Tuesday, December 6, 2016

एटीएम कार्डको डाटा तथा पिन चोरिनबाट कसरी बच्ने ?

- अजय शर्मा,
केही साता अघिमात्र एटीएम कार्डबाट डाटा र पिन नम्बर चोरेर अर्काको रकम निकाल्ने समूह सक्रिय रहेको भेटियो ।  गत सोमबार केन्द्रीय अनुसन्धान ब्युरोले एटीएम ह्याकमा संलग्न तीनजना रोमानियाली नागरिक पक्र्यो पिन ।  यसअघि पिन अन्तर्राष्ट्रिय समूहले नेपाललाई केन्द्र बनाउँदै यस्ता गतिविधि गर्दै आएकोमा पछिल्लो घटनाले नेपालका बैङ्क खातामा रहेको रकम एटीएम बुथबाट हराउने खतरा देखाएको छ ।
एटीएम ह्याकरको अन्तर्राष्ट्रिय समूह नेपालमा सक्रिय हुन थालेपछि प्रहरीले सबै एटीएम प्रयोगकर्तालाई सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ ।  आफूले प्रयोग गरिरहेको एटीएमको पिन नम्बर तत्काल परिवर्तन गर्न प्रहरीको सुझाव छ ।  एटीएम ह्याक गर्ने अन्तर्राष्ट्रिय समूह नेपालमा लगातार पक्राउ पर्न थालेपछि बैङ्किङ सुरक्षा चुनौतीपूर्ण बन्न थालेको छ ।  सीआईबीका प्रमुख डीआईजी नवराज सिलवालका अनुसार, नेपालका ३५ लाख एटीएम कार्ड जोखिममा छन् ।

यी उपाय अपनाउनुहोस्
१) एटीएम बुथबाट रकम निकाल्दा वरपर कतै अस्वाभाविक उपकरणहरू वा सक्कली मेसिन तथा उपकरण वा पाटपुर्जाबाहेकका उपकरण जडान भए÷नभएको यकिन गरेरमात्रै एटीएम कार्ड र पिन नम्बर दिनुहोस् ।
२) कुनै एटीएम बुथमा अस्वाभाविक उपकरण जडान भए÷नभएको यकिन गर्न अर्को एटीएम बुथसँग तुलना गर्ने गर्नुहोस् ।
३) एटीएम बुथभित्र विशेषगरी की प्याड नजिक प्वाल पारिएको जस्तो देखिएमा त्यो प्वालभित्र पिनहोल क्यामरा (ज्ष्ममभल एष्लजयभि ऋबmभचब) जडान गरिएको हुनसक्छ ।
४) एटीएम कार्डको म्याग्नेटिक स्ट्राइपमा रहेको डाटालाई कपी गर्न सक्कली कार्ड स्लटको साटो चोरले आफ्नो कार्ड स्लट राखेको पिन हुनसक्छ ।  एउटाभन्दा बढी कार्ड स्लट देखिएमा त्यस एटीएम बुथबाट कारोबार नगर्नुहोस् ।
५) तपाइँले एटीएम बुथबाट कारोबार गर्ने क्रममा सही पिन प्रयोग गर्नुभएको छ र तपाइँको खातामा पर्याप्त रकम छ तर एटीएम मेसिनबाट रकम निस्कँदैन भने तपाइँ चोरले राखेको नक्कली कार्ड स्लटमा जानुभएको हुनसक्छ ।  यदि तपाइँले आफ्नो कार्ड नक्कली कार्ड स्लटमा प्रयोग भएको शङ्का लागेमा तत्काल अर्को एटीएम बुथमा गएर पिन नम्बर परिवर्तन गरिहाल्नुहोस् र सम्बन्धित बैङ्कलाई खबर गर्नुहोस् ।
६) एटीएम मेसिनको की प्याड अस्वाभाविक जस्तो लागेमा त्यो एटीएम बुथबाट कारोबार नगर्नुहोस् ।
७) एटीएम बुथभित्र उल्लेखित अस्वाभाविक उकरणहरू जडान गरिएको देखेमा तत्काल नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित बैङ्कमा खबर गर्नुहोस् ।
८) पिन नम्बर हाल्ने गर्ने क्रममा कोही कसैले देखे÷नदेखेको यकिन गरेरमात्र कार्ड एटीएम मेसिनमा घुसाउनुहोस् ।  पिन नम्बर हाल्दा हातले छोपेर सुरक्षित तबरले हाल्ने गर्नुहोस् ।
९) बैङ्कबाट प्रत्येक पटक पैसा झिक्दा वा राख्दा एसएमएस आउने एसएमएस अलर्ट सुविधा लिने गर्नुहोस् ।
१०) यदि आफूले गर्दै नगरेको कारोबारका बारेमा मोबाइलमा एसएमएस अलर्ट आएमा तत्काल सम्बन्धित बैङ्कमा खबर गर्ने ।
११) एटीएम प्रयोगकर्ताले रकम चोरिनबाट जोगिनका लागि नियमितरूपमा पिनकोड फेर्नुपर्छ ।  समय समयमा एटीएमको पिन नम्बर परिवर्तन गर्ने बानी बसाउनुपर्छ ।
१२) आफ्नो एटीएम कार्ड र पिन सकभर साथीभाइ तथा आफन्तसमेत कसैलाई पनि भन्ने वा प्रयोग गर्न नदिनुहोस् ।
१३) एटीएम बुथभित्र तथा बाहिर अस्वाभाविक तथा शङ्कास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरी वा सम्बन्धित बैङ्कलाई खबर गर्नुहोस् ।


Load disqus comments

0 comments