Showing posts with label Tech-Update. Show all posts
Showing posts with label Tech-Update. Show all posts

Friday, April 13, 2018

नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफर, यस्ता छन् सुविधा

नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा आफ्ना उपभोक्ताको थप सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७५’ उपलब्ध गराउने भएको छ । उक्त अफर २०७५ वैशाख १ देखि लागू भई १५ गतेसम्म लिन सकिने टेलिकमले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ ।
अफर अन्तर्गत ह्यापी विकेन्ड प्याक, अनलिमिटेड जिएसएम-सिडिएमए नाइट डाटा प्याक, एडिएसएल भोलुम बेस्ट, एडिएसएल अनलिमिटेड प्याकेज रहेका छन् । जिएसएम÷सिडिएमए प्रिपेड-पोष्टपेड मोबाइलमा ह्यापी विकेण्ड प्याक अफर प्रयोग गर्न सकिनेछ । यो प्याकअन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन एक जिबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक रु १०० मा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुने टेलिकमले जनाएको छ ।

अनलिमिटेड नाइट डाटा प्याकअन्तर्गत जिएसएम-सिडिएमए प्रिपेड-पोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । त्यस्तै टेलिकमले एडिएसएल भोलुम वेस्ड प्याकेजअन्तर्गत रु २००मा १५ जिबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी रु ३०० मा २५ जिबी डाटा र रु ४०० मा ४० जिबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।

एडिएसएल अनलिमिटेड प्याकेजअन्तर्गत रु ७०० मा अनलिमिटेड डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी रु तीन हजार ७५० को प्याकेजमा अनलिमिटेड डाटा १८० दिनसम्म र रु सात हजारको प्याकेजमा अनलिमिटेड डाटा ३६० दिनसम्म प्रयोग गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

नेपाल टेलिकमको विज्ञप्ती सहितः
प्रेस विज्ञप्ति
नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा उपभोक्ताको थप सुविधाका लागि नयाँ वर्ष अफर २०७५ (New Year offer 2075) उपलब्ध गराउने भएको छ । उक्त अफर २०७५ बैशाख ०१ देखि लागू हुनेछ । अफर आगामी २०७५ बैशाख १५ गते सम्म लिन सकिने छ । एडीएसएल अफर भने ९० दिनसम्म लिन सकिने छ ।
१. ह्याप्पी विकेन्ड प्याक
जीएसएम/सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक अफर प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक एक सय रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुनेछ ।
२. अनलिमिटेड जीएसएम/सीडीएमए नाइट डाटा प्याक
जीएसएम÷सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । अनलिमिटेड जीएसएम/सीडीएमए नाइट डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा १ जीबी डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । डाटा खरिद गरेको एक दिन सम्म यसको अवधि हुनेछ । १ जीबी डाटा थ्रिजी÷फोरजीको गतिमा चल्ने छ र त्यसपछि २५६ केबीपीएसको गतिमा चल्ने छ ।
३. एडीएसएल भोलुम बेस्ड प्याकेज
नेपाल टेलिकमले ५ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराइहेको छ । एडीएसएल भोलुम वेस्ड प्याकेज अन्तर्गत २ सय रुपैयाँमा १५ जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ३ सय रुपैयाँमा २५ जीबी डाटा र ४ सय रुपैयाँमा ४० जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।
४. एडीएसएल अनलिमीटेड प्याकेज
नेपाल टेलिकमले ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराइहेको छ । एडीएसएल अनलिमिटेड प्याकेज अन्तर्गत ७ सय रुपैयाँमा अनलिमिटेड डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ३ हजार ७ सय ५० रुपैयाँको प्याकेजमा अनलिमिटेड डाटा १ सय ८० दिन सम्म र ७ हजार रुपैयाँको प्याकेजमा अनलिमिटेड डाटा ३ सय ६० दिनसम्म प्रयोग गर्न सकिने छ ।
विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले *1415# डायल गर्नु पर्नेछ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।
प्रतिभा बैद्य
प्रवक्ता 
नेपाल टेलिकम


पुरै पढ्नुहोस ।

Thursday, April 12, 2018

सावधान ! फेसबुकबाट फैलदै छ भाइरस

फेसबुक म्यासेन्जर वा वालमा तपाईंको नाम जोडिएर कुनै भिडियो लिंक र पोष्ट देख्नुभयो? यस्तो भिडियो रुपी भाइरस केही दिन यता फेसबुकमा फैलिरहेको छ । 
फेसबुकमा यस्ता लिंक देख्नु भएमा ख्याल गर्नु है, यस्ता लिंक असुरक्षित पनि हुन सक्छन् । सामाजिक सञ्जालमा ह्याकरले फिसिङ, ह्याकिङ वा भाइरस फैलाउने उद्देश्यले यस्ता लिंक पठाउने गरेका छन् । 
यदि तपाईंको फेसबुक लगायतका सामाजिक सञ्जालका एकाउन्टमा यस्ता गतिविधि देख्नु भयो भने त्यस्ता लिंक क्लिक नगर्नुहोस् । यस्ता लिंक क्लिक गर्दा तपाईंको  फेसबुक, ट्वीटर लगायतका एकाउन्ट ह्याक हुन सक्छन् ।
निम्न सुरक्षाका उपाय अपनाउनुहोस्
१) फेसबुकमा आउने यस्ता शंकास्पद लिंक वा भिडियो लिंक क्लिक नगर्ने ।
२) मोबाइल, ट्यावलेट, ल्यापटप लगायतका डिभाइसमा एन्टिभाइरस राख्ने ।
३) फेसबुकमा आएका लिंकबाट अनलाइन फाराम नभर्ने । अनलाइन फाराम भर्नुपरेमा आधिकारिक वेवसाइटमा गएर मात्र भर्ने ।
४) फेसबुकमा देखिने सामग्री आफूलाई शंकास्पद लागेमा रिपोर्ट गर्ने ।
५) नियमितरुपमा फेसबुकको पासवर्ड परिवर्तन गर्ने ।
६) फेसबुकमा प्रयोग हुने एपहरुको प्रयोग गर्दा सजग हुने । फेसबुकमा भविष्य बताउने, जोडि मिलाउने, व्यक्तित्व बताउने लगायतका विभिन्न एप उपलब्ध हुन्छन्, यी सबै एप सुरक्षित नहुन सक्छन् ।

- आईटी पाना

पुरै पढ्नुहोस ।

Tuesday, April 10, 2018

अमेरिकी सिनेटमा, मार्क जुकरबर्गले मागे माफी

फेसबुकका संस्थापक मार्क जुकरबर्ग डाटा लिक भएपछि निकै आलोचित बन्दै एका छन् । मंगलबार अमेरिकी सिनेट समक्ष पेश गरिएका उनले डाटा लिक भएकोमा जिम्मेवारी लिदै माफि मागेका छन् ।
'यो मेरो गल्ति हो, यसका लागि मैले माफि माग्छु । मैले फेसबुक शुरू गरेको हुँ, मैले यो चलाउछु । यहाँ जे कुरा हुन्छ त्यसको सम्पूर्ण जिम्मेवारी मै हुँ ।' उनले भने ।

'अब यो स्पष्ट भयो कि हामी यो टुल्स (उपकरण)को गलत प्रयोग हुने कुरा रोक्न सकेनाै । हामी फेक न्युज, हेट स्पीच, चुनावमा विदेशि हस्तक्षेप, डाटा नोक्सान जस्ता कुरा रोक्न सकेनाै ।' जुकरबर्गले भने ।

अाफ्नो गल्ति स्वीकार्दै उनले टुल्स (उपकरण) बनाउने मात्र नभइ यसको गलत प्रयोग हुने कुरा प्रति ध्यान दिदै यसको सहि प्रयोग कसरी गर्न सकिन्छ भन्ने तर्फ ध्यान दिन अाग्रह गरे । - एजेन्सी / आईटी पाना

०००

मार्क जुकरबर्गको परिचय
फेसबुक नामक सामाजिक सञ्जाल का परिकल्पनाकार ३३ वर्षीय (सन २०१६ मा) यी अमेरिकी युवा विश्वका सबैभन्दा कम उमेरका अर्बपति हुन्। उनीसँग अहिले नै ७६ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ। जुन १५० खर्ब नेपाली रूपैयाँभन्दा बढी हो। फेसबुकको लोकप्रियतासँगै उनको यो सम्पत्तिमा पनि वृद्धि हुँदै जानेछ। अहिले फेसबुकमा आफ्नो एकाउन्ट खोल्ने व्यक्तिहरूको संख्या ५० करोड नाघेको छ। विश्वभर एकसाथ १५० करोडभन्दा बढी व्यक्ति यो सोसियल नेटवर्कसँग जोडिएका हुन्छन्।

फेसबुकको यही लोकप्रियतालाई ध्यानमा राख्दै टाइम म्यागाजिनले यो वर्ष मार्कलाई वर्ष व्यक्तित्व २०१०को सम्मान दिएको छ। उक्त म्यागजिनले यति कम उमेरका व्यक्तिलाई यस्तो पद विरलै दिएको छ। यसअघि १९२७मा अमेरिकी विमान चालक चाल्न लिन्डवर्ग तथा १९५२मा बिर्टेनकी महारानी एलिजाबेथ द्वितीयलाई कम उमेरमै वर्ष व्यक्तित्व घोषणा गरिएको थियो। विमान चालक तथा बेलायती महारानी दुवै उक्त सम्मान पाउँदा २६ वर्षका थिए।

