Sunday, December 25, 2016

लाइसेन्सका लागि घन्टौँ लाइन बस्न नपर्ने

अजय शर्मा, काठमाडौँ, पुस ११ गते ।  सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि अब घन्टौँ लाइनमा बस्ने दिनको अन्त्य हुने भएको छ ।

दुई पाङ्ग्रे (मोटरसाइकल र स्कुटर)को लाइसेन्सको दैनिक पाँच सय जनाले अनलाइन फारम भर्ने सुविधा सोमबारदेखि सुरू हुन लागेको हो ।
बागमती अञ्चल कार्यालय एकान्तकुनाका प्रमुख तेजनारायण यादवले सोमबारदेखि एक दिनमा पाँच सयले आवेदन दिन सक्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।  ‘अहिले दिने अनलाइन आवेदनकर्ताको लिखित र ट्रायल परीक्षा बागमती अञ्चल कार्यालय एकान्तकुनाले मात्रै लिने भएकाले एक दिनमा पाँच सय मात्रको आवेदन लिन्छौँ ।  यो प्रविधि आरम्भ भएसँगै सेवाग्राहीलाई पहिलेजस्तो अब रातिराति लाइनमा बस्न यातायात कार्यालय धाउनु पर्दैन’, उहाँले भन्नुभयो ।
प्रमुख यादवले पुस महिनाको १७ गते कलङ्की कार्यालय र पुस २७ गते चावहिल र भक्तपुर कार्यालय सञ्चालन गर्ने तयारी रहेको जानकारी दिनुभयो ।  ‘यी तीन ठाउँमा कार्यालय सञ्चालन भएपछि माघ १ गतेदेखि चार स्थानबाट पाँच सयका दरले एकै दिन दुई हजार अनलाइन आवेदन लिन्छौँ ।  हामीले माघ १ गतेदेखि चारपाङ्ग्रेको समेत अनलाइन आवेदन लिनेछौँ’, उहाँले भन्नुभयो ।
‘फस्ट कम फस्ट पाँच सय जनाले एक दिनमा अनलाइन आवेदन भर्न पाउँछन् ।  अर्को दिनको अनलाइन फर्म राति १२ बजे पछि भर्न सकिन्छ । ’ प्रमुख यादवले भन्नुभयो ।  यसरी अनलाइन आवेदन फर्म एक दिनमा पाँच सयले मात्र दर्ता गर्न पाउने भएकाले अनलाइन सवारी चालक अनुमतिपत्र भर्नेको चाप धेरै भए फेरि पनि राति १२ बजे उठेर अनलाइन फर्म भर्नुपर्ने हुनसक्छ ।

कसरी भर्ने अनलाइन फाराम ? यहाँ क्लिक गर्नुहोस्


१. यातायात व्यवस्था ववभागको वेबसाइट www.dotm.gov.np मा जानुहोस्।
२. वेब साइटको होम पेजमा यातायात व्यवस्था ववभागको चिनारी मुनन रहेको ‘अनलाइन सवारी चालक अनुमनत पत्र’ को लिङ्कमा क्लिक गर्नुहोस।
३. ड्राइभिङ् लाइसेन्स अनलाइन रजिष्ट्रेशनमा क्लिक गर्नुहोस्।
४. त्यस पछि त्यहाँ रहेको Citizenship मा Nepal छानेर proceed मा क्लिक गर्नुुहोस्।
५. आफ्नो व्यक्तिगत विवरण (Demographic Details) भर्नुुहोस्।
६.जन्ममिति Date fo Birth (DOB) छाने पछि आफै उमेर (Age) आउनेछ ।
७.स्थायी ठेगाना (Permanet Adress) भर्नुुहोस् ।
८.यदि स्थायी र अस्थायी ठेगाना एकै भए Same As Permanent मा चेक मार्क गर्नुुहोस् ।
९.आफूले दरखास्त दिन लागेको वर्ग छान्नुहोस् ( हाललाई A वा K मात्र )
१०. Professional OR Non Professional मा अन्य (others) छान्नुहोस् ।
११.आफूले दरखास्त दिन लागेको कार्यालय रहेको अञ्चल छान्नुहोस् । (हाललाई बागमती )
१२. सो अञ्चल कार्यालयको लाइसेन्स कार्यालय छान्नुहोस् । (हाललाई कुसुन्ती )
१३. याद राख्नुहोस एस्ट्रीक (*) लागेका विवरण अनिवार्य भर्नुुपर्नेछ ।
१४.सबै विवरण भरेपपछि SUBMIT मा क्लिक गर्नुुहोस् ।
१५. Are you sure you want to continue? म्यासेजमा आउँछ, ओके मा क्लिक गर्नुुहोस् ।
१६. आफूले भरेको विवरण पुनः एकपटक चेक गरेर इडिट गरी सच्याउनुहोस् ।
१७. सबै विवरण ठीक भए प्रिन्ट गर्नुहोस् ।

साभारः गोरखापत्र दैनिक, २०७३ पुस ११ गते । 
Load disqus comments

0 comments