Showing posts with label Gadget-Watch. Show all posts
Showing posts with label Gadget-Watch. Show all posts

Wednesday, September 6, 2017

भदौको अन्तिममा आउँदैछ आइफोन, के–के छन् विशेषता ?

आइफोन पारखीका लागि खुसीको खबर छ । आगामी सेप्टेम्बर १२ अर्थात् भदौ २७ गते अमेरिकाको क्यालिफोर्नियास्थित क्युपर्टिनोे एप्पल कम्पनीको मुख्यालयमा रहेको स्टिभ जब्स थियटरबाट ‘आइफोन–८’ को सार्वजनिक हुने भएको छ ।
आइफोनको नयाँ सेट ‘आइफोन–८’ भर्सन सार्वजनिक भएसँगै प्रयोगकर्ताले नयाँ सुविधासहित ‘आइफोन–८’ चलाउन पाउनेछन् ।
सेप्टेम्बर १२ मा ‘आइफोन–८’को सार्वजनिकसँगै ‘आइफोन–७ एस’ र ‘एस प्लस’ सार्वजनिक गरिनेभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
‘आइफोन–८’ मा के छन् विशेषता ?
‘आइफोन–८’ मा के–कस्ता सुविधा रहेका छन् भन्ने सबै कुरा थाहा पाउन सेप्टेम्बर १२ कुर्नुपर्ने एप्पलले जनाएको छ । तैपनि ‘आइफोन–८’का केही विशेषता भने यसअधि नै सार्वजनिक भइसकेका छन् ।
एप्पलले जारी गर्ने आइफोन–८ मा ‘फेसियल रिकग्जिनेसन’, र ‘थ्रीडी सेन्सर’ सहितको ‘फिङ्गरप्रिन्ट’को सुविधा रहनेछन् ।  पहिलाभन्दा आइफोनको मोबाइल सेटको सुरक्षा अझ बलियो हुने बताइएको छ ।  साथै ‘आइफोन–८’बाट ‘थ्रीडी सेन्सर’सहित ‘लेजर फोटो’ खिच्न सकिने जनाइएको छ ।
साथै ‘आइफोन–८’ मा वायरलेस चार्जिङ र छोटो समयमै चार्ज गर्न सकिने ‘सी यूएसबी’को सुविधासमेत रहनेछ ।  यो सेटमा डिजिटल अडियो, वाटरप्रुफ, एप्पल्स नेक्स्ट जेनेरेसन प्रोसेसर ए–१० एक्स तथा ए–११’ प्रयोग हुने बताइएको  छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ‘आइफोन–८’ को मूल्य करिब ९०० देखि १२०० अमेरिकी डलरको बीचमा रहनेछ । प्रस्तुती अजय शर्मा/एजेन्सी

पुरै पढ्नुहोस ।

Thursday, August 11, 2016

मानव आकारको स्मार्ट फोन रोबोट !

संसारकै पहिलो रोबोटिक स्मार्ट फोन जापानको कम्पनी सार्प इलेक्ट्रोनिक्सले सार्वजनिक गरेको छ ।
पकेट साइजको यो ‘रोबोहन’ (Robohon) नामक स्मार्ट फोन हाल जापानमा मात्र बिक्री गरिने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
मानव आकारको यो स्मार्ट फोनको निर्माण जापानको इलेक्ट्रोनिक्स कम्पनी सार्प र इन्जिनियर टोमोटाका ताकाहासीले मिलेर बनाएका हुन् ।
यस स्मार्ट फोनको उचाइ आठ इन्च छ र पछाडितर्फ दुई इन्चको स्क्रिन लगाइएको छ ।  सजिलै कुराकानी गर्ने र हिंड्डुल गर्ने यस रोबोट फोनको अनुहार (फेस) मा क्यामराका साथै प्रोजेक्टरसमेत जडान गरिएको छ ।  हाललाई यसको मूल्य करिब एक हजार आठ सय डलर पर्नेछ ।
यो स्मार्ट फोनले फोर जी एलटीई सपोर्ट गर्ने छ, साथै यस रोबोट स्मार्टफोनले प्रयोगकर्ताको आवाज र अनुहार पहिचान गर्ने क्षमता राख्छ ।  साथै प्रयोगकर्ताको यो मोबाइलमा भ्वाइस कमान्ड दिएरै आफ्नो फोटो समेत खिच्न सक्छन् । 
पुरै पढ्नुहोस ।

