गुगल विश्वमा सबैभन्दा बढी मानिसले प्रयोग गर्ने सर्च इन्जिन हो । इन्टरनेट चलाउनेमध्ये गुगल प्रयोग नगर्ने सायदै होलान् । हामी इन्टरनेटमा केही कुरा खोज्नुपर्यो भने गुगल गर न त्यही भेटिहाल्छ नि भन्ने भन्छौँ । गुगलले आफ्नो सुरुवातदेखि नै सर्च इन्जिनमार्फत विश्वमा आफ्नो प्रभुत्व कायम राख्दै आएको छ ।
आमरूपमा भनिँदै आएको गुगल सर्च गुगल वेव सर्च अथवा गुगल वेव सर्च इन्जिन गुगल कर्पोरेसनको स्वामित्व रहेको छ । अमेरिकाका ल्यारी पेज र रसियाका सर्जे ब्रिनले १९९८ सेक्टेम्बर १५ अर्थात् १८ वर्षअघि स्थापना गरेको गुगल कर्पोरेसनले त्यही वर्षबाट गुगल सर्च पनि सार्वजनिक गरेको हो । गुगलको पछिल्लो तथ्याङ्क अनुसार गुगल सर्चले औषतमा प्रतिसेकेण्ड ४० हजार जिज्ञासा प्रक्रियामा लान सक्छ । साथै गुगल सर्चले विश्वभरबाट आएका तीन अर्ब पाँच करोड दैनिक तथा झन्डै १३ खर्ब वार्षिक सर्च रुपान्तरण गर्छ । सुुरुमा अङ्ग्रेजी भाषामा मात्र सञ्चालन भएको गुगल सर्च अहिले विश्वका १२३ भाषामा उपलब्ध छ ।
इन्टरनेट सञ्जाल सूचनाको महासागर हो । यस महासागरमा आफूलाई चाहिएको सूचना खोज्न जान्दा अधिकांश कुरा भेटाउन गाह्रो छैन ।
अहिले आएर गुगलमा टेक्स्ट र तस्बिर मात्रै होइन, पर्यायवाची शब्दहरू, कुनै स्थानको मौसम, टाइम जोन, नक्सा, तथ्याङ्कलगायतका विभिन्न डाटा खोज्न सकिन्छ । गुगलमा सर्च तरिकाका बारेमा नजान्दा तपाईंलाई समस्या छ भने गुगल सर्चमा आफूलाई चाहिएको सूचना निम्नानुसार विधिद्वारा खोज्न सकिन्छः
१. AND अथवा +
AND अथवा + ले शब्दलाई जोड्ने काम गर्दछ । जसबाट ठ्याक्कै ती दुबै शब्द भएको सर्च रिजल्ट भेटिन्छ ।
Sun+moon
Sun and moon
२. OR अथवा Space
यसो गर्दा दुईवटा शब्दमध्ये कुनै एक मात्र भए हुन्छ भन्ने बुझिन्छ ।
nepal or media
nepal media
३. “ ”
यस चिन्हको प्रयोग गरेर सर्च गर्दा गुगलले ठ्याक्कै त्यही वाक्य सम्झेर सर्च रिजल्ट खोज्दछ ।
“the sun lights up the moon”
४. -
माइनस चिन्हले यसबाहेक भन्ने बुझाँउछ । उदारणको लागि sun- moon and star भन्दा यसको सर्च रिजल्ट सन आउँदाँ मुन र स्टारको कुराचाहिँ आउनु हुन्न भन्ने बुझिन्छ ।
५. *
यस चिन्हलाई गुगलले ‘वाइल्ड कार्ड’का रूपमा बुझ्दछ जसले गर्दा कुनै वाक्यको बीचमा कुनै शब्द बिर्सियो भने गुगले सम्भावित शब्द चयन गरेर सर्च गर्दछ ।
the * lights up the moon
६. ~
यसको प्रयोगले गुगलले कुनै शब्दको पर्यावाची शब्द खोजेर देखाइदिन्छ ।
~sun
७. ..
दुई अङ्कको बीचमा यसको प्रयोगले ती दुई अङ्कबीचको रेञ्ज भन्ने जनाउँछ ।
solar eclipse 1990..2005
८. विदेशी विनिमय दर रुपान्तरणका लागि
100 Euro in USD
९. नाप तौल रुपान्तरणका लागि (weight, length, volume, etc)
100kg in lb
१०. समय र मौसम थाहा पाउनका लागि
time Katmandu
weather Katmandu
0 comments