विश्वकै नम्बर वान सर्च इन्जिन कम्पनी गुगलले सन् २०१७ को शुरुवातमै दुई वटा नयाँ स्मार्टवाच सार्वजनिक गर्ने भएको छ ।
गुगलले आधिकारिक रुपमा नयाँ बर्षको शुरूवातसँगै दुई वटा नयाँ स्मार्टवाच बजारमा ल्याउन लागेको जनाएको छ ।
द भर्जलाई दिएको एक अन्तरवार्तामा गुगलका प्रडक्ट म्यानेजर जेफ च्याङ्गले यो कुराको खुलासा गरेका हुन् ।
साथै गुगलले यी स्मार्ट घडीको निर्माणका लागि स्मार्टफोन निर्माता कम्पनी मोटोरोला, एलजी वा स्यामसुङ्मध्ये एउटा कम्पनीलाई दिनसक्ने अड्कल गरिएको छ । कन्जुमर इलेक्ट्रोनिक्स एक्स्पोको अवसरमा स्मार्टवाचका निर्माणको जिम्ममा कुन कम्पनीलाइ दिने भन्ने कुराको खुलासा गरिने गुगलका प्रडक्ट म्यानेजर च्याङ्गले जनाएका छन् । सिइएस सन् २०१७ को जनवरी ५ देखि ८ सम्म अमेरिकको लस भेगासमा हुनेछ ।
अड्कलबाजीहरुका अनुसार स्मार्टवाच अलग-अलग साइजमा आउनेछन् । साथै महिला र पुरुषका लागि पनि फरक फरक डिजाइनमा हुनेछन् । साथै यी स्मार्टवाचमा यस्ता केही एप्स पनि हुनेछन् जसलाई प्रयोग गर्न स्मार्टफोनको आवश्यकता पर्नेछैन । पिक्सेल स्मार्टफोनमा जस्तै एन्ड्रोइन पे र गुगल भ्वाइस असिस्टेन्ट पनि गुगलका नयाँ स्मार्टवाचमा हुने बताइएको छ ।

0 comments