Wednesday, March 9, 2016

के हो क्लाउड स्टोरेज ? तपाईं जहाँ हुनुहुन्छ, त्यहींबाट डिजिटल सामग्रीको पहुँच चाहनुहुन्छ ?

तपाईंको कम्प्युटरको क्षमता कति छ ? ३००, ५०० गिगावाइट वा एक टेरावाइट वा त्यसभन्दा बढी ? कम्प्युटर र अन्य बाह्य स्टोरेजमा नअटेका डिजिटल सामग्री (डाटा) कहाँ राख्नुहुन्छ ? तपाईं जहाँ जानुहुन्छ, त्यहीँ तपाईंका डिजिटल सामग्रीको पहुँच चाहनुहुन्छ ? यस्तो सहज पहुँच एवं सुरक्षित माध्यम र भण्डारको एउटा मात्र विकल्प हो क्लाउड स्टोरेज ।
शेरु विक आफ्ना महìवपूर्ण डाटा राख्न पेन ड्राइभ, हार्डडिक्स, मेमोरिकार्ड, सिडी, डिभिडीजस्ता परम्परागत माध्यममा मात्र भर पर्नुहुन्न ।  उहाँले निःशुल्करूपमा उपलब्ध क्लाउड स्टोरेज प्रयोग गर्न थाल्नुभएको करिब पाँच वर्ष भयो ।  निजामति सेवामा कार्यरत विक प्रविधिको प्रयोग गर्ने कर्मचारीमा अग्रणी हुनुहुन्छ ।  डिजिटल डाटालाई भौतिक डिभाइसमा बोकिरहनुपर्ने झन्झट सकिएको छ ।  अझ इन्टरनेटको पहुँचसँगै क्लाउड स्टोरेजको प्रयोग सहज भएको छ, उहाँ भन्नुहुन्छ । 
विकले नागरिकता, ड्राइभिङ लाइसेन्सदेखि विद्यालय, विश्वविद्यालयका सबै प्रमाणपत्र क्लाउड स्टोरेजमा राख्नुभएको छ ।  म जहाँ जान्छु त्यहीँबाट चाहेको सामग्री हेर्न र प्रिन्ट गर्नसक्छु ।  यसबाट पेन ड्राइभ बोक्नुपर्ने झन्झट हट†नुका साथै समयको समेत बचत भएको छ ।  मैले क्लाउड स्टोरेजमध्ये गुगल ड्राइभ र ड्रप बक्स प्रयोग गर्ने गरेको छु, उहाँ भन्नुहुन्छ । 

के हो क्लाउड स्टोरेज ?
आफ्नो डिजिटल डाटा (तस्बिर, दस्तावेज तथा फाइल) आफ्नै डिभाइसमा नभई अरू कुनै ठाउँमा राख्नु क्लाउड स्टोरेज हो ।  विभिन्न सेवा प्रदायकले प्रयोगकर्तालाई निःशुल्क वा सशुल्क यो सुविधा दिँदै आएका छन† ।  कम्प्युटरलगायत अन्य डिभाइसमा तयार गरिएका महìवपूर्ण फाइलहरू इन्टरनेटका माध्यमबाट स्टोर गर्न एवं एक ठाउँको सामग्रीमाथि अर्को ठाउँबाट पहुँच पु¥यााउन क्लाउड स्टोरेजको प्रयोग गरिन्छ । 
आफ्नो उपकरणको स्टोरेज क्षमता कम हुँदा वा इन्टरनेटको पहुँच भएको ठाउँबाट सजिलै प्रयोग गर्न तथा ब्याकअप राख्न क्लाउड स्टोरेज प्रयोग गरिन्छ ।  अनलाइनमा फाइल स्टोर गर्न, सेयर गर्न र एकभन्दा बढी स्थानबाट एकै फाइलमाथि पहुँच पु¥याउन क्लाउड स्टोरेज महìवपूर्ण माध्यम मानिन्छ ।  युजर आइडी र पासवर्डले मात्रै अनलाइनमा स्टोर गरिएका सामग्रीमाथि पहुँच पु¥याउन सकिने हुँदा सुरक्षाको हिसाबले पनि यसलाई विश्वसनीय मान्ने गरिन्छ । 

कसरी प्रयोग गर्ने क्लाउड स्टोरेज ?
जुनसुकै क्लाउड स्टोरेज प्रयोग गर्न त्यसमा एउटा एकाउन्ट खोल्नुपर्ने हुन्छ ।  गुगल ड्राइभका लागि जी मेलकै एकाउन्टले काम गर्छ भने अरू क्लाउड स्पेसका लागि त्यसको वेबसाइटमा गएर आफ्नो विवरण लेख्दै नयाँ एकाउन्ट खोल्नुपर्छ ।  त्यसपछि त्यो वेबसाइटमार्फत साइन इन गरेर आउने स्पेसमा फाइलहरू अपलोड या डाउनलोड गर्न सकिन्छ ।  क्लाउडमा फाइलहरू राख्न वा डाउनलोड गर्न इन्टरनेट नभई हुँदैन ।  इन्टरनेट सुविधा भए मात्र ल्यापटप, डेस्कटप, मोबाइल वा ट†याब्लेटलगायतका ग्याजेटबाट क्लाउड स्टोरेज चलाउन पाइन्छ । 
निःशुल्क रूपमा आफ्नो डाटा क्लाउड स्टोरेजमा सुरक्षित राख्न सकिन्छ ।  यसका लागि अहिले इन्टरनेटमा धेरै किसिमका क्लाउड स्टोरेज उपलब्ध छन† ।  आज हामी तपाईंलाई उत्कृष्ट पाँचवटा निःशुल्क क्लाउड स्टोरेजका बारेमा जानकारी दिनेछौँः