सन् २००४मा हार्वर्ड युनिभर्सिटीमा अध्ययन गर्दागर्दै मार्कले विश्वलाई जोड्ने एउटा सेतु निर्माण गर्ने योजनाका साथ फेसबुकको निर्माण गरेका थिए। केही साथीको सहयोगमा खुलेको यो साइटका लागि काम गर्ने कर्मचारीको संख्या अहिले १ हजार ७ सय छ। सबैभन्दा रमाइलो कुरा यो साइटमा काम गर्ने अधिकांश कर्मचारी उनीभन्दा बढी उमेरका छन्। साइटलाई विवादरहित एवं लोकप्रिय बनाउन जुबेरवर्गले ११ जना विशेषज्ञ राखेका छन्। स्रोतः विकिपिडिया ।
पुरै पढ्नुहोस ।

गलत म्यासेज गयो ? चिन्ता नलिनुस् अब फेसबुकमा पनि म्यासेज फिर्ता लिन सकिन्छ

कहिलेकाहीँ पठाइएका म्यासेजका कारण पछुताउनु त परेको छैन ? म्यासेजका कारण ठूलो पश्चताप वा बर्बादीको विषय हुनसक्छ । तर, अब चिन्ता नलिनुस् किनकी यस्तै कुरालाइ सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकले पठाएको म्यासेज फिर्ता लिन मिल्ने ‘अनसेन्ड’ फिचर ल्याउने भएको छ ।
मिडिया रिपोटका अनुसार फेसबुकले म्यासेन्जमा यस्तो फिचरका लागि अहिले काम गरिरहेको छ । करिब १ अर्बभन्दा बढीले चलाउने फेसबुकमा प्रयोगकर्ताले म्यासेज डिलिट गर्दा आफ्नो म्यासेज बक्सबाट मात्र हट्ने तर साथीको इनबक्समा चाहिँ यथावत् रहने गरेको थियो ।
 त्यसो त इस्टाग्राम र वाट्सएपमा यस अघि नै ‘अनसेन्ड’ फिचर उपलब्ध रहेको छ । यो नयाँ फिचर अन्तरगत अबदेखि फेसबुकका प्रयोगकर्ताले आफूले पठाएको म्यासेज फिर्ता लिन सक्नेछन् ।
- एजेन्सी / आईटी पाना
पुरै पढ्नुहोस ।

Monday, April 9, 2018

एकै पटक १३७२ रोबोटको ‘डान्स’, बन्यो ‘वल्र्ड रेकर्ड’ (भिडियो सहित)

अचम्म लाग्दा काम गरेर मान्छेहरु गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउँछन् । विश्वका मान्छेहरुका अनेकन रहर र चाहना अनुरुप आफुलाई चर्चामा ल्याउनका लागि अचम्म अचम्मका काम तरिका अपनाउँछन् । केही मानिसहरु पुराना रेकर्ड तोडेर आफ्नो नाम लेखाउन कोशिस गरिरहन्छन् ।
तर यसपटक भने मानिसले होइन रोवटले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका छन् । केही दिन अघि मात्र इटलीको रोममा एक हजार ३ सय ७२ रोबोटले एक साथ सङ्गीतको धुनमा नाचेर गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गर्न सफल भएका छन् । सन् २०१६ देखि विभिन्न कम्पनीले नृत्य गर्ने रोबोटको टिम तयार पारिरहेका थिए । कम्पनी यस्ता रोबोटलाई एकैसाथ नृत्य गराएर वल्र्ड रेकर्ड कायम गर्ने होडमा रहेका छन् । यो रेकर्ड अल्फा वान एस रोबोटको टिमले कायम गरेको हो । आल्मुनियमबाट निर्मित यी रोबोटको उचाइ ४० सेन्टिमिटर रहेको छ । २०१७ को अगस्टमा चीनमा १ हजार ६९ डोबी रोबोटले नृत्य गरेर विश्व रेकर्ड कायम गरेका थिए ।
पुरै पढ्नुहोस ।

Sunday, April 8, 2018

काठमाडौँका सम्पदा क्षेत्रमा फ्रि वाइफाइ स्पट

काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा सर्वसाधारणका लागि फ्रि वाइफाइ स्पट स्थापना गर्ने भएको छ ।
काठमाडौँ महानगरपालिकाको घोषित नीति अनुरुप महानगरपालिकाले उपत्यकाका ६ वटा सम्पदा क्षेत्रमा फ्रि वाइफाइ सेवा उपलब्ध गराउन लागेको महानगरपालिकाले जनाएको छ ।
फ्रि वाइफाइ सेवा काठमाडौं महानगरपालिका र वल्र्ड लिंकको संयुक्त पहलमा पहिलो चरणमा बसन्तपुर, बौद्ध, स्वयम्भू, शंखपार्क, वालाजु वाइसधारा र पशुपति क्षेत्रमा आगामी दुई महिना भित्र निःशुल्क वाइफाई सेवा सुचारु हुनेछन् ।
एक कार्यक्रमबीच गत आइतबार यो सेवा सूचारु गर्न काठमाडौं महानगरपाकिलाका शासकीय अधिकृत धनिराम शर्मा र वल्र्ड लिकंंका निर्देशक विजयकुमार जलानले सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता बमोजिम पहिलो चरणमा ६० दिनभित्र वल्र्ड लिंकले काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका पशुपतिनाथ, बौद्ध, शंखपार्क, बालाजु बाईसधारा उद्यान, स्वयम्भुनाथ र बसन्तपुर हनुमानढोका दरवार क्षेत्रमा १० एमवीपीएस क्षमताको फ्रि वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउन आवश्यक पूर्वाधार विकास गरी सेवा सञ्चान गर्नुपर्नेछ ।
साथै वाइफाइ इन्टरनेट प्रयोगकर्ताको संख्या बृद्धि भएसँगै सेवा प्रदायक कम्पनीले आफ्नो क्षमता समेत बृद्धि गदैँ लानुपर्ने व्यवस्था सम्झौतामा रहेको छ । आगामीदिनमा काठमाडौँ महानगर क्षेत्रभित्रका अन्य स्थानहरुमा समेत क्रमशः फ्रि वाइफाइ इन्टरनेट सेवा थप गर्न सकिने प्रबन्ध गरिएको महानगरपालिकाले जनाएको छ ।  महानगरपालिका अनुसार प्रतिदिन एकपटक वा पटक पटक गरी एकजना प्रयोगकर्ताले ३० मिनेटसम्म फ्रि वाइफाइ इन्टरनेट सेवा प्रयोग गर्न पाउनेछन् ।
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले करिब ११ महिना वर्षअघि निर्वाचनमा जाँदा काठमाडौंमा वाइफाइ फ्रि गर्ने घोषणा गर्नुभएको थियो । उहाँ मेयर निर्वाचिचत भए पछि ६ काठमाडौँ महानगरका ६ स्थानमा पहिलो चरणमा फ्रि वाइफाइ सेवा दिने काम अघि बढाएको छ ।
सम्झौता बमोजिम महानगरपाकिलाका ६ वटा सम्पदा क्षेत्रहरुमा आउँदो ६० दिनभित्र वल्र्ड लिंकले सेवा जडान गरिसक्नेछ । यदि यसो हुन नसकेको अवस्थामा महानगरको अनुमति लिएर थप १ महिना समय थप गरेर वाईफाइ जडान हुनेछ । त्यस अवधिमा पनि जडान हुन नसके सम्झौता स्वत रद्द हुनेछ ।
पुरै पढ्नुहोस ।

गुगलले बन्द गर्न लाग्यो यो सेवा

के तपाईले गुगलको युआरएल छोटो पार्ने सेवा (युआरएल सर्टनर- goo.gl) प्रयोग गर्दै आउनु भएको छ? यदि त्यसो हो भने तपाईले यो सेवा सन् २०१९ मार्च ३० सम्म मात्र प्रयोग गर्न पाउनुहुनेछ ।
गुगलले सन् २००९ देखि सुरु गरेको यो युआरएल सर्टनरलाई २०१८ अप्रिल १३ सम्ममात्र हालका प्रयोगकर्ताले यो सेवा प्रयोग गर्न पाउनेछन् । साथै सन् २०१८ मार्च ३० देखि सपोर्ट नगर्ने र २०१९ मार्च ३० मा यो सेवा पूर्ण रुपमा बन्द हुने गुगलले आफ्नो ब्लगमा उल्लेख गरेको छ ।
गुगलले प्रयोगकर्ताका लागि अन्य लिंक सर्टनरको विकल्प रहेको भन्दै आफ्नो सेवा बन्द गर्ने घोषणा गरेको हो ।
युआरएल सर्टनरका लागि गुगल युआरएल सर्टनरको विकल्पमा प्रयोग हुने युआरएल सर्टनरमा bit.ly, t.co, ow.ly, TinyURL.com  लगायतका युआरएल सर्टनर धेरै प्रयोग हुने युआरएल सर्टनर मध्यमा पर्छन् ।

यी हुन् १० उत्कृष्ट युआरएल सर्टनर 
१) Bitly.com
२) TinyURL.com
३) Ow.ly
४) Is.gd
५) Buff.ly
६) AdF.ly
७) Bit.do
८) Mcaf.ee
९) Tiny.cc
१०) Cli.gs
पुरै पढ्नुहोस ।

