तो व्यवहार कोही दोस्रो व्यक्तिका लागि टाउको दुखाई हुनसक्छ ।  फेसबुकमा कुनै पनि जोडीले एक वा दुईवटाभन्दा अरू फोटो अपलोड गर्नु अनावश्यक मानिन्छ ।
१०.    स्टेटसको झमेलाः यदि तपाईंको आफ्नो प्रेमीसँग झगडा भएको छ भने त्यसको अर्थ तपाईंले आफ्नो भाव फेसबुकको वालमा दुःखी भएको स्माइली पोस्ट गरेर संसारलाई देखाउनु होइन ।  यस्तो अवस्थामा तपाईं आफू अफलाइन बसेर आफ्नो पार्टनरसँग कुराकानी गर्दा ठीक हुन्छ ।  
***


पुरै पढ्नुहोस ।

Tuesday, March 8, 2016

कसरी चिन्ने सक्कली मेमोरी कार्ड !

स्मार्ट फोनदेखि ट्याबलेट र क्यामेरासम्म मेमोरी कार्ड अनिवार्य जस्तै बनेको छ ।  ट्याबलेट, स्मार्टफोन, क्यामेरा र अन्य मोबाइल डिभाइसका लागि अलग अलग मेमोरी कार्ड अर्थात एसडी कार्ड राखिन्छ ।  एसडी कार्ड सुरक्षित छ कि छैन भन्ने थाहा पाउन सकेन भने त्यो छिट्टै विग्रिने वा काम नगर्ने हुन सक्छ ।  यहाँ मोमोरी कार्ड सक्कली हो कि नक्कली भनेर थाहा पाउने तरिका चर्चा गरिएको छ ।

यसरी थाहा पाउनुहोस् तपाईंको मेमोरी कार्ड सक्कली कि नक्कली:
१. गुगल प्लेबाट तपाईंले आफ्नो स्मार्टफोनमा एसडी इनसाइट ९क्म क्ष्लकजष्नजत० नामको एप डाउनलोड गर्न सक्नु हुन्छ ।  यसले तपाईंलाई कार्ड नक्कली हो कि सक्कली भनेर तत्काल थाहा दिन्छ ।  यो डाउनलोड गरेपछि तपाईंको कार्ड स्मार्टफोनमा राख्नुस् ।
यसले तपाईंको कार्ड बनाउने कम्पनी, यसमा रहेको स्टोरेज क्षमता, कार्ड बनेको मिति तथा अन्य जानकारी दिन्छ ।  यदि तपाईंको कार्ड राख्ना साथ एपले “Sd Insight” भन्ने म्यासेज आयो भने बुझ्नुहोस् तपाईंको कार्डमा केही खराबी छ या यो नक्कली कार्ड हो ।  त्यस्तै पुनः चेक गर्दा तपाईंको स्क्रिनमा “इचष्नष्ल ष्क गपलयधल” देखियो भने बुझ्नुस् तपाईंको कार्ड नक्कली हो ।  कार्ड किन्ने समयमा प्याकिङ गरिएको हुन्छ ।  तर यस्ता प्याकिङ गरिएका कार्डसमेत नक्कली हुने प्रबल सम्भावना हुन्छ ।  यो एपको मद्दतले तपाईंलाई नक्कली कार्ड चिन्न सघाउछ । 
एप डाउलोड गर्न यहाँ क्लिक गर्नुहोस्
पुरै पढ्नुहोस ।

