अजय शर्मा,
काठमाडौं, पुस २ गते । तपाईंले चुनेर पठाएका सांसदहरुले चुनावका समयमा गरेका प्रविद्धता अनुरुपका मुद्धा संसदमा उठाए/नउठाएको अबदेखि विश्वका जुनसुकै स्थानबाट प्रत्यक्ष युट्युब मार्फत् हेर्न पाउनुहुने भएको छ ।
‘व्यवस्थापिका संसदको बैठकको प्रत्यक्ष प्रसारण युट्युबबाट गर्ने काम लगभग अन्तिम चरणमा छ। हामी यसै महिनाको दोस्रो सातादेखि परिक्षण प्रसारण गर्छैं। त्यसपछि नियमित प्रशारणमा जान्छौँ’ संसदका गतिविधिको प्रत्यक्ष प्रशारण सम्बन्धी समितिका संयोजक डा. रोजनाथ पाण्डेले भन्नुभयो।
व्यवस्थापिका संसदको बैठकको प्रत्यक्ष प्रसारणका अलावा आम प्रयोगकर्ताले बैठकको रेकर्ड गरिएको जुनसुकै समयका भिडियो सहजरुपले युट्युबमा हेर्न पाउने छन्। ‘कुन क्षेत्रका सांसदले के भने ? त्यस क्षेत्रको मुद्धा उठाए/नउठाएको जानकारी अब प्रत्यक्ष वा रेकर्ड भिडियोमा सबैले हेर्न पाउने गरी काम भैरहेको छ’ संयोजक डा. पाण्डेले भन्नुभयो।
संयोजक डा. पाण्डेले परिक्षण प्रशारण लगत्तै शुन्य समय, विशेष बैठक र प्रश्नोत्तर लगायतका बैठकको प्रत्यक्ष प्रशारण हुने जानकारी दिनुभयो। ‘अहिलेसम्म युट्युब च्यानलको नामाकरण भैसकेको छैन। अबको एक सातामा नामाकरण गरी परिक्षण प्रत्यक्ष प्रशारण गछौँ, त्यसपछि क्रमशः अन्य महत्वपूर्ण बैठकहरुको प्रत्यक्ष प्रशारण गर्ने सोच बनाएका छौँ’ उहाँले भन्नुभयो।
युट्युबमा बैठकको भिडियो तथा प्रत्यक्ष प्रशारणका लागि प्रथम चरणमा कर्मचारीको तालिमका लागि करिब तीन लाख र उपकरण खरिदमा करिब पाँच लाख गरी हाललाई करिब आठ लाख बजेट छुट्याइएको छ। यस्तै दोस्रो चरणमा मोबाइल एप, वेवसाइट पुनः डिजाइन लगायतका अन्य प्राविधिक योजना रहेको संयोजक पाण्डेले जानकारी दिनुभयो।
२०७३ पुस २ गते । गोरखापत्र दैनिकमा प्रकाशित ।

0 comments