Saturday, April 7, 2018

कुरा गर्दा गदैँ ब्यालेन्स सकियो ‘नमस्ते क्रेडिट’ लिनुहोस्

नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने ‘नमस्ते क्रेडिट’ सेवा शुरु गरेको छ ।
कम्पनीले आफ्ना ग्राहकलाई जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलमा कल गर्दा गर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिने जनाएको छ । यस्तो सापटी रकम ५ रुपैयाँ देखि ४० रुपैयाँ सम्म उपलव्ध हुने छ । सो रकम पछि गरिने रिचार्ज रकमबाट काटिने छ । टेलिकमका अनुसार यसरी सापटी लिँदा ग्राहकले लिएको रकममा व्याज वा अन्य कुनै कर लाग्ने छैन । 
नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्तिमा ३ महिना पहिले देखि प्रयोगमा रहेको सिममा मात्र यो सुविधा उपलब्ध हुने जानारी दिनुभयो । टेलिकमका प्रयोगकर्ताले कति रकम सापटी लिन सकिन्छ भन्ने वारेमा जानकारी लिनका लागि START लेखेर १४७७ मा एसएमएस पठाउन सक्नेछन् । त्यसैगरी यो सेवा बन्द गर्नका लागि STOP लेखेर र फेरि यही सुविधा सुचारु गर्नका लागि क्त्ब्च्त् लेखेर १४७७ मा एसएमएस पठाउन सकिन्छ । एक पटक लिएको सापटी रकम तिरेपछि फेरि अर्को पटक पनि सापटी लिन सकिने टेलिकमले जनाएको छ । सापटी रकमको प्रयोग गरी कल गर्नका साथै एसएमएस गर्न र डाटा चलाउन समेत सकिनेछ । 
यो सेवाको शुभारम्भ सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले यहि चैत १६ गते एक कार्यक्रमकाबीच गर्नुभएको हो । सो अवसरमा उहाँले नेपालमै पहिलो पटक प्रिपेड सेवा शुरु गरेको नेपाल टेलिकमले ग्राहकको सहजताका लागि नमस्ते क्रेडिट सेवा शुभारम्भ गरेको बताउनुभयो । 
यस्तै नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीको गौरवशाली यात्रामा नमस्ते क्रेडिट सेवा अर्को कोशेढुंगा सावित हुने बताउनुभयो । उहाँले कम्पनीका ग्राहकले ब्यालेन्स सकिए पनि सापटी रकमबाट निरन्तर सेवा उपभोग गर्न सक्ने बताउँदै यसबाट कम्पनीप्रति ग्राहकमा थप विश्वास जागृत हुने विश्वास व्यक्त गनुृभयो ।
यसरी सापटी वातप लिइएको रकमको प्रयोग गरी कल गर्नका साथै एसएमएस गर्न र डाटा चलाउन पनि सकिन्छ ।  - अजय शर्मा
पुरै पढ्नुहोस ।

Monday, March 5, 2018

विश्वकै सानो ‘फोर जी’ स्मार्टफोन

चीनको एक कम्पनीले विश्वकै सानो ‘फोर जी’ स्मार्टफोन बजारमा ल्याएको छ ।
सानो ‘फोर जी’ स्मार्टफोन उत्पादन गर्ने चिनिया कम्पनी ‘युनिहर्टज’ले आफूले उत्पादन गरेको यो फोन विश्वको सबैभन्दा सानो ‘फोर जी’ स्मार्टफोन भएको दावी गरेको छ ।
‘जेली’ नामको यो स्मार्टफोन हामीले लगाउने जिन्स पाइन्टको सिक्का राख्ने खल्तिमा सजिलै अटाउँछ । कम्पनीको वेवसाइटमा कसरत, मर्निङ वाक, योगा गर्दा पाखुरामा बाँध्दा भद्दा र भारी अनुभव नहुने सानो साइजको स्मार्ट फोन उत्पादन गरेको उल्लेख छ ।
विश्वकै सानो स्मार्ट फोन भनि प्रचार गरिएको यो स्मार्टफोन हामीले प्रयोग गर्नेभन्दा अत्यन्तै सानो आकारको रहेको छ । केही समययता ठूला स्मार्टफोन बोक्ने प्रयोगकर्ता माझ सानो मोबाइल प्रति आर्कषण बढेको कुरा प्रति मध्यनजर गदैँ चाइनिज कम्पनीले ब्याट्रि टिक्ने, कम तौल भएको, बोक्न सजिलो र स्मार्टफोन बाट हुने सबै कामहरु गर्न मिल्ने फोन निर्माण गरेको जनाएको छ ।
के के छन् विशेषता?
‘जेली’ नामको यो स्मार्टफोनमा एन्ड्रोइड ७ नगटको अपरेडिङ सिस्टम रहेको छ । यसमा प्रयोगकर्ताले एन्ड्रोइड प्लेटफर्ममा आएका नयाँ फिचर सहितका एप चलाउन सक्छन् । सन् २०१७ मा लन्च भएको यो स्मार्टफोनमा १ जिबी ¥याम, १.१ गिगाहर्ज क्वाडकोर प्रोसेसर, ८ जिबी इन्टरनल स्टोरेज रहेको छ, जसले ३२ जिबी सम्मको मेमोरी कार्ड सपोर्ट गर्छ । साथै यो स्मार्ट फोनमा ८ मेगा पिक्सेलको मुख्य क्यामरा र सेल्फीको लागि २ मेगा पिक्सेल क्षमताको क्यामरा रहेको छ । यसमा दुई वटा सिम कार्ड, २.४५ इन्च एल्सीडी डिस्प्ले, ९५० एमएचको ब्याट्रि रहेको छ ।
यो ‘जेली’ स्मार्ट फोन सेतो, निलो र कालो गरी तिन रंगमा बजारमा उपलब्ध छ । यसको मुल्य अन्तराष्ट्रिय बजारमा ११ हजार रुपियाँ रहेको छ ।

पुरै पढ्नुहोस ।

Wednesday, February 21, 2018

यस्ता छन् टेलिकमका अफर

नेपाल टेलिकमले उपभोक्ताहरुको लागि विभिन्न सेवामा अफर प्याकेजहरु ल्याएको छ । बार्षिकोत्वसको अवसरमा उपभोक्ताहरुलाई सहुलियत र अफर दिने घोषणा उसले गरेको हो । टेलिकमका अनुसार एडीएसएल सेवाको गति माघ २५ देखि ५ एमबीपीएसमा स्तरोन्नति गर्ने जनाएको छ । यस्तै क्रस बिल्डिङ अन्तर्गत माघ २५ देखि तीन महिनाका लागि एडीएसएल सेवामा रिचार्ज गर्दा जीएसएम वा सीडीएमएमा डाटा बोनस उपलब्ध गर्नेछ ।

कम्पनीले जीएसएम एसेवातर्फ माघ २३ देखि फागुन ८ गतेसम्मको लागि भ्वाइस प्याकेजमा राती १० देखि बिहान ६ बजेसम्मका लागि ३ दिनका लागि ३५ रुपियाँ, अनलिमिटेड अलटाइम डाटा प्याकेजमा २४ घण्टाका लागि ५० रुपियाँ र अनलिमिटेड नाइट डाटा प्याकेजका लागि एक रातको १५ रुपियाँ शुल्क तोकेको छ ।

यसैगरी टेलिकमले माघ २३ देखि माघ २९ सम्म ५०, १०० र २०० रुपियाँको रिचार्जमा १० प्रतिशत र  ५०० र १००० रुपियाँको रिचार्जमा १५ प्रतिशत छुट दिने योजना पनि टेलिकमले सार्वजनिक गरेको छ । साथै पीएसटीएन सेवाग्राहीका लागि फागुन महिनामा थप २५ कल बराबरको रकम छुट दिइने टेलिकमले जनाएको छ भने माघ २५ देखि बैशाख २५ सम्म भारतमा कल गर्न २ दशमलभ २२ देखि २ दशमलभ ३३ पैसा प्रतिमिनेटमा सकिने गरी विभिन्न आकर्षक प्याकेजहरु ल्याइएको छ ।

यस्तै अन्तराष्ट्रिय आगमन कलमा ७ दिनमा ७ मिनेट भन्दा बढी कल भएमा कम्पनीको नेटवर्कभित्र कल गर्न तथा एसएमएस पठाउन बोनस प्रदान गर्ने पनि टेलिकमले जनाएको छ ।
‘नमस्ते क्रेडिट सेवा’

नेपाल टेलिकमले प्रिपेड ग्राहकको लागि नयाँ अफर ल्याएको छ । टेलिकले आफ्ना प्रिपेड ग्राहकको ब्यालेन्स सकिँदा सापटी दिन सुरु गरेको हो ।
टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’ नाम दिएर यस्तो सुविधा ल्याएको हो । यो सुविधा अन्तरगत नमस्ते प्रिपेड कार्डवाहक ग्राहकले अब फोन गर्दा गर्दै पैसा सकिएमा पनि कुरालाई निरन्तरता दिन पाउने छन् ।<

यो योजनाको पूर्ण कार्यान्वयन भने आगामी महिनाबाट हुनेछ । टेलिकमले यो योजनामा कति रकमको सीमा राखिने भन्ने बिषय टुंगो लाग्न बाँकी रहेको जनाएको छ ।

अब टेलिकमका प्रिपेड ग्राहकले बिना पैसा कुरा गर्न पाएको समय बराबरको रकम भने पछि रिर्चाज गर्दा काटिने छ । यो सेवा निज दूरसञ्चार प्रदायक कम्पनी एनसेलले केही समयदेखि सञ्चालनमा ल्याएको थियो ।

पुरै पढ्नुहोस ।

फेसबुकमा २० करोड भन्दा बढि नक्कली एकाउन्ट !