Tuesday, March 15, 2016

गुगलले ल्यायो अनहब राउटर

तपाईले ल्यापटप वा मोबाईलमा वाइफाई इन्टरनेट चलाउँदा राउटरका कारण समस्या त भएको छैन ? अब यो समस्याको समाधान सहजै गुगलले गर्ने भएको छ । तीव्र गति र अटुट रूपमा वाइफाई चलाउन सहयोगी हुने गुगलले अनहब राउटर ल्याएको छ ।
क्यालिफोर्नियास्थित टिपिलिङ्क कम्पनीले डिजाइन गरेको यो राउटरले तीव्र गतिमा चल्ने विभिन्न टिभी च्यानलको प्रसारणलाई समेत सहजता प्रदान गर्ने बताइएको छ । यो राउटर अहिलेसम्मकै भरपर्दो, सुरक्षित, तीव्र गतिको, मोबाइल एपबाट निर्देशन गरेर चलाउन सकिने गुगलले जनाएको छ ।
राउटरमा माइक तथा रेडियो स्पिकर सुविधा पनि उपलब्ध छ । साथै यसमा स्मार्ट सफ्टवेयर समेत रहेकाले राउटरको माध्यमबाट कुराकानी समेत गर्न सकिन्छ । राउटरमा इन–बिल्ट एन्टेनाहरु रहेका छन् जसले द्रुत गतिमा ठूलो डाटाहरु डाउनलोड गर्न तथा मुभी स्ट्रिमिङ गर्न यो राउटरले प्रभावकारी काम गर्न सक्दछ । यो राउटरले प्रतिसेकेन्ड ३ सय मेगावाइटसम्म डाटा सहजै उपलब्ध गराउँछ ।
सिलिन्डर आकारमा उपलब्ध हुने यो राउटरको मूल्य गुुगल स्टोर, एमेजोन डट कम र वालमार्ट डटकमबाट प्रि अडर गर्दा लगभग २ सय डलरमा किन्न सकिन्छ ।
पुरै पढ्नुहोस ।

Wednesday, March 9, 2016

नयाँ ग्याजेट: स्मार्टफोन ग्यालेक्सी एस ७ र एस ७ एज सार्वजनिक, के छन् नयाँ पाँच विशेषता

सामसुङले बहुप्रतिक्षित स्मार्टफोन ग्यालेक्सी एस ७ र ग्यालेक्सी एस ७ एज मोबाइलको नयाँ फिचरसहितको स्मार्टफोन सार्वजनिक गरेको छ ।  त्यसमा पाँचवटा नयाँ फिचर समावेश गरिएको छ ।  ग्यालेक्सी एस ७ मा ५.१ र ग्यालेक्सी एस ७ एजमा ५.५ इन्चको डिस्प्ले छ ।  त्यस्तै ¥यामलाई एक जीवी बढाएर ४ जीवी बनाएको छ ।  यी दुबै स्मार्टफोन एन्ड्रोइडको नयाँ भर्सन ६.१ मार्समाल्लोमा विकास गरिएको छ ।  यस्ता छन् ५ नयाँ फिचर: 

१.    ग्यालेक्सी एस ७ र ग्यालेक्सी एस ७ एज मा माइक्रोएसडी कार्ड लाग्छ ।  यसले २०० गिगाबाइट (जीवी) सम्मको स्टोरेज गर्न मिल्छ । 
२.    यि दुई मोबाइल सेटमा ब्याट्री क्षमता पनि पहिलेको भन्दा बढी छ ।  एकपटक पूरै चार्ज गरेपछि एस ७ एजमा १५ घण्टासम्म हाई डिफिनिसन भिडियो हेर्न सकिन्छ ।  ब्याट्रीको क्षमता पहिलाको सिरिजभन्दा बढाएर एस ७ मा ३००० एमएच र एस ७ एजमा ३६०० एमएच रहेको छ ।
३.    अर्को विशेषता भनेको वाटर रेजिस्टेन्स रेटिङ हो ।  यसबाट आइपी ६८ वाटर रजिस्टेड रेटिङसमेत मिल्छ ।  यसको अर्थ हो आधा घण्टासम्म पानीका डुबे पनि यो सेटलाई फरक पर्दैन । 
४.    यो स्मार्टफोनमा ‘अलवेज अन डिस्प्ले’को सुविधासमेत छ ।  यसले स्क्रिन नखोलिकनै समय र नोटिफिकेसनका बारेमा जानकारी दिन्छ ।
५.    यसमा ‘गेमिङ प्रविधि’ र रेयर क्यामरा पनि जडान गरिएको छ ।  गेम खेल्नेहरू र फोटोग्राफी गर्नेहरूले यसको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

यी दुवै मोबाइल दुई रङ्गमा उपलब्ध हुनेछन् ।  यी दुबै स्मार्टफोन ११ मार्चदेखि बजारमा आउने कम्पनीले जनाएको छ ।
पुरै पढ्नुहोस ।