Thursday, April 12, 2018

सावधान ! फेसबुकबाट फैलदै छ भाइरस

फेसबुक म्यासेन्जर वा वालमा तपाईंको नाम जोडिएर कुनै भिडियो लिंक र पोष्ट देख्नुभयो? यस्तो भिडियो रुपी भाइरस केही दिन यता फेसबुकमा फैलिरहेको छ । 
फेसबुकमा यस्ता लिंक देख्नु भएमा ख्याल गर्नु है, यस्ता लिंक असुरक्षित पनि हुन सक्छन् । सामाजिक सञ्जालमा ह्याकरले फिसिङ, ह्याकिङ वा भाइरस फैलाउने उद्देश्यले यस्ता लिंक पठाउने गरेका छन् । 
यदि तपाईंको फेसबुक लगायतका सामाजिक सञ्जालका एकाउन्टमा यस्ता गतिविधि देख्नु भयो भने त्यस्ता लिंक क्लिक नगर्नुहोस् । यस्ता लिंक क्लिक गर्दा तपाईंको  फेसबुक, ट्वीटर लगायतका एकाउन्ट ह्याक हुन सक्छन् ।
निम्न सुरक्षाका उपाय अपनाउनुहोस्
१) फेसबुकमा आउने यस्ता शंकास्पद लिंक वा भिडियो लिंक क्लिक नगर्ने ।
२) मोबाइल, ट्यावलेट, ल्यापटप लगायतका डिभाइसमा एन्टिभाइरस राख्ने ।
३) फेसबुकमा आएका लिंकबाट अनलाइन फाराम नभर्ने । अनलाइन फाराम भर्नुपरेमा आधिकारिक वेवसाइटमा गएर मात्र भर्ने ।
४) फेसबुकमा देखिने सामग्री आफूलाई शंकास्पद लागेमा रिपोर्ट गर्ने ।
५) नियमितरुपमा फेसबुकको पासवर्ड परिवर्तन गर्ने ।
६) फेसबुकमा प्रयोग हुने एपहरुको प्रयोग गर्दा सजग हुने । फेसबुकमा भविष्य बताउने, जोडि मिलाउने, व्यक्तित्व बताउने लगायतका विभिन्न एप उपलब्ध हुन्छन्, यी सबै एप सुरक्षित नहुन सक्छन् ।

- आईटी पाना

Load disqus comments

0 comments