Wednesday, May 10, 2017

विमानमा फोन किन अफ गराइन्छ ?

विमानमा चढेपछि मोवाइल फोनको ‘स्वीच अफ’ गर्न लगाइन्छ । विमानमा किन फोन लगायतका विद्युतीय उपकरण प्रयोग गर्न पाइँदैन ?
यसको कारण यस्तो छ । इन्टरनेट र मोबाइल नेटवर्कसँग जोडिने विद्युतीय उपकरणले  रेडियो तरंगको माध्यम प्रयोग गर्छ । विमानले पनि सूचना प्राप्त गर्नका लागि विद्युतीय प्रणालीमा आधारित तरङ्गको प्रयोग गर्छ । त्यसैले मोबाइल वा अन्य उपकरणमा आउने ‘सिग्नल’ ले विमानको इलेक्ट्रोनिक प्रणालीमा असर गर्छ र विमानमा आउने  ‘सिग्नल’मा अवरोध पर्न सक्छ । त्यसैले, मोबाइल उपकरण विमानमा अफ वा फलाईट मोडमा राख्न भनिन्छ ।
विमानमा प्रयोग भएको सुचना प्रणाली र मोबाइल उपकरणले प्रयोग गर्ने ‘सिग्नल’ एकै खालको हुने हुँदा यसले गर्ने असरबारे स्पष्ट डाटा निकाल्न समेत कठिन हुन्छ । त्यसै कारण नै विमानमा फोनको ‘स्वीच अफ’ गर्न लगाइन्छ ।
त्यसो त आइप्याड, ल्यापटप, हातले खेलिने भिडियो गेम लगायतका उपकरणले समेत विमानले प्रयोग गर्ने रेडियो तरंग छोड्छन् । यस्ता उपकरणको फ्रिक्वेन्सी विमानको ‘एभिएसनिक्स’ मा प्रभाव पार्ने स्तरमा भयो भने यसले राडारसँग विमानको सम्बन्ध र अन्य प्रणालीमा समेत असर गर्छ ।

Load disqus comments

0 comments