सोलस मिडिया साइट फेसबुकमा २० करोड भन्दा बढि नक्कली तथा डुप्लिकेट एकाउन्ट रहेको फेसबुकले स्वीकार गरेको छ । २ फेब्रुबरीमा १४ बर्ष पुरा गरेको सामाजिक सञ्जाल फेसबुकको लोकप्रियता करिब विश्वका सबैदेशमा रह्यो ।

तर यसैबीच फेसबुकले आश्चर्यजनक कुराको खुलासा गर्यो । कम्पनीका अनुसार फेसबुकमा करिब २० करोड भन्दा बढि नक्कली तथा डुप्लिकेट एकाउन्ट सञ्चालनमा रहेका छन् । फेसबुकका अनुसार २० करोड एकाउन्ट कि नक्कली हुन् या एकै व्यक्तिले दोहोरो रुपमा सञ्चालन गरेका एकान्ट हुन् । यसका साथै फेसबुकका अनुसार यस्ता एकाउन्ट विशेषगरी विकासशिल देशमा निकै धेरै मात्रामा रहेका छन् । भारत, इन्डोनेसिया, फिलिपिन्स लगायतका देशमा यस्ता नक्कली एकान्ट अन्य देशको तुलनामा अधिक छन्।

प्रयोगकर्ताले आफ्नो मुख्य फेसबुक युजर एकाउन्टका साथै अन्य नाममा वा आफ्नै नाममा नयाँ युजर सहितको एकाउन्ट खोल्छ त्यस्ता एकाउन्टलाई नै नक्कली तथा डुप्लिकेट एकाउन्ट भनिन्छ । हालसालै फेसबुकले त्रैमासिक विवरण सार्वजनिक गदैँ आफुले यसअघि अनुमान गरेभन्दा १० लाख गुणा धेरै नक्कली अकाउन्ट रहेको कुरा स्विकार गरेको छ । - प्रस्तुतिः अजय शर्मा

पुरै पढ्नुहोस ।

Tuesday, December 12, 2017

आयो युट्युब गो ! अब स्लो इन्टरनेटमा पनि हेर्न सकिनेछ युट्युब

काठमाडौं । इन्टरनेटको गति कम हुँदा युट्युबमा बफरिङ भएर हैरानै हुनु भएको छ । यो समस्यासँग जुध्न गूगलले युट्युब गो नामक एप तयार पारेको छ ।

कम डाटा स्पीडमा भएका स्थानमा यो एपबाट युट्युबमा भिडियो हेर्न सकिने भएको छ । गुगलले विशेषगरी इन्टरनेटको स्पिड कम भएका देशहरूका लागि लक्षित गरेर यो एप विकसित गरिएको हो ।

गुगलले तयार पारेको यो युट्युब गो, हाल सञ्चालनमा रहेको युट्युबको डाउन भर्जन हो । यसबाट भिडियोको पारखी प्रयोगकर्ताहरूले स्लो इन्टरनेटमा पनि भिडियो हेर्न सक्छन् । यो एपबाट प्रयोगकर्ताले भिडियो शेयरका साथै डाउनलोड समेत गर्न सक्नेछन् । हाल वेटा भर्जनमा रहेको यो एप अहिले सबै प्रयोगकर्ताका लागि उपलब्ध छ ।

हाल एन्ड्रोइड भर्सनमा उपलब्ध यो एप गुगल प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ । तर आइओएस प्रयोगकर्ताका लागि भने यो एप आइसकेको छैन ।

पुरै पढ्नुहोस ।

Wednesday, December 6, 2017

ट्वीटरले प्रयोगकर्ताको अनुमति विना लोकेशन देखाईदिएपछि

ट्वीटरमा आएको प्राविधिक समस्या अर्थात् वगका कारण ती प्रयोगकर्ताहरुको लोकेशन देखिएको कम्पनीले पुष्टी गरेको छ ।

‘मोबाइलमा लोकेशन अन गर्ने प्रयोगकर्ताहरुको इमोजी तथा जीआईएफ प्रयोग भएको ट्वीट्मा उनीहरुको अनुमति विना लोकेशन देखिएको थियो । कुनै घटनामा यसरी लोकेशन सेयर भएका प्रयोगकर्ताहरुको शहरको जानकारी ट्वीटका साथ सार्वजनिक भएको थियो’ ट्वीटरको आधिकारिक ब्लग पोष्टमा उल्लेख छ ।

यसरी प्रयोगकर्ताको लोकेशन सार्वजनिक भएपछि केही ट्वीटर प्रयोगकर्ताले गोपनियताको मुद्दा उठाएर ट्वीट गरेका थिए । यसरी अनुमतिविना लोकेशन सेयर भएका केही ट्वीटर प्रयोगकर्ताले ट्वीटरले देखाएको लोकेशन उनीहरुको वास्तविक स्थान नभई पहिला उनीहरु गएको स्थान देखाएको बताएका छन् ।

- अजय शर्मा/आईटी पाना

पुरै पढ्नुहोस ।

Sunday, July 23, 2017

नेपालमा ठूलो साइबर हमला ! राष्ट्रिय सूचना प्रविधि केन्द्र भन्छ- ह्याक भएको होइन

नेपालमा हालसम्मकै कै ठूलो साइबर हमला भएको ह्याकरहरुको दाबी छ ।
 प्याडक्स साइबर घोस्ट नामक फेसबुक पेज मार्फत ह्याकरहरुले नेपालका ५८ वटा सरकारी वेभसाइटमा एकै पटक साइबर हमला गरेको दाबी गरेको छन् ।
 हाल ह्याक भएका वेवसाइटमा एकाउन्ट सस्पेन्ड म्यासेज देखिएको छ । यसबाट ह्याकरले भने जस्तो यी सबै ह्यक भएका हुन् वा प्राविधिक समस्या मात्र देखिएको हो सो बारेमा सम्बन्धित निकायबाट प्रतिक्रिया अाइसकेको छैन ।
थप अपडेट
यता राष्ट्रिय सूचना प्रविधि केन्द्रले भने सरकारी वेव साइट ह्याक नभएको बताएको छ । केन्द्रका अनुसार सरकारी वेव साइटहरूको प्रोग्राममा रहेको पीएचपी  अपडेट भएकाले त्यस्तो समस्या देखिएको जनाएको छ । 
अाइतबारदेखि सर्भरको सफ्टवेयर अपडेट भैरहेको र सर्भरमा समेत समस्या देखिएकाले यस्तो समस्या अाएको केन्द्रको दावी छ । 


यि हुन् ह्याकरको निशानामा परेका भनिएक सरकारी वेव साइटहरूः


GOVERMENT SITES OF NEPAL GOT HACKED !!!
http://cca.gov.np/~mod
http://dcsi.gov.np/~mod
http://dmli.gov.np/~mod
http://docr.gov.np/~mod
http://doed.gov.np/~mod
http://doenv.gov.np/~mod
http://dof.gov.np/~mod
http://doind.gov.np/~mod
http://dos.gov.np/~mod
http://dppr.gov.np/~mod
http://dpr.gov.np/~mod
http://fhd.gov.np/~mod
http://forensic.gov.np/~mod
http://icc.gov.np/~mod
http://lawcommission.gov.np/~mod
http://lcd.gov.np/~mod
http://moc.gov.np/~mod
http://mocs.gov.np/~mod
http://mod.gov.np/~mod
http://moe.gov.np/~mod
http://mof.gov.np/~mod
http://mohp.gov.np/~mod
http://molrm.gov.np/~mod
http://mopit.gov.np/~mod
http://mowcsw.gov.np/~mod
http://mowss.gov.np/~mod
http://nbsm.gov.np/~mod
http://nepalimmigration.gov.np/~mod
http://nepalpassport.gov.np/~mod
http://nic.gov.np/~mod
http://nvc.gov.np/~mod
http://tourism.gov.np/~mod
http://webcpanel3.nitc.gov.np/~mod
http://www.admincourt.gov.np/~mod
http://www.cca.gov.np/~mod
http://www.dmli.gov.np/~mod
http://www.doind.gov.np/~mod
http://www.dopmofa.gov.np/~mod
http://www.fhd.gov.np/~mod
http://www.lawcommission.gov.np/~mod
http://www.lmbis.gov.np/~mod
http://www.moc.gov.np/~mod
http://www.mocpa.gov.np/~mod
http://www.mocs.gov.np/~mod
http://www.mod.gov.np/~mod
http://www.moe.gov.np/~mod
http://www.molrm.gov.np/~mod
http://www.mopit.gov.np/~mod
http://www.mowcsw.gov.np/~mod
http://www.nast.gov.np/~mod
http://www.nbsm.gov.np/~mod
http://www.nced.gov.np/~mod
http://www.nepalimmigration.gov.np/~mod
http://www.nepalpassport.gov.np/~mod
http://www.nic.gov.np/~mod
http://www.oagnep.gov.np/~mod
http://www.psc.gov.np/~mod
http://www.tourismdepartment.gov.np/~mod
पुरै पढ्नुहोस ।

Tuesday, June 27, 2017

विश्वभरका कम्पनी साइबर हमलाको मारमा, दुई महिना पछि भयो अर्को ठूलो साइबर हमला !