मोबाइलमा इन्टरनेट चलाउनु हुन्छ ? यसरी बचाउनुहोस् डाटा

स्मार्ट फोनमा इन्टरनेट चलाउँदा थाहै नपाई डाटा सकिने कुराप्रति तपाईं सचेत बन्नुभएको छ ? तपाईं सचेत नहुँदा नसोचेको समयमा डाटा सकिने र पैसा पनि बढी लाग्ने समस्या हुन्छ ।  पछिल्लो समयमा स्मार्टफोनको अत्याधिक प्रयोगसँगै मानिस मोबाइलबाट नै इन्टरनेट चलाउँछन् ।  त्यसमाथि वाइफाई नभएको स्थानमा डाटाबाट इन्टरनेट चलाउने प्रयोगकर्ता पनि बढिरहेका छन् ।  यहाँ मोबाइल इन्टरनेट डाटा चलाउँदा विचार गर्नुपर्ने विषयका बारेमा चर्चा गरिएको छ:
१. अटो अपडेट एप्स
स्मार्ट फोनमा इन्टरनेट कनेक्सन हुने वित्तिकै तपाईंका विभिन्न एप्स अटो अपडेट र अपडेटेड भर्सन इन्स्टल गर्छ थाल्छन् ।  यसले गर्दा तपाईंको डाटा भने थाहै नपाई एक्कैछिनमा सकिन्छ । 
के गर्ने ?
सबैभन्दा पहिले प्ले स्टोरको सेटिङमा अटो अपडेट बन्द गर्नुस् ।  यसपछि तपाईंको कुनै पनि एप अटो अपडेट हुँदैन ।  यसले तपाईंको डाटा जोगाउन मद्दत गर्छ ।

२ डाटाको जानकारी
इन्टरनेट डाटा प्याकेज सकियो भने मोबाइलमा तपाईंको मुख्य ब्यालेन्सबाट पैसा काटिन थाल्छ ।  त्यसैले मोबाइलमा इन्टरनेट डाटा प्याकेज सेटिङमा लिमिट सेट गर्नुस् ।  यसबाट तपाईंलाई डाटा सकिएको जानकारी हुन्छ ।
के गर्ने ?
स्मार्टफोनको सेटिङ्मा जानुहोस्, त्यहाँ डाटा युजेज अप्सन देख्नुहुनेछ ।  मोबाइल डाटा लिमिटमा तपाईंलाई डाटा सेट गर्ने सुविधा रहेको छ ।  कुन दिन कति डाटा सकियो भन्ने पनि जानकारी पाउनुहुने छ । 

३ अनावश्यक नोटिफिकेसन
स्मार्टफोन चलाउँदा एप्सलाई धेरैले त्यतिकै खुला राख्ने वा मिनिमाइज गरेर राख्ने गर्दछन्, जसले गर्दा त्यो एपका लागि डाटाका साथै व्याट्री समेत खर्च भइरहेको हुन्छ । 
के गर्ने ?
सबै ब्याकग्राउन्ड एप बन्द गर्नुस् ।  चाहिने एप मात्र खुला राख्नुस् ।  यसले इन्टरनेट डाटा जोगिन्छ ।  यसले ब्याट्रीको ब्याकअप पनि बढी दिन्छ ।

४ ब्याक ग्राउन्ड डाटा
तपाईंलाई थाहा नै नभईकन स्मार्टफोनमा ब्याकग्राउन्ड डाटा एप्लिकेन चलिरहेको हुन्छ ।  तिनले तपाईंको इन्टरनेट प्याकेज खर्च गर्छन् ।  तीनलाई तपाईं बन्द गर्न सक्नु हुन्छ ।
के गर्ने ?
यसका लागि सेटिङमा गएर डाटा युजेजमा रहेको ब्याकग्राउन्ड डाटा रेस्ट्रिक्सनमा क्लिक गर्नुस् ।  यसबाट ब्याकग्राउन्ड बन्द हुन्छ ।  यसो गर्दा चलाएको बेला मात्र डाटा खर्च हुन्छ ।

