Tuesday, December 12, 2017

आयो युट्युब गो ! अब स्लो इन्टरनेटमा पनि हेर्न सकिनेछ युट्युब

काठमाडौं । इन्टरनेटको गति कम हुँदा युट्युबमा बफरिङ भएर हैरानै हुनु भएको छ । यो समस्यासँग जुध्न गूगलले युट्युब गो नामक एप तयार पारेको छ ।

कम डाटा स्पीडमा भएका स्थानमा यो एपबाट युट्युबमा भिडियो हेर्न सकिने भएको छ । गुगलले विशेषगरी इन्टरनेटको स्पिड कम भएका देशहरूका लागि लक्षित गरेर यो एप विकसित गरिएको हो ।

गुगलले तयार पारेको यो युट्युब गो, हाल सञ्चालनमा रहेको युट्युबको डाउन भर्जन हो । यसबाट भिडियोको पारखी प्रयोगकर्ताहरूले स्लो इन्टरनेटमा पनि भिडियो हेर्न सक्छन् । यो एपबाट प्रयोगकर्ताले भिडियो शेयरका साथै डाउनलोड समेत गर्न सक्नेछन् । हाल वेटा भर्जनमा रहेको यो एप अहिले सबै प्रयोगकर्ताका लागि उपलब्ध छ ।

हाल एन्ड्रोइड भर्सनमा उपलब्ध यो एप गुगल प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ । तर आइओएस प्रयोगकर्ताका लागि भने यो एप आइसकेको छैन ।

Load disqus comments

0 comments