विश्वभरका कम्प्युटर प्रणालीमा एउटा ठूलो साइबर हमला भएको छ जसका कारण ब्यांक, साना व्यापारी, उर्जा फर्महरु र यातायात सञ्जाल प्रभावित भएका छन्।
उक्त भाइरस पहिलो पटक युक्रेनमा फेला परेको थियो र त्यहाँको सरकारी उर्जा कम्पनी साथै देशको मुख्य विमानस्थलमा समस्या देखिएका विवरण आएका थिए।
भाइरस लागेको कम्प्युटर खोल्ने वित्तिकै प्रयोगकर्ताहरुलाई पहिचान नखुलेको खातामा विद्युतीय मुद्रा बिट कोइन्सका रुपमा ३०० डलर फिरौती नतिरेसम्म उनीहरुको कम्प्युटर नखुल्ने चेतावनीमूलक सन्देश दिइएको बताइएको छ।
डेनमार्कको सबैभन्दा ठूलो सिपिङ कम्पनी मर्स्क, रुसी तेल कम्पनी रोसनियेफ्ट र अमेरिकी फार्मास्युटिकल कम्पनी मर्कका कम्प्युटर प्रणाली अवरुद्ध भएका छन्।

अनुगमन
अमेरिकी सुरक्षा निकायले उक्त हमलाको अनुगमन गरिरहेको जनाएको छ।
रुसी एण्टी भाइरस फर्म क्यास्परस्की ल्याबले उसको विश्लेषणमा झण्डै २००० वटा हमला भएको र अधिकांश युक्रेन, रुस र पोल्याण्डमा भएको जनाएको छ।
किएभको रेलवे प्रणालीले ग्राहकहरुका कार्डमार्फत शुल्क संकलन रोकेको छ र कैयौँ पेट्रोल स्टेशनहरुले आफ्नो कारोबार स्थगित गरेका छन्।
ब्रिटेनको विज्ञापन एजेन्सी डब्लुपीपीले आफ्नो सूचना प्रविधि प्रणालीमा पनि असर देखिएको बताएको छ।
अन्तर्राष्ट्रिय प्रहरी संगठनले अन्य सदस्य देशहरुसँग मिलेर आफूले नजिकबाट अवस्थाको अनुगमन गरिरहेको जनाएको छ।
यसअघि 'वानाक्राई' नामक भाइरसमार्फत दुई महिना अघि विश्वव्यापी साइबर हमला गरिएका थिए जसबाट ब्रिटेनको न्याश्नल हेल्थ सर्भिस नराम्रोसँग प्रभावित भएको थियो। (बिबिसि)
पुरै पढ्नुहोस ।

Friday, June 16, 2017

स्मार्ट सिटी, घरैबाट बिल तिर्यो, चौबीसै घण्टा बिजुली, पानी र दु्रत गतिको इन्टरनेट

अजय शर्मा
घरैबाट बिल तिर्यो, चौबीसै घण्टा बिजुली, पानी र दु्रत गतिको इन्टरनेट ।  सुन्दर, शान्त स्वच्छ वातावरण ।  सरकारी सेवा लिन लाममा बस्नु नपर्ने सबै कुरा यस्तै सोचजस्तो भइदिए क्या मज्जा ।  यो कुनै काल्पनिक कथाको दृश्य वा दिवास्वप्न होइन ।  यो तपाईं हामीले वर्षौंदेखि चाहना गर्दै आएको ‘स्मार्ट सिटी’ को परिकल्पना हो ।
सबै नागरिकमा आधारभूत सेवाको उपलब्धता, हरियाली, सुन्दर, शान्त वातावरण, सूचना–प्रविधिको अधिकतम उपयोग ।  जनउत्तरदायी सरकार, सबै सेवा–सुविधामा जनताको पहुँच, ‘अनलाइन पेमेन्ट’ को सुविधा ।  नेपालका लागि यी र यस्ता सुविधासहितको सहर नै ‘स्मार्ट सिटी’ को अवधारणा हो ।
सरकारले आगामी २० वर्षमा गोरखाको पालुङटार, बाराको निजगढ र रूपन्देहीको लुम्बिनीलगायतका तीनवटा नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरेपछि स्मार्ट सिटीको चर्चा चल्न थालेको हो ।  यी तीनवटा स्मार्ट सिटीका लागि साढे १४ करोड बजेटमै छुट्याइएको छ, जसमध्ये गोरखाको पालुङटारका लागि ६ करोड ६५ लाख, बाराको निजगढका लागि चार करोड ६ लाख र रूपन्देहीको लुम्बिनीका लागि करिब चार करोड रकम रहेको छ ।  त्यसो त सरकारले मध्यपहाडी राजमार्गमा १० नयाँ सहर विकास गर्ने र तराई–मधेस क्षेत्रमा निर्माण भइरहेको हुलाकी राजमार्गआसपासमा थप १० नयाँ सहर बनाउने तयारी गरेको छ ।

स्मार्ट सिटीका लागि तयारी कहाँ पुग्यो ?
नयाँ सहर आयोजना समन्वय कार्यालय, आयोजना निर्देशक पराग कायस्थले सरकारले घोषणा गरेको १० वटा स्मार्ट सहरमध्ये तीनवटा सहरका लागि १८ परामर्शदाताको आसयपत्र विभागमा पेस गरिएको जानकारी दिनुभयो ।
‘तीनवटा सहरको स्मार्ट सिटी विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि १८ वटा परामर्शदाता छनोट गरेर सहरी विकास विभागमा आसयपत्र स्वीकृतिका लागि पेस गरेका छौँ ।  असारभित्र यी १८ वटा मध्येबाट तीनवटा परामर्शदाता छनोट हुनेछन् ।  त्यसपछिको नौ महिनाभित्र नेपालको परिप्रेक्ष्यमा स्मार्ट सिटी के र कस्तो हुने भन्ने कुराको परिभाषित गर्ने, स्मार्ट सिटी निर्माणका लागि आवश्यक तŒवहरू तयार पार्ने, सम्बन्धित क्षेत्रहरूको वर्तमान अवस्थाको विश्लेषण गर्ने र प्रत्येक सहरका लागि गुरुयोजना तयार पार्ने काम हुन्छ,’ निर्देशक पराग कायस्थले भन्नुभयो ।  सरकारले देशभरि १० वटा स्थानमा स्मार्ट सिटी विकास गर्ने घोषणा गरे पनि हाललाई तीन स्थानका लागि परामर्शदाता छनोट प्रक्रियामा रहेका छन् ।
सहरी विकास तथा भवन निर्माण विभागका प्रवक्ता रामचन्द्र दङ्गालले सहरीकरणको सुरुवाती चरणमा रहेका पालुङटार, निजगढ र लुम्बिनीमा स्मार्ट सहर बनाउन पहिलो चरणमा स्मार्ट सिटीको गुरुयोजना बनाउन परामर्शदाताबाट परामर्श लिन प्रस्तावको मूल्याङ्कन अन्तिम चरणमा रहेको बताउनुभयो ।  उहाँले परामर्शदाता छनोटपछि स्मार्ट सिटीको परिभाषा हुनुका साथै गुरुयोजना बन्ने जानकारी दिँदै ‘यसरी बनेको गुरुयोजना कार्यान्वयनमा लैजान कम्तीमा पाँच वर्ष लाग्नेछ,’ भन्नुभयो ।  विभागका अनुसार यसरी बन्ने स्मार्ट सहरमा चाहिने आधारभूत न्यूनतम आवश्यकता समावेश हुनेछन्, जसमा शिक्षा, स्वास्थ्य, मनोरञ्जन, उद्योगका लागि आवश्यक भौतिक पूर्वाधार र सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको अधिकतम प्रयोग हुनेछन् ।
अजय शर्मा
के हो स्मार्ट सिटी ?
‘स्मार्ट सिटी’ को परिभाषा मुलुकअनुसार फरक हुने भएकाले नेपालको परिवेशमा भर्खरैमात्र स्मार्ट सिटीको अवधारणापत्र बन्दै छ ।  ‘हामी अहिले स्मार्ट सिटीको परिभाषा निकाल्न र यसका लागि अत्यावश्यक कुरा के–के हुन सक्छन् भन्ने कुरा तयार गर्नमा जुटेका छौँ ।  स्मार्ट सिटीको परिभाषा गर्ने काम पहिलो प्रयास हो ।  अबको नौ महिनाभित्र स्मार्ट सिटीमा के–के सुविधा रहने भन्ने विस्तृत खाका तयार हुन्छ,’ नयाँ सहर आयोजना समन्वय कार्यालय, आयोजना निर्देशक पराग कायस्थले भन्नुभयो ।
यता, काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले सहरभित्र चाहिने सबै आधारभूत आवश्यकताको उपलब्धता र ती आधारभूत कुरालाई सूचना प्रविधिसँग जोड्न सकेमा स्मार्ट सिटी हुने बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, ‘जापानमा स्मार्ट एरिया हुन्छन्, बूढाबूढी र अशक्तका लागि ।  जहाँ घरभित्र डाक्टरको एउटा स्वीच, खानाको अर्को स्वीच हुन्छ ।  यस्तै–यस्तै ।  विश्वमा स्मार्ट सहरमा मोबाइल डिभाइसबाटै घरका उपकरणको नियन्त्रण हुन्छ । ’
‘अब भन्नुहोस् हामी कस्तो स्मार्ट सिटी बनाउने ।  हाम्रो परिवेशमा सहर व्यवस्थित होस् ।  यातायात, स्वास्थ्य, बाटो, विद्यालय सबै कुरा नयाँ–नयाँ प्रविधिसँग जोडिएको होस् ।  साधारण सहरभन्दा स्मार्ट सिटी सुविधासम्पन्न, सरल दैनिकी, अत्याधुनिक र दिगो विकास हुनुपर्छ ।  यत्ति हो, स्मार्ट सिटीमा चाहिने कुरा’ आयुक्त तिवारीले भन्नुभयो ।
सामान्यतः सूचना प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा–सुविधामा जनताको सहभागितासहित पहँुच र दिगो वातावरणीय अवस्थासाथ सहरवासीको जीवनको गुणस्तर राम्रो हुने सहरलाई नै स्मार्ट भनिन्छ ।  तर, स्मार्ट सिटीको परिभाषा देशैपिच्छे फरक–फरक हुने गरेको छ ।  नेपालको परिपे्रक्ष्यमा स्मार्ट सिटीको परिभाषा हालसम्म तय भएको छैन ।  भारतले स्मार्ट सिटीका लागि छवटा, चीनले सातवटा र हङकङले आठवटा विभिन्न आधारभूत सूचक राखेको छ ।  नेपालले के–कस्तो सूचक राख्ने भन्ने विषय स्मार्ट सिटीको आधारपत्र तथा गुरुयोजना बनेपछि मात्र तय हुनेछ ।
सामान्यतया ‘स्मार्ट सिटी’ त्यस्तो सहर हो, जहाँ भौतिक संरचना, सञ्चार र बजार अत्याधुनिक हुन्छन् ।  यस्तो सहरलाई अत्याधुनिक र पूर्ण व्यवस्थित सहरका रूपमा परिभाषित गर्ने गरिन्छ ।  यो त्यस्तो सहर हुनेछ, जहाँ आधुनिक जीवनयापनका लागि आधारभूत कुनै पनि विषय छुटेको हुँदैन ।  स्मार्ट सिटीमा सूचना प्रविधिलाई प्राथमिक पूर्वाधारका रूपमा राखिएको हुन्छ, जहाँ सूचना प्रविधिको व्यापक प्रयोग हुन्छ ।

