Wednesday, March 9, 2016

फेसबुकमा कहिल्यै गर्न नहुने १० कुरा

फेसबुक एउटा यस्तो सोसल नेटवर्किङ साइट हो जसलाई थुपै्र मानिसले मन पराउँछन् ।  केही फेसबुक प्रयोगकर्ता आफ्नो पूरै निजी जिन्दगीलाई फेसबुकमा छताछुल्ल पार्ने गर्छन् ।  यस्तो व्यवहारले कस्तो प्रभाव पार्छ भन्ने कुरा उनीहरूलाई रत्तिभर पनि थाहा हुँदैन ।  अझ कतिपय फेसबुक प्रयोगकर्ताले आफ्नो दैनिक कार्य, फोटो, गरिरहेको काम, लोकेसन फेसबुकमा राख्ने गरेको पाइन्छ ।  मानिसहरू आफ्ना बारेमा अरूलाई जानकारी दिन यस्तो गरिरहेका हुन्छन् ।  तर यस्ता कार्यले भविष्यमा थुपै्र समस्या उत्पन्न गर्न सक्ने सम्भावनाप्रति सजक हुँदैनन् ।  फेसबुक सार्वजनिक स्थान हो,
थाहापाइ राखौँ फेसबुक जस्ता सामाजिक सञ्जालमा भुलेर पनि गर्न नहुने १० कुरा:
१.    पासवर्ड बाँँढ्ने काम नगर्नुहोस्ः फेसबुकको पासवर्ड सधैँ गोप्य राख्नुपर्छ ।  पासवर्डकै कारणले गर्दा धेरै मानिसले ठूलो समस्या झेल्नुपरेको हुन्छ ।  त्यसैले आफ्नो फेसबुकको पासवर्ड सधैँ गोप्य राख्नुहोस् ।
२.    नक्कली एकान्टबाट बँच्नुहोस्ः कुनै पनि व्यक्तिले नक्कली अकान्ट बनाउनु र त्यसको प्रयोग वा दुरुपयोग गर्नु कानुनी अपराधको दायरामा पर्छ ।  यसो गर्दा तपाईं प्रहरीको फन्दामा पर्न सक्नुहुन्छ ।  कुनै पनि व्यक्तिको अकान्टबाट अरूलाई घोचपेच वा दुरुपयोग गर्नेलाई पनि सजाय हुनसक्छ ।
३.    अनावश्यक लिंकहरू क्लिक नगर्नुहोस्ः फेसबुकमा अनावश्यक लिङ्कहरू आइरहेका हुन्छन्, कतिपय यस्ता लिङ्क ह्याकरले फैलाएका पनि हुनसक्छन् ।  यस्ता लिङ्कलाई झुक्किएर पनि क्लिक गर्नुहँँुदैन ।  यस्ता लिङ्कमा क्लिक गर्नाले तपाईंको फेसबुक अकाउन्ट ह्याक हुन पनि सक्छ ।  त्यसैले सधैं यस्ता लिङ्कबाट टाढा रहनुहोस् ।
४.    रिलेसनसिप स्टेटस परिवर्तन गर्नुः यदि तपाईं कुनै पनि सम्बन्धमा हुनुहुन्छ भने यो खबरले तपाईंका साथी र परिवारलाई खुशी राख्ला तर केही जोडी फेसबुकमा आफ्नो रिलेसनसिप स्टेटस आफ्नो मुडअनुसार राख्ने गर्दछन् जुन राम्रो कुरा होइन ।
५.    आफ्नो लोकेसन कहिल्यै पनि फेसबुकमा सेयर नगर्नेः यस्तो गर्नाले अपलोड गरिएको स्ट्याटसमा धेरैभन्दा धेरै लाइक र कमेन्ट त प्राप्त गर्न सकिन्छ तर अपराधीले पनि यस्तै मौका छोपी रहेका हुन्छन् ।
६.    घरमा एक्लै छु, घरका मान्छे सबै बाहिर छन् आदि जस्ता स्ट्याटस नराख्नुहोस्ः आफू घरमा एक्लै भएको बेला पनि घरमा कोही छैन, घरमा एक्लै छु, घरका मान्छे सबै बाहिर छन् भन्ने जस्ता स्ट्याटस पनि राख्नु हुँदैन ।  घरमा कोही नभएको समयमा चोरीका घटना बढ्न सक्छन् ।  अपराधीले केही ठूलो घटना घटाउने सम्भावना हुन्छ ।
७.    जोशमा होस नगुमाउनुस्ः कुनै पनि सामाजिक सञ्जालमा साम्प्रदायिक भड्काव ल्याउने वा अफवाह फैलाउने व्यक्ति पनि कानुनी कारबाहीको दायरामा पर्छन् ।  यस्ता व्यक्तिलाई पनि सार्वजनिक अपराधसरहकै सजाय हुनसक्छ ।  त्यसैले सामाजिक सञ्जालमा साम्प्रदायिक भड्कावलाई प्रोत्साहन गर्ने स्टाटस नलेख्नुहोस्, लाइकसमेत नगर्नुहोस् ।
८.    फेसबुकमा आफ्नो प्रेमको सोअफ: केही मानिस आफ्नो रोमान्स फेसबुकमार्फत नै उजागर गर्न चाहन्छन् ।  यो कदापि उचित होइन, यसले तपाईंको व्यक्तिगत जीवनमा नकारात्मक असर पार्न सक्छ ।
९.    फोटो अपलोड गर्नुः कोही जोडी आफ्नो एक–दुईवटा फोटो नभई थुपै्र फोटो अपलोड गर्न चाहन्छन् ।  तपाईंको यस्तो व्यवहार कोही दोस्रो व्यक्तिका लागि टाउको दुखाई हुनसक्छ ।  फेसबुकमा कुनै पनि जोडीले एक वा दुईवटाभन्दा अरू फोटो अपलोड गर्नु अनावश्यक मानिन्छ ।
१०.    स्टेटसको झमेलाः यदि तपाईंको आफ्नो प्रेमीसँग झगडा भएको छ भने त्यसको अर्थ तपाईंले आफ्नो भाव फेसबुकको वालमा दुःखी भएको स्माइली पोस्ट गरेर संसारलाई देखाउनु होइन ।  यस्तो अवस्थामा तपाईं आफू अफलाइन बसेर आफ्नो पार्टनरसँग कुराकानी गर्दा ठीक हुन्छ ।  
***


Load disqus comments

0 comments