५ 2G/3G को प्रयोग
तपाईंको स्मार्टफोनमा घन् सुविधा छ भने यसमा चलाउँदा विचार गर्नुस् ।  किन भने घन् ले तपाईंको धेरै डाटा खाइदिन्छ ।  ब्याट्री पनि छिटो सकिन्छ ।
के गर्ने ?
अधिकांश एप्समा 2G नेटवर्कमा राम्रो सपोर्ट गर्छ ।  भिडियो लागि मात्र 3G राम्रो मानिन्छ ।  सकेसम्म 2G नेटवर्क प्रयोग नगर्नुस् ।  अझ मोबाइलमा कुराकानीका लागि मात्र हो भने 2G मा राख्नुहोस्, इन्टरनेट चलाउँदा मात्र 3G को प्रयोग गर्नुहोस्, जसबाट तपाइको ब्याट्री ब्याकअप राम्रो हुन्छ । 

६ अनलाइन अडियो/भिडियो
स्मार्टफोनमा गीत सुन्नका लागि अनलाइन एप्स प्रयोग गर्ने बानी छ भने पनि सावधान हुनुहोस् ।  यस्ता एप्सले तपाईंलाई महँगो पार्न सक्छन् ।  अडियो र भिडियोका लागि बढी डाटा खर्च हुन्छ । 

७. ओपेरा मिनी ११ ब्राउजरमा हाई र एक्सट्रिम गरी दुई प्रकारका कम्प्रेसन मोड दिइएको हुन्छ, जसको माध्यमबाट तपाईं वेब सर्फिङ्ग मज्जाले गर्न सक्नुहुन्छ त्यो पनि कम खर्चमै । 
पुरै पढ्नुहोस ।

तपाईंको पासवर्ड सुरक्षित छ ?

 तपाईंको पासवर्ड असुरक्षित त छैन ? एकपटक विचार गर्नुहोस् ।  कतै तपाईंले पासवर्डमा १२३४५, मोबाइल नम्बर, जन्ममिति, आफू पढेको स्कुल वा कलेजको नाम, प्रियजनको नाम त प्रयोग गरिरहनु भएको छैन ? सजिलै आँकल गर्न सकिने यस्ता पासवर्ड राख्दा कुनै पनि बेला समस्यामा पर्न सकिन्छ ।  सकभर यस्ता पासवर्ड राख्दै नराख्नुहोस्, यदि राख्नु भएको छ भने तुरुन्त फेरिहाल्नुस् है ।  सजिलै पत्तालाग्ने खालको पासवर्ड प्रयोग गर्दा अनलाइनबाट आफ्नो सामग्री चोरी तथा ह्याक समेत हुने भएकाले सकेसम्म अरूले थाहा पाउन नसक्ने पासवर्ड राख्नुपर्ने विज्ञले बताएका छन् ।

कसरी कस्तो पासवर्ड राख्दा सुरक्षित भइन्छ ?

१. लामो पासवर्डको प्रयोगः प्रायः गरेर कम्तीमा आठ अक्षरको पासवर्ड प्रयोग गर्न विभिन्न वेबसाइटहरूले तपार्इंलाई भन्छन् तर १४ अक्षरको पासवर्ड सुरक्षित र २५ अक्षरको पासवर्ड धेरै सुरक्षित हुने गर्दछ ।

२. मिश्रित पासवर्डको प्रयोगः पासवर्डमा अक्षर र नम्बरको मिश्रणका साथै अङ्ग्रेजी अक्षरको अपरकेस र लोअर केस (ABCD, abcd)को प्रयोग गर्नुभएमा सजिलै तपाइको पासवर्ड अनुमान गर्न सकिँदैन ।  जस्तैः password60 को सट्टामा PaSsWoRd60 को प्रयोग गर्न सक्नुहुन्छ ।