काठमाडौँ उपत्यकामा चार स्मार्ट सिटी
सरकारले अबको करिब दुई वर्षभित्र काठमाडौँ उपत्यकामा सबै सुविधासहितको चारवटा स्मार्ट सिटी बनाउने तयारी गरेको छ ।  काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले तीनवटा साना स्मार्ट सिटी १०÷१० हजार रोपनीको र अर्को एक ठूलो स्मार्ट सिटी एक लाख रोपनीमा निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।  यस्तै भक्तपुर, गुन्डू, बालकोट र बुङ्मती, खोकना, छम्पी डीपीआरको नतिजा भने आइसकेको छ ।
उपत्यकाका चार स्थानको छनोट गर्दा भूकम्पीय, पेट्रोलियम पदार्थ भण्डारण, बाढीपहिरोलगायतका जोखिम न्यून भएको आधारमा स्थान छनोट गरिएको प्राधिकरणले जनाएको छ ।  प्राधिकरणले काठमाडौँ, भक्तपुर, ललितपुर तीनै जिल्लाका सहर बन्ने स्थानमा कित्ताकाट र नयाँ संरचना निर्माणमा रोकसमेत लगाइसकेको छ ।  ‘हामीले बनाउन लागेको स्मार्ट सहरमा बाटो, बिजुली, पार्क, हरियाली, विद्यालय, अस्पताल, बैङ्क तथा वित्तीय संस्था, सिनेमाहललगायतका सबै सुविधा हुन्छन् ।  तपार्इंलाई स्मार्ट हुन कति कुरा चाहिन्छ ? अब बन्ने सहरमा ती सबै कुरा हुन्छन्,’ आयुक्त तिवारीले भन्नुभयो ।
पहिलो स्मार्ट सिटीः मूलपानीको क्रिकेट मैदानबाट साँखु जाने मूलसडक तथा शालीनदी पुलबाट तेलकोट हुँदै खरिपाटीसम्मको हुनेछ ।  यो करिब एक लाख रोपनी क्षेत्रफलमा फैलनेछ ।
दोस्रो स्मार्ट सिटीः सूर्यविनायक जङ्गलको फेदी हुँदै ललितपुरको लामाटारखोला, बालकोट, अरनिको राजमार्ग र कौशलटार भएर पुनः सूर्यविनायकसम्म जोडिनेछ ।  यो करिब १० हजार रोपनी क्षेत्रफलमा फैलिनेछ ।
तेस्रो स्मार्ट सिटीः खोकना, बुङ्मती, सैँबु आवास क्षेत्र, बागमती झोलुङ्गेपुल हुँदै चोभारसम्मको क्षेत्रलाई समेटिएको छ ।  यो पनि करिब १० हजार रोपनी क्षेत्रफलमा फैलिनेछ ।
चौथो स्मार्ट सिटीः तारकेश्वर जाने मूलबाटो सिम्लेश्वर र त्यहाँबाट झोर हुँदै फूलबारीमार्ग, टोखा बाइपाससम्मको भू–भाग समेटिनेछ ।  यो पनि करिब १० हजार रोपनी क्षेत्रफलमा फैलिनेछ ।

स्मार्ट सिटीको अवधारणा यसरी विकास भयो
नेपालमा स्मार्ट सिटीको अवधारणा बनेको धेरै समय भएको छैन ।  सरकारले आर्थिक वर्ष २०७२÷०७३ को बजेटमा पहिलोपटक नेपालमा स्मार्ट सिटी निर्माणका लागि बजेट विनियोजन गरेर स्मार्ट सिटी निर्माणको अवधारणा सार्वजनिक गरेको भेटिन्छ ।  सरकारले त्यतिबेला सबै जिल्ला सदरमुकाम र नगरपालिकामा ब्रोडब्यान्ड इन्टरनेट पु¥याई उपत्यका, लुम्बिनी र निजगढलाई गुरुयोजनामार्फत स्मार्ट सिटीको अवधारणा ल्याएको थियो ।  आर्थिक वर्ष २०७२÷०७३ बजेटको ९०औँ बुँदामा काठमाडौँ उपत्यका, लुम्बिनी क्षेत्र र निजगढ गरी तीनवटा स्थानलाई स्मार्ट सिटीका रूपमा विकास गरिने उल्लेख छ ।  त्यसका लागि गुरुयोजना तयार गरेर स्मार्ट सिटी विकास कार्यान्वयन गरिने भनिएको थियो ।  त्यस्तै, केपी ओली नेतृत्वको सरकारले ल्याएको चालु आर्थिक वर्ष २०७३÷०७४ बजेटको ९२औँ बुँदामा गोरखाको पालुङटारलाई केन्द्र मानी मस्र्याङ्दीआसपासका क्षेत्रमा स्मार्ट सिटी गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिने उल्लेख छ ।  त्यसबाहेक अन्य १० वटा क्षेत्रमा पनि स्मार्ट सिटी विकास गरिने बजेटमा उल्लेख थियो ।
यस्तै, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले काठमाडौँ उपत्यकाका सबै सहरलाई समन्वयात्मक रूपमा स्याटलाइट सहरका विकास गरिने कार्यक्रम आर्थिक वर्ष २०७४÷०७५ को बजेटमा ल्याइएको छ ।  यो बजेटमा हिमाली क्षेत्रमा व्यवस्थित सहर विकास गर्न अध्ययन गरिने व्यवस्था गरिएको छ ।  सात प्रदेशमा एक÷एक मेगा सिटी निर्माण कार्यक्रम पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।  पर्याप्त सहरी पूर्वाधार एवम् आवास सुविधासहित स्मार्ट र खाद्य हरियाली सहरको विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
स्मार्ट सिटी निर्माणमा जिम्मेवार को ?
स्मार्ट सिटी निर्माणका लागि मुख्य जिम्मेवार निकाय सहरी विकास मन्त्रालय हो ।  सहरी विकास मन्त्रालयका अलावा स्मार्ट सिटी निर्माणमा जिम्मेवार निकाय सहरी विकास विभाग, सूचना तथा सञ्चार मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय र ऊर्जा मन्त्रालय, ढल निकास विभाग, स्थानीय तहका निकाय जिम्मेवार निकाय हुन् ।

राजनीतिक दलको घोषणापत्रमा स्मार्ट सिटी र नयाँ सहरको अवधारणा
दुई दशकपछि भइरहेको स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरुले सूचना प्रविधिको विषय, स्मार्ट सिटी र नयाँ सहरको अवधारणालाई आफ्नो चुनावी घोषणापत्रमा उल्लेख गरेका छन् ।  हेरौँ प्रमुख तीन दलले के–कसरी यी विषयलाई स्थान दिएका छन् ः
गाउँ र सहरबीचको आर्थिक सम्बन्धलाई अझ बलियो बनाइनेछ ।  यसका लागि सडकसहित बजारको व्यवस्था गरिनेछ ।  काठमाडाँै, पोखरा, वीरगन्जजस्ता ठूला सहरको जनघनत्वको भारलाई दृष्टिगत गरी ‘स्याटलाइट सिटी’ को विकास गरिनेछ ।
नेपाली काँग्रेस राष्ट्रमा विद्यमान क्षेत्रीय असन्तुलनलाई पूर्ण रूपमा हटाउन प्रतिबद्ध छ ।  यसका लागि सबै क्षेत्रमा यातायात सञ्जाल विस्तार गरिनेछ ।  पूर्व–पचिम र उत्तर–दक्षिण जोड्ने राजमार्गमा ठाउँ–ठाउँमा नयाँ सहर स्थापित गरिनेछ ।  यी सहरलाई आर्थिक केन्द्रका रूपमा विकसित गरिनेछ ।  वरिपरि बजार केन्द्र स्थापित गरिनेछ ।  मध्यपहाडी राजमार्गमा सुरु गरिएको दस नयाँ सहरलाई विशेष महŒवसाथ विकास गरिनेछ ।
 नेपाली काँग्रेस

