तस्बिर सेयरिङ गर्ने सामाजिक सञ्जाल, इन्स्टाग्राममा रहेको त्रुटि (बग) फेला पारेका १० वर्षे बालकलाई फेसबुकले १० हजार डलर पुरस्कार दिएको छ ।