३. अझ बढी सुरक्षित पासवर्ड बनाउन चाहनुहुन्छ भने पासवर्डमा अक्षर, अङ्क, अपर केस, लोअर केसका साथै विशेष चिन्हको समेत प्रयोग गर्नुहोस् ।  जस्तैः I passed my SLC In 2001 लाई पासवर्ड बनाउनु प¥यो भने प्रत्येयक शब्दको अधिल्लो अक्षर लिनुहोस् र पछिल्लो अङ्क जस्ताको त्यस्तै राख्नुहोस् ।  .  Ipmsi2001 यसमा पहिलो अक्षरलाइ अङ्ग्रेजी वर्णमालाको ठूला अक्षर र त्यसपछि सानो अक्षर र ठूलोको क्रममा लेख्नुहोस् IpMsI2001 ।  अब यसरी लेखिसकेपछि विशेष अक्षर अगाडि पछाडि वा बीचमा थप्नुहोस् ।  जस्तैः IpMsI2001@# अथवा @#IpMsI2001 अथवा IpMsI@#2001 ।  अब तपाइको पासवर्ड सुरक्षित र सम्झन समेत सहज हुनेछ ।

३. पासवर्डको पुनः प्रयोग नगर्नुः तपाईंले एउटा वेबसाइटको आफ्नो खाताका लागि प्रयोग गर्नुभएको पासवर्ड अर्को वेबसाइटको खातामा प्रयोग नगर्नु राम्रो हुन्छ किनकि यदि कसैले तपाईंको पासवर्ड थाहा पाएको खण्डमा सम्पूर्ण इन्टरनेट खाता

(Internet account) को पासवर्ड चोरी हुन सक्छन् ।

४. छिटो छिटो पासवर्ड परिवर्तनः आफ्नो इन्टरनेट खाताको पासवर्ड प्रायः परिवर्तन गरिराख्नु भएमा कसैले तपाईंको पहिलेको पासवर्ड थाहा पाइसकेको भए तपाईंलाई कुनै असर पर्दैन ।



भुलेर पनि नगर्नुहोस् यी ५ कुराः

ईमेल मार्फत आएका कुनै पनि अनुरोधमा कदापि आफ्नो पासवर्ड र व्यक्तिगत सूचना नदिने ।

कम्प्युटर किबोर्ड अक्षरका लाईनहरु सजिलैसँग गेस गर्न सकिने QWERT, १२३, १२३४५, १२३४५६७८, १२३४५६७८९  जस्ता पासवर्ड नराख्ने ।

कम्प्युटरमा काम गर्दा होस् या कुनैपनि वेबसाईटमा, कुनैपनि हालतमा अटोमेटिक लगअन, सेभ माई पासवर्ड, रिमेम्बर माई पासवर्ड भन्ने अप्सनमा टिक नलगाउने । प्रायः मानिसको आदत के हुन्छ भने आ कम्प्युटरमा सेभ गरेर राखिदियो झन्झटै साफ । त्यस्तो काम कदापि नगर्नुहोस् ।

पासवर्ड विर्सन सकिन्छ कि भनेर जे मा पनि एउटै पासवर्ड प्रयोग गर्ने बानी छ भने त्यसो गदैँ नगर्नुहोस् ।

समय समयमा नियमित रुपले आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् । प्रायः जसो बैंकको सेक्युरिटी कोड, पासवर्ड, आफ्नो डायरी, पर्स, मोबाईल आदिमा लेखेर राख्ने गर्दछौं । यो बानीलाई आजै देखि त्याग्नुहोस् ।

साथि भाई, नातेदार, परिवारका सदस्य, प्रियजनसँग कदापी आफ्नो पासवर्ड सेयर नगर्नुहोस् ।

***

पुरै पढ्नुहोस ।

गुगल सर्च टिप्स ट्रिक्स

गुगल सर्च टिप्स ट्रिक्स- अजय शर्मा

1.    AND अथवा +
                And अथाव + ले शब्दलाई जोड्ने काम गर्दछ। जसवाट ठ्याक्कै ति दुबै शब्द भएको सर्च रिजल्ट भेटिन्छ ।
Sun +moon