गुगल ड्राइभ
सन् २०१२ अप्रिलबाट गुगलले सुरु गरेको क्लाउड स्टोरेज स्पेस हो– गुगल ड्राइभ ।  जी–मेलमा भएका डकुमेन्टलाई तपाईं गुगल ड्राइभमा लैजान सक्नुहुन्छ ।  यसमा १५ गिगावाइट स्पेस सित्तैमा पाइन्छ ।  त्यसलाई विन्डोज वा एन्ड्रोइडको कुनै पनि डिभाइसबाट चलाउन सकिन्छ ।  त्यसका लागि जततउकस्ररमचष्खभ।नययनभि।अयm वा गुगल ड्राइभ एप्लिकेसन प्रयोग गर्न सकिन्छ । 

ड्रप बक्स
डाटा सेभिङका लागि यो पनि प्रचलित साइट हो तर स्पेसको सवालमा यसले तपाईंलाई केही निराश बनाउन सक्छ ।  यो साइटमा तपाईंले मात्र दुई जीवी डाटा स्टोरेज गर्न सक्नुहुन्छ तर आफ्नो ट्रान्सफर सिस्टमका कारण यो सबैभन्दा राम्रो मानिन्छ ।  खासमा यदि तपाईंले एकजना साथीलाई यो साइट रिफर गर्नुभयो भने तपाईंले बोनसस्वरूप ५०० एमवि निःशुल्क स्पेस पाउनुहुनेछ ।  यसरी तपाईंले १८ जीवीसम्म आफ्ना लागि स्पेस बढाउन सक्नुहुन्छ ।  यदि तपाईं एन्ड्रोइड मोबाइल चलाउनुहुन्छ भने त्यसमा यसलाई इन्स्टल गर्न पनि सक्नुहुन्छ ।

कपि
कपि डटकमले सीधै १५ जीवी स्पेस निःशुल्क स्टोरका लागि छुट†याएको छ ।  यो सन† २०१० मा स्थापना भएको हो ।  यस कम्पनीले स्तरीय स्टोरेज सेवा प्रदान गर्दै आएको छ ।  ड्रपबक्सले जस्तै तपाईंले अरूलाई यसको सेवा प्रयोग गर्न सिफारिस गर्नुभयो र त्यो व्यक्तिले प्रयोग गर्न सुरु गरेसँगै थप पाँच जीवी स्टोरेज स्पेस बोनस पाउनुहुनेछ ।  २० जीवी र त्यो पनि निःशुल्क ।  विन्डोज, म्याक, लिनक्स, एन्ड्रोइड र आइफोनलगायत अपरेटिङ सिस्टममा प्रयोग गर्न सकिन्छ । 

बक्स
झट्ट सुन्दा ड्रप बक्स र बक्स उस्तै सुनिन्छन† तर यी भिन्दाभिन्दै क्लाउड होस्टेड कम्पनी हुन† ।  बक्सले सन† २००५ देखि नै होस्टेड सेवा सुरु गरेको हो ।  यसले पनि कुल १० जीवी स्टोरेज प्रयोगकर्ताका लागि निःशुल्क दिँदै आएको छ ।  मोबाइलमा आइफोन, एन्ड्रोइड, विन्डोज र ब्ल्यायकबेरी अपरेटिङ सिस्टमलाई ध्यानमा राखेर अनलाइन न्यु डकुमेन्ट बनाउन, माइक्रोसफ्ट अफिस, गुगल डकुमेन्ट र बेव वेस्ट फम्र्याटमा एडिट एवं डाउनलोड गर्ने सुविधा दिँदै आएको छ ।

एप्पल आइक्लाउड
विशेषगरी एप्पलको प्रयोगकर्तालाई लक्ष्य गरेर बनाइएको एप्पल आइक्लाउडमा पाँच गिगावाइट स्पेस सित्तैमा पाइन्छ ।  थप २० जीवीका लागि वार्षिक ४० डलर तिर्नुपर्छ ।  एप्पल आइक्लाउड एप्पलका विभिन्न एप्लिकेसनसँग समायोजन गरेर चलाउन सकिन्छ ।  जततउक।ररधधध।बउउभि।अयmरष्अयिगम वा आइक्लाउडको एप्लिकेसनमा गएर आफ्ना फाइलहरू स्टोर र एक्सेस गर्न सकिन्छ ।

०००

Load disqus comments

0 comments