Showing posts with label Tech-Definition. Show all posts
Showing posts with label Tech-Definition. Show all posts

Thursday, December 8, 2016

के हो ब्रोड ब्याण्ड इन्टरनेट ?

के हो ब्रोड ब्याण्ड इन्टरनेट
ब्रोडब्याण्ड इन्टरनेट उच्चगतिको इन्टरनेट हो ।
परम्पारागत इन्टरनेट भन्दा यसको गति निकै गुणा छिटो हुने गर्छ । ब्रोडव्याण्डले एकै पटक विभिन्न सिग्नल र विभिन्न गतिको इन्टरनेट पठाउन सक्छ ।
ब्रोडब्याण्ड इन्टरनेटको प्रशारण माध्यम अप्टिकल फाइबर, रेडियो वा कोएक्सिल तार हुने गर्दछन् । र
वायरलेस, स्याटेलाइट तथा केबल ब्रोड ब्यान्ड इन्टरनेटका केही उदाहरण हुन् । यसको डाउनलोड र अपलोड क्षमता पनि तुलनात्मक रूपमा उच्च गतिको हुने गर्छ ।

- अजय शर्मा

पुरै पढ्नुहोस ।

Saturday, November 5, 2016

भ्यालु एडेड सर्भिस (भ्यास) के हो ?

दूरसञ्चारको क्षेत्रमा प्रचलित नाम हो, भ्यालु एडेड सर्भिस अर्थात् भ्यास ।
टेलिकम्युनिकेसनको प्रयोग गरेर डाटा, भ्वाइस वा एसएमएस मार्फत दिइने सेवा भ्यासमा पर्दछन् ।
भ्यालु एडेड सर्भिस अन्तरगत विशेष गरी कलर रिङव्याकटोन, न्युज अलर्ट, एसएमएस अलर्ट, मिसकल अलर्ट लगायतका अाधारभूत सेवा बाहेकका अतिरिक्त सेवा भन्ने बुझिन्छ । 
पुरै पढ्नुहोस ।

Wednesday, August 3, 2016

के हो त साइबर अपराध ?

विद्युतीय उपकरणहरू कम्प्युटर, मोबाइल तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका आपराधिक कार्यलाई साइबर अपराध भनिन्छ ।
इन्टरनेटको विस्तार भएको वर्तमान परिप्रेक्ष्यमा क्रमशः बढ्दो अपराधका कारण नेपालमा समेत ‘विद्युत्तीय कारोबार ऐन २०६३’ को व्यवस्था भएको हो ।  इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट फ्रड (धोकाधडी), अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैङ्किङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पु¥याउने क्षतिलगायत अवैधानिक कार्यलाई पनि विश्वका अधिकांश मुलुकका कानुनले साइबर अपराध मानेको छ ।
कम्प्युटरलाई औजार (माध्यम)को रूपमा प्रयोग गरेर गरिने केही साइबर अपराधहरूः
  • धोखाधडी, क्रेडिट कार्ड जालसाजी अवैध रूपमा मुद्राको कारोबार आदिजस्ता कार्यहरू । 
  • समाजमा विकृति फैलाउने अश्लील तथा यौन जन्य सामग्रीहरू कम्प्युटर वा कुनै पनि माध्यमबाट इन्टरनेटमा प्रसारण, प्रकाशन, वितरण गर्ने क्रियाकलाप
  • प्रतिबन्धित लागूपदार्थ, हातहतियार तथा संरक्षित वन्यजन्तुको अङ्ग, छालाहरू जस्ता सामग्रीहरूको खरिद बिक्री वा विज्ञापन इन्टरनेटको माध्यमबाट गर्नु । 
  • सफ्टवेयरको अनधिकृत रूपबाट प्रतिलिपि बनाउनु, अरूको ट्रेडमार्क चोरी गर्नु आदि
  • इन्टरनेटमा अर्को व्यक्तिको गतिविधिलाई निगरानी गरेर धम्कीपूर्ण सूचना पठाउनु वा अनधिकृत तवरबाट अर्काको ऋजबत च्ययm मा गएर हैरान गर्नु । 
  • अन्य व्यक्तिको चरित्र हत्या गर्ने उद्देश्यले वेबसाइट, सामाजिक सञ्जाल तथा इमेलको माध्यमद्वारा दुष्प्रचार गर्नु । 
  • अर्काको कम्प्युटरलाई लक्ष्य बनाइ गरिने केही साइबर अपराधहरूः
  • अरूको इमेल ठेगानामा ठूलो सङ्ख्यामा इमेलहरू पठाएर पीडितको इमेलखाता वा मेल सर्भरमा नै अवरोध खडा गर्ने । 
  • यस्तो अपराधअन्तर्गत कसैले कुनै एउटा बैङ्कको सम्पूर्ण सूचना रहेको मुख्य कम्प्युटर (कभचखभच) भित्र कम्प्युटर नेटवर्कको माध्यमद्वारा अनधिकृत रूपमा प्रवेश गरेर बैङ्कको खाताहरूबाट थोरै थोरै रकम आफ्नो खातामा जम्मा गर्ने क्रियाकलापहरू
  • दुराशय भावनाले प्रेरित भई अरूको कम्प्युटरमा इमेलमार्फत भाइरस पठाउने कार्यहरू ।
  • अर्काको इन्टरनेटको ग्कभचलबmभरएबककधयचम पत्ता लगाई अनधिकृत रूपबाट प्रयोग गर्नेजस्ता क्रियाकलापहरू ।
  • नेपालमा हालसम्म देखिएका साइबर अपराधका प्रकृतिहरूः
  • ‘विद्युत्तीय कारोबार ऐन २०६३’ ले प्रकाशन गर्न नहुने भनिएका सामग्रीहरूको प्रकाशन । 
  • इमेलमार्फत जथाभावी धम्की दिने तथा नगद माग गर्ने । 
  • सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर, प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने तथा दुःख दिने । 
  • विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी इन्टरनेटमा राख्ने । 
  • मोबाइलमार्फत धम्कीपूर्ण एसएमएस पठाउने तथा एसएमएसमार्फत जुवा, लट्री सञ्चालन गर्ने । 
- अजय शर्मा
पुरै पढ्नुहोस ।