2.     OR अथवा Space
                यसो गर्दा दुईवटा शब्द मध्ये कुनै एक मात्र भए हुन्छ भन्ने वुझीन्छ। enepal media

3.    ” “
यस चिन्हको प्रयोग गरेर सर्च गर्दा गुगलले ठ्याक्कै त्यही वाक्य सम्झेर सर्च रिजल्ट खोज्दछ।
“the sun lights up the moon”

4.    -
                यस माईनस चिन्हको यस वाहेक भन्ने वुझाँउछ । उदारणको लागी sun -”moon and stars” भन्दा यसको सर्च रिजल्ट सन आउदाँ मुन र स्टारर्स को कुरा चाँही आउनु हुन्न भन्ने वुझीन्छ।

5.     *
                यस चिन्हलाई गुगल ले वाईल्ड कार्डको रुपमा वुझ्दछ जसले गर्दा कुनै वाक्यको विचमा कुनै शब्द विर्सियो भने गुगले संभावित शब्द चयन गरेर सर्च गर्दछ।  “the * lights up the moon”

6.     ~
                यसको प्रयोगले गुगलले कुनै शब्दको पर्यावाची शब्द खोजेर देखाई दिन्छ।
~sun

7.     ..
                दुई अंकको विचमा यसको प्रयोगले ति दुई अंक विचको रेञ्ज भन्ने जनाँउछ। "solar eclipse 1990..2005"

गुगल सर्च टिप्स ट्रिक्स - २

    बिदेशी विनिमय दर रुपान्तरणको लागी (currencies)
    100 Euro in USD
    नाप तौल रुपान्तरणको लागी (weight, length, volume, etc)
    100kg in lb
    समय थाहा पाउनको लागी (time)
    time kathmandu
    मौसम थाहा पाउनको लागी
    weather kathmandu


गुगल सर्च टिप्स ट्रिक्स - ३

    तपाँईलाई स्कुल पढ्दा म्याथमा सरल गरेको याद आउछ? समिकरण लेख्न सक्नु हुन्छ भने त्यो काम गुगलमा लेख्न सकिन्छ।
    (10 + 4) /2 *7


    प्रतिशत निकाल्नको लागी त गुगललाई कस्ले जित्ने ।
    51% of 900



    यसलाई पनि ट्राई गर्ने हो कि?
    5^3
    sqrt(4)
    cos(45) tan (45)
    4 ! (फ्याक्टोरियल पत्ता लगाउन)



गुगल सर्च टिप्स ट्रिक्स - ४

    site:
    यसले खोज्नु पर्ने कुरा निश्चित साईमा मात्र खोज्दछ।
    Nepal site:bbc.co.uk
    inurl: _ intitle: _ intext: _ inanchor:
    यसले सम्वन्धित सर्च स्ट्रिङ्गलाई क्रमश URL, title, text अथजम anchor मा मात्र खोज्ने काम गर्दछ। यदि माथिका अपरेटर माथी "all" भन्ने टर्म राखिदिने हो भने एकै पटक सम्वन्धित रिजल्ट देखाँउछ।
    intext:bbc.co.uk nepal -king
    link:
    यसले दिएको URL लाई कहाँ कहाँ लिङ्क गरेको छ त्यो मात्र देखाँउछ।
    link:enepal.net.np
    define:
    यसले ईन्टरनेटमा सम्वन्धित शब्दको अर्थ के के दिएको छ त्यो देखाँउछ।
    define:love
    filetype:
    यो चाँही गुगलमा ट्युटोरियल खोज्ने मेरो फेवरेट तरिका हो। यसमा फाईल टाईप जे दिएको छ सम्वन्धित स्ट्रीङ्गको रिजल्छट त्यो टाईपको फाईलमा छ भने मात्र देखाँउछ।
    PHP Mysql Tutorial filetype:pdf
    Q&A
    गुगललाई के सोध्न मन लागेको छ एक चोटी सोधेर र हेर्नुस गुगलले बुझ्यो भने फेरी सोध्नु पर्दैन।
    What is the population of Nepal?
***

पुरै पढ्नुहोस ।