Friday, April 13, 2018

नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफर, यस्ता छन् सुविधा

नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा आफ्ना उपभोक्ताको थप सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७५’ उपलब्ध गराउने भएको छ । उक्त अफर २०७५ वैशाख १ देखि लागू भई १५ गतेसम्म लिन सकिने टेलिकमले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ ।
अफर अन्तर्गत ह्यापी विकेन्ड प्याक, अनलिमिटेड जिएसएम-सिडिएमए नाइट डाटा प्याक, एडिएसएल भोलुम बेस्ट, एडिएसएल अनलिमिटेड प्याकेज रहेका छन् । जिएसएम÷सिडिएमए प्रिपेड-पोष्टपेड मोबाइलमा ह्यापी विकेण्ड प्याक अफर प्रयोग गर्न सकिनेछ । यो प्याकअन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन एक जिबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक रु १०० मा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुने टेलिकमले जनाएको छ ।

अनलिमिटेड नाइट डाटा प्याकअन्तर्गत जिएसएम-सिडिएमए प्रिपेड-पोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । त्यस्तै टेलिकमले एडिएसएल भोलुम वेस्ड प्याकेजअन्तर्गत रु २००मा १५ जिबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी रु ३०० मा २५ जिबी डाटा र रु ४०० मा ४० जिबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।

एडिएसएल अनलिमिटेड प्याकेजअन्तर्गत रु ७०० मा अनलिमिटेड डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी रु तीन हजार ७५० को प्याकेजमा अनलिमिटेड डाटा १८० दिनसम्म र रु सात हजारको प्याकेजमा अनलिमिटेड डाटा ३६० दिनसम्म प्रयोग गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

नेपाल टेलिकमको विज्ञप्ती सहितः
प्रेस विज्ञप्ति
नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा उपभोक्ताको थप सुविधाका लागि नयाँ वर्ष अफर २०७५ (New Year offer 2075) उपलब्ध गराउने भएको छ । उक्त अफर २०७५ बैशाख ०१ देखि लागू हुनेछ । अफर आगामी २०७५ बैशाख १५ गते सम्म लिन सकिने छ । एडीएसएल अफर भने ९० दिनसम्म लिन सकिने छ ।
१. ह्याप्पी विकेन्ड प्याक
जीएसएम/सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक अफर प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक एक सय रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुनेछ ।
२. अनलिमिटेड जीएसएम/सीडीएमए नाइट डाटा प्याक
जीएसएम÷सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । अनलिमिटेड जीएसएम/सीडीएमए नाइट डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा १ जीबी डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । डाटा खरिद गरेको एक दिन सम्म यसको अवधि हुनेछ । १ जीबी डाटा थ्रिजी÷फोरजीको गतिमा चल्ने छ र त्यसपछि २५६ केबीपीएसको गतिमा चल्ने छ ।
३. एडीएसएल भोलुम बेस्ड प्याकेज
नेपाल टेलिकमले ५ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराइहेको छ । एडीएसएल भोलुम वेस्ड प्याकेज अन्तर्गत २ सय रुपैयाँमा १५ जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ३ सय रुपैयाँमा २५ जीबी डाटा र ४ सय रुपैयाँमा ४० जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।
४. एडीएसएल अनलिमीटेड प्याकेज
नेपाल टेलिकमले ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराइहेको छ । एडीएसएल अनलिमिटेड प्याकेज अन्तर्गत ७ सय रुपैयाँमा अनलिमिटेड डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ३ हजार ७ सय ५० रुपैयाँको प्याकेजमा अनलिमिटेड डाटा १ सय ८० दिन सम्म र ७ हजार रुपैयाँको प्याकेजमा अनलिमिटेड डाटा ३ सय ६० दिनसम्म प्रयोग गर्न सकिने छ ।
विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले *1415# डायल गर्नु पर्नेछ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।
प्रतिभा बैद्य
प्रवक्ता 
नेपाल टेलिकम


Load disqus comments

0 comments