स्थानीय तहमा रहेका प्राकृतिक स्रोत र साधन खोजी, तथ्याङ्क सङ्कलन, संरक्षण र उपयोगको कार्ययोजना तयार गर्न तथा व्यवस्थित सहरीकरण तथा एकीकृत बस्ती विकासको गुरुयोजना निर्माण गर्न आवश्यक प्रविधिसहित प्राविधिक जनशक्ति उपलब्ध गराइनेछ ।
आगामी पाँच वर्षभित्र वडाका उपयुक्त स्थानमा गुरुयोजनाबमोजिमका उपनगर या एकीकृत ग्राम विकास गरिनेछ ।  छरिएका बस्तीलाई एकीकृत बस्ती या उपनगरमा व्यवस्थापन गरिनेछ ।
सबै उपनगर÷एकीकृत ग्रामबाट अधिकतम आधा घण्टामा स्थानीय तहको सहरी केन्द्रमा पुग्नेगरी तथा प्रत्येक सहरी केन्द्रबाट न्यूनतम दुई घण्टामा राजमार्गमा पुग्नेगरी सडक निर्माण र स्तरोन्नति गरिनेछ ।  टोल–टोलमा सडक पु¥याइनेछ ।
मस्र्याङ्दी उपत्यका, इलाम, अरूण उपत्यका, दामन, वालिङ, लुम्बिनी, जुम्ला, डडेल्धुरालगायत स्थानमा आधुनिक एवम् समृद्ध स्मार्ट सिटी निर्माण गरिनेछ ।
नेकपा (एमाले)

गाउँलाई स्मार्ट नमुना गाउँका रूपमा विकास र विस्तार गर्न जोड दिइनेछ ।
सहरलाई स्मार्ट नमुना सहरका रूपमा विकास र विस्तार गर्न जोड दिइनेछ ।  नमुना सहरको यातायातलाई विद्युतीकरण गरिनेछ ।
सहरीकरणको नमुना, औद्योगिक सहरको परिकल्पनाअन्तर्गत, सहर वा नगर विकासका लागि औद्योगिक क्षेत्रमा परिणत गर्ने नीति लिइनेछ ।  सहरी क्षेत्रमा राष्ट्रिय औद्योगिक पुँजीवाद विकासमा जोड दिइने उल्लेख छ ।
दीर्घकालीन रूपमा सहरी क्षेत्रको भू–उपयोग नीति अवलम्बन गरी औद्योगिक क्षेत्र, व्यापारिक क्षेत्र, प्रशासनिक भवनहरू रहने क्षेत्र, शिक्षालय रहने क्षेत्र, अस्पताल रहने क्षेत्र, बसपार्क, खेलकुदका ‘ग्राउन्ड’ र मनोरञ्जनका हलहरू रहने क्षेत्र, आवास क्षेत्र, फोहोरमैला व्यवस्थापन क्षेत्र आदि सहरका लागि अत्यावश्यक पर्ने मूल क्षेत्रको निर्धारण गर्ने र ती क्षेत्रबीच जोड्ने द्रुतमार्ग सडक, मेट्रो लाइन, खानेपानी आपूर्तिको व्यवस्था, विद्युत् आपूर्तिको व्यवस्था, सहरको बीच–बीचमा खाली जमिन राख्ने र ती खाली जमिनमा हरियाली पार्क बनाउने आदिको दीर्घकालीन वृहत्तर सहरी विकास गुरुयोजनाको तर्जुमा गरिने स्थानीय तहको निर्वाचन घोषणापत्र उल्लेख छ ।
नेकपा (माओवादी केन्द्र) 

गोरखापत्र दैनिकको शनिवार विशेषमा प्रकाशित । मितिः २०७४ असार ३ गते शनिवार । 



पुरै पढ्नुहोस ।

Thursday, June 15, 2017

कोरियाबाट नेपालमा अब अनलाइन पेमेन्ट

काठमाडौँ ।  दक्षिण कोरियामा बस्ने नेपालीका लागि खुसीको खबर ।  नेपालमा रहेका घर परिवार र आफन्तलाई दक्षिण कोरियाबाटै नेपालका विभिन्न अनलाइन रिचार्ज सेवा गर्न सकिने प्रविधिको शुरूवात भएको छ ।
शनिवारदेखि पसल सेवा डटकमबाट दक्षिण कोरियामा विभिन्न काम र व्यवसाय सञ्चालन गर्दै आएका नेपालीका लागि लक्षित गदै मोबाइल टपअप, एडिएसएल बिल पेमेन्ट, ल्याण्डलाइन बिल पेमेन्ट, डिसहोम रिचार्ज, फन्ड ट्रान्सफर लगायतका अनलाइन पेमेन्ट गर्न सकिने सञ्चालक रमेश अधिकारीले जानकारी दिनुभयो ।
पसल सेवाको सुविधाबाट मुख्य गरी दक्षिण कोरियामा बस्ने आम नेपालीले सो प्रविधिको प्रयोग गरी घरपरिवार र आफन्तलाई त्यहीँबाट अनलाइन पेमेन्ट गर्न सहज हुने विश्वास सञ्चालक अधिकारीको छ ।
आगामी दिनमा अनलाइन सपिङको व्यवस्था समेत समायोजन गरी  लैजाने  सोच  रहेको सञ्चालक अधिकारीले जानकारी दिनुभयो ।

पुरै पढ्नुहोस ।

Saturday, June 10, 2017

सबै समस्याको समाधान डीएनए परीक्षण होइन

अजय शर्मा
खुमलटार (ललितपुर), जेठ २८ गते ।  “विज्ञान असजिलो पनि हुन्छ, यसले सामाजिक संरचना हेर्दैन ।  जे छ, त्यो देखाइदिई हाल्छ ।  कहिलेकाहीँ त डीएनए नगराइदिए हुन्थ्योजस्तो लाग्छ ।  सबै समस्याको समाधान डिअक्सिराइवो न्युक्लिक एसिड अर्थात् डीएनए नै त होइन नि ?”
यो भनाइ राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समिति खुमलटारका कार्यकारी निर्देशक जीवनप्रसाद रिजालको हो  ।  “अदालतले कतिपय मुद्दा र व्यक्तिले शङ्काकै भरमा डीएनए गराउनुपर्छ भन्ने छैन ।  परीक्षणको नजिता र त्यसको असर अर्कै हुनसक्छ”, उहाँ भन्नुहुन्छ ।
कार्यकारी निर्देशक रिजाल नेपाली सामाजिक संरचना फरक खालको भएको बताउनुहुन्छ ।  उहाँ मिलेर बसेको समाज र परिवारमा विशेष परिस्थितिबाहेक डीएनएको पछि लाग्न नहुने जिकिर गर्नुहुन्छ ।  “कहिलेकाहीँ त बच्चा लिएर बाबु वा आमा आउँछन् र लौ यो बच्चाको डीएनए गर्नुप¥यो, यो मेरो छोरा वा छोरी हो÷होइन ? भन्छन् ।  त्यो बच्चा उनीहरूको सन्तान ठहरिएन भने के हुन्छ”, रिजाल भन्नुहुन्छ, “जसरी समाजमा धर्मपुत्र वा पुत्रीका रूपमा अर्काको सन्तान राख्ने चलन छ ।  अभिभावकको मृत्युपछि तिनले डीएनए गराए भने के होला ?”
विधि विज्ञान प्रयोगशालामा यस्तो एक जोडी  चार जना बच्चा लिएर आए ।  रिजालका अनुसार ती बच्चाको डीएनए परीक्षण गरी हेर्दा चार जनामध्ये दुई जना बच्चा दुवै जनाको ठहर भयो भने अन्य एक जना बाबु फरक र एक जना बाबुआमा दुवै फरक देखियो र त्यसले आश्चर्य बनायो ।
कार्यकारी निर्देशक रिजालले जोडीलाई सोध्नुभयो, किन यस्तो भयो ? के यो कुरा ती आमाबुवालाई थाहा थियो ।  त्यो जोडीले यो कुरा आफूहरूलाई थाहा भएको, डीएनए परीक्षण सही भएको र परीक्षणबाट आएको नतिजाप्रति सन्तुष्ट भएको बतायो ।
किन यस्तो भयो ? भन्दा त्यो जोडीले पछिमात्र कुरा खोल्यो ।  खासमा चार जना बच्चामध्ये दुई जना उनीहरू दुवैको थियो ।  श्रीमान् भारतमा रोजगारीको सिलसिलामा रहँदा ती महिला यौन दुव्र्यवहारको सिकार भएकी रहिछन् ।  त्यति बेला उनको गर्भमा बच्चा बसेछ ।  श्रीमान् फर्केपछि ती महिलाले सबै कुरा सुनाइन् ।  श्रीमान्ले जे हुनु भइगयो, गर्भमा रहेको बच्चालाई स्वीकार्ने वचन दिएछन् ।  अर्को बच्चा जो दुवै जनाको देखिएन, त्यो बच्चा नातेदारको रहेछ ।  भतिजाको एक जना युवतीसँग बिहेपूर्व बसउठ रहेछ ।  ती युवतीबाट जन्मेको बच्चालाई ती महिलाले आफ्नो सन्तानजसरी हुर्काएकी रहिछन् ।
“मानाँै, ३०÷४० वर्षपछि ती बच्चाहरू डीएनएका लागि आए भने के जवाफ दिने ? विज्ञानले यस्तो अवस्थामा के कसरी न्याय दिन सक्छ ?”, रिजाल प्रश्न गर्नुहुन्छ ।
अदालतको पछिल्लो निर्णय डीएनएको नतिजाविपरीत गयो भन्ने कुरा मलाई पनि धेरैले सुनाए तर अदालतले जे ग¥यो त्यो सही ग¥यो ।  म अदालतको निर्णयलाई हार्दिकताका साथ स्वागत गर्छु”, कार्यकारी निर्देशक रिजालको भनाइ छ ।
उहाँले कुनै बेला प्रयोगशालामा काम गर्ने वैज्ञानिकसमेत समेत अप्ठ्यारोमा पर्ने गरेको बताउनुभयो ।  रिजाल भन्नुहुन्छ, “विज्ञानले जे छ, त्यो देखाइहाल्छ ।  तर, हाम्रो समाज अलिक बेग्लै छ ।  खासगरी नाता प्रमाणितका लागि गरिने डीएनए परीक्षण विशेष परिस्थितिमा बाहेक अरू अवस्थामा नगराए हुन्थ्योजस्तो लाग्छ । ”
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समिति खुमलटारमा क्लिनिकल टक्सिकोलोजी, टक्सिकोलोजी, केमेस्ट्री, लागूपदार्थ, सिरोलोजी, बायोलोजी, वन्यजन्तु, डीएन, ब्यालेस्टिक्स, क्रिमिनालिस्टिक्स, विवादित प्रलेख आदि विभिन्न विषयसँग सम्बन्धित नमुनाहरूको परीक्षण तथा विश्लेषण सेवा उपलब्ध गराउँदै आएको छ ।  
पुरै पढ्नुहोस ।

सूचना-प्रविधि क्षेत्रमा सुरक्षित सुरक्षा प्रणाली आवश्यक

काठमाडौँ, जेठ २७ गते । प्रविधिको बढ्दो प्रयोगसँगै यस क्षेत्रको सुरक्षा चुनौति बढेको भन्दै सुरक्षित सुरक्षा प्रणालीको आवश्यता रहेको विज्ञहरुले बताउनुभएको छ ।
शनिवार राजधानीमा ईन्फोसेक–नेपालले आयोजना गरेको कार्यक्रममा सूचना प्रविधि विज्ञहरुले यस्तो कुरा औल्याउनु भएको हो ।
क्यान–अमेरिकाका निवर्तमान अध्यक्ष प्रदिप खनालले नेपालमा समेत प्रविधिको प्रयोग बढेकाले समयमै यस क्षेत्रको जोखिम न्यूनिकरण गर्न सुरक्षा प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । ‘सूचना प्रविधि क्षेत्रमा विश्वव्यापीरुपमै सुरक्षा चुनौति देखिएको छ । नेपालमा समेत यस क्षेत्रको सुरक्षा चुनौतिको न्यूनिकरण गर्न समयमै लाग्नुपर्छ’– खनालले भन्नुभयो ।
अमेरिकामा बसेर नेपालको सुचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै ईन्फोसेक–नेपाल शनिवार एक कार्यक्रमकाबीच खनाललाई सम्मान गरिएको हो ।
उहाँलाई गैर आवसिय नेपालीहरुलाई एकित्रित गरि नेपालको सुचना, संचार तथा प्रविधिको क्षेत्रमा अतुलनिय भूमिका निर्वाह गर्नु भएकोले सम्मान गरिएको ईन्फोसेकका निर्देशक निरञ्जन खकुरेलले जानकारी दिनुभयो । अजय शर्मा
पुरै पढ्नुहोस ।

Thursday, June 1, 2017

महावीर पुन भन्नु हुन्छ- “यो सहयोग सरकारले गर्यो भनेर मान्न सकिन्न, मैले भिक्षा त मागेको होइन नी”

अजय शर्मा
काठमाडौँ, जेठ १९ गते । अन्तर्राष्ट्रिय म्यागासेसे पुरस्कार विजेता वैज्ञानिक महावीर पुनले शुरुवात गर्नुभएको राष्ट्रिय आविष्कार केन्द्र स्थापनमा सरकारले सहकार्य गर्ने भएको छ ।
राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि कहिले सरकारसँग पौँठेजोरी खेलेर र कहिले जनताको घरघरमा गएर दान लिएर बेला बेलामा चर्चामा आइरहनुभएका पुनः पछिल्लोपटक आफूले पाएको पदक लिलामीको घोषणा गरेर चर्चामा आउनुभएका पुनलाई अन्ततः सरकारले सरकारले १ करोड ५० लाख रुपैयाँ दिने भएको  छ ।
राष्ट्रिय आविष्कार केन्द्र निर्माणमा तल्लनि पुनले गत साता फेसबुक र ट्वीटरमा आफूले हालसम्म पाएका राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक लिलामका लागि आह्वान गर्नुभएको थियो ।
उद्योगमन्त्रालयले म्यागासेसे पुरस्कार विजेता वैज्ञानिक डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग उद्योग मन्त्रालयले सहकार्य गर्ने जनाएको छ । उद्योगमन्त्रालयद्वारा जारी विज्ञप्तीमा विशेष गरी नेपालको परम्परागत प्रविधि र विज्ञानको प्रयोग गरी नेपाली उद्योग जगतलाई काम लाग्ने औद्योगिक प्रविधिको विकास गर्ने । यसै गरी तराईमा नेपाली वैज्ञानिकहरुले आविष्कार गरेको धान काट्ने मेशिनको परिक्षण गरी त्यसको व्यवसायिक उत्पादन सम्भव छ, छैन एकिन गर्ने उल्लेख छ ।
यस विषयमा महावीर पुनको प्रतिक्रिया लिन खोज्दा उहाँले उद्योगमन्त्रीले व्यक्तिगतरुपमा सद्भाव व्यक्त गर्न खोजेकाले व्यक्तिगतरुपमा मात्रै धन्यवाद दिन सकिने बताउदैँ– “यो सहयोग सरकारले गर्यो भनेर मान्न सकिन्न । मलाई १० मेगावाटको हाइड्रो पावर बनाउन ५० करोड ऋण वा लोनका रुपमा देऊ भनेर सरकारसँग माग गरेको हुँ । त्यो पनि राष्ट्रका लागि हो, मैले भिक्षा त मागेको होइन नी” पुनले भन्नुभयो । 
उहाँले आविस्कार केन्द्र स्थापना लागि हालसम्म व्यक्तिगत पहलमा चार करोड रुपियाँ नगद सङ्कलन भईसकेको र आफ्नो पैतृक सम्पत्ति बचेर ७ करोड पुग्ने जानकारी दिनुयभो ।
“चुनाव भन्दा दुई हप्ता अगाडी उद्योगमन्त्रीले मलाई बोलाएर तपाई कहाँ हुनुहुन्छ भनेर सोध्नु भयो । मैले म काठमाडौँमा छु, भने । केही सल्ला गर्नु थियो भनेपछि । मैले म आई हाल्छु नी भने । त्यस पछि म मन्त्रालय पुगे । उद्योगमन्त्रीले मन्त्रालयको तर्फबाट के गर्न सक्छु भन्नु भयो । मैले मैले कसरी भनू त्यो त तपाईंहरुले कसरी गर्न सक्नुहुन्छ भने र आविश्कार केन्द्रका लागि निकालेको पर्चा दिए । कुरा त्यति हो । आज सरकारले सहयोग गर्यो भन्ने कुरा सुने, यो सहयोग व्यक्तिगतरुपले उद्योगमन्त्रीले गरेका हुन् यो नेपाल सरकारको सहयोग होइन । मेरो बुझाई यहि हो” पुनले उद्योगमन्त्रालयको सहयोगका बारेमा इतिवृतान्त बताउनुभयो ।
राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेको विद्युतिय सवारीको प्रयोगलाई समेत उद्योग मन्त्रालयले प्रवद्र्धन गर्ने, यसका साथै नेपाली किसानहरुलाई सरल र सह्लियत मुल्यमा धान काट्ने मेशिन उपलब्ध गराउन यस्तो मेशिनको आविष्कारको लागि समेत राष्ट्रिय आविष्कार केन्द्रलाई उद्योग मन्त्रालयले सहयोग पु¥याउने, राष्ट्रिय आविष्कार केन्दको क्षमता विस्तालाई ध्यानमा राखी उद्योग मन्त्रालयले १ करोड ५० लाख रुपैंया अनुदान सहयोग उपलब्ध गराउन वजेटमा व्यवस्था गरेको उद्योगमन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
साथै डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले नेपालमा अनुशन्धान र विकासको संस्कृति स्थापना गरी समाजको तल्लो तह देखी माथिल्लो तह सम्म आविष्कारमा आधारित पर्यावरणीय प्रणालीको प्रवद्र्धन गर्ने कार्यमा मुलुकलाई थप टेवा पु¥याउने कुरामा हामी विश्वस्त छौं विज्ञप्तीमा भनिएको छ ।
०००
पुरै पढ्नुहोस ।