Wednesday, February 24, 2016

सूचना र प्रविधिको केन्द्र बन्दै दाङ महोत्सव

टीकाबहादुर बस्नेत
दाङको घोराहीमा आयोजना गरिएको ‘दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगिक कृषि मेला २०७२’ प्रविधिको केन्द्र बन्दै गएको छ ।  दाङ जिल्ला उद्योग वाणिज्य सङ†घले आयोजना गरेको महोत्सव विज्ञान र प्रविधिको जानकारी लिने केन्द्र बन्दै गएको हो ।
यही फागुन २१ गतेदेखि सुरु भएको महोत्सवमा रहेका एक दर्जनभन्दा बढी सूचना र प्रविधिसम्बन्धी स्टलमा युवा, बालबालिका, वृद्ध सबै उमेर समूहका मानिसले प्रविधिको बारेमा जानकारी लिएका छन† ।  महोत्सवमा आउनुभएका रोल्पाका छविलाल थापाले ई–सेवाबाट मोबाइलमा ब्यालेन्स राख्न सिकेर जानुभयो ।  रेडियोमा हरेक दिन ई–सेवाको विज्ञापन सुन्दै आउनुभएका थापाले महोत्सवमा राखिएको ई–सेवाको स्टलमा मोबाइलमा ब्यालेन्स राख्न मात्र सिक्नुभएन ई–सेवाको खातासमेत खोलेर जानुभयो । 
त्यस्तै, ई–सेवालाई कुनै बैङ†कका रूपमा लिँदै आउनुभएका ताप्लेजुङ घर भई घोराही सिमेन्ट उद्योगमा कार्यरत निमेश भट्टराईले समेत ई–सेवाको बारेमा जानकारी लिई आफ्नो नामको ई–सेवा खाता सञ्चालनमा ल्याउनुभयो ।  बुधबार ई–सेवाको खाता खोल्दै गर्नुभएका भट्टराईले घरमा रहेका आफन्तहरूलाई मोबाइलमा रिचार्ज गरिदिनका लागि ई–सेवाको खाता खोल्न लागेको प्रतिक्रिया दिनुभयो ।  ई–सेवा सेन्टर दाङका राजन न्यौपानेले महोत्सवमा दैनिक ५०० बढीलाई सूचना र प्रविधिको बारेमा जानकारी गराउँदै आएको जानकारी दिनुभयो । 
त्यस्तै मनोरञ्जनका लागि महोत्सवमा आउनुभएका तुलसीपुरका तेजबहादुर केसीले मोबाइल एप्सका बारेमा जानकारी लिनुभयो ।  घोराहीमा रहेको अम्बिकेश्वरी क्याम्पसले राखेको स्टलमा आएर केसीले मोबाइल एप्समार्फत प्लेस्टोरमा राख्नलाई किताब बनाउने तरिका सिक्नुभयो ।  उहाँले मोबाइल एप्सका साथै वेवजिडाइनका बारेमा पनि जानकारी लिएको बताउनुभयो । 
सूचना प्रविधिको बारेमा जानकारी लिन आउनेहरूलाई सूचना प्रविधिको बारेमा जानकारी दिन बस्नुभएकी कलेजकी विद्यार्थी दीपा पुनले अधिकांश विद्यार्थी सूचना प्रविधिका बारेमा जानकारी लिन आएको बताउनुभयो ।  उहाँले सूचना प्रविधिको बारेमा जानकारी लिन आउनेहरूलाई यसले ओगटेको क्षेत्र र महìवका बारेमा बुझाएर पठाएको बताउनुभयो । 
यी त उदाहरण मात्रै हुन† दाङ व्यापारिक महोत्सवमा राखिएका एक दर्जन भन्दा बढी विज्ञान प्रविधिसम्बन्धी स्टलमा दिनहुँ एक हजारभन्दा बढीले सूचना प्रविधिको बारेमा जानकारी लिइरहेको आयोजकको भनाइ छ ।  महोत्सव आयोजक दाङ जिल्ला उद्योग वाणिज्य सङ†घका उपाध्यक्ष खड†कबहादुर बुढाथोकीले व्यापार, कृषि र पर्यटन प्रबद्र्धनका लागि महोत्सव आयोजना गरिएको भए पनि महोत्सवमा राखिएका विज्ञान र प्रविधिसम्बन्धी स्टलहरू प्रभावकारी बनेको बताउनुभयो ।
‘विज्ञान र प्रविधिका बारेमा नागरिकबाट यति धेरै चासो व्यक्त होला भन्ने हामीले सोचेका थिएनौं ।  महोत्सवमा रहेका प्रविधिका स्टलमा लागेको भीड देख्दा खुसी लागेको छ’, मेला आयोजक समितिका सह–संयोजक समेत रहनुभएका बुढाथोकीले भन्नुभयो, ‘जिल्लावासीमा देखिएको प्रविधिसम्बन्धी जिज्ञासाले आगामी महोत्सवलाई प्रविधि विशेष बनाउने सोच पलाएको छ । ’
मेला आयोजक समितिले मेला अवधिमा व्यवसायीहरूलाई ‘एकाउन्टिङ प्याकेज’ का बारेमा प्रशिक्षण दिने जनाएको छ ।  व्यवसायलाई व्यवस्थित बनाउन यस किसिमको प्रशिक्षण आयोजना गर्न लागेको आयोजक समितिका संयोजक हेमराज बञ्जाडेले जानकारी दिनुभयो ।  महोत्सवको टिकट बिक्री ई–सेवामार्फत गर्ने सोच बनेको भए पनि प्राविधिक कारणले त्यसो गर्न नसकेको भन्दै आयोजक दाङ जिल्ला उद्योग वाणिज्य सङ†घका अध्यक्षसमेत रहनुभएको बञ्जाडेले आगामी महोत्सवदेखि उक्त कार्यको थालनी गर्ने बताउनुभयो ।
Load disqus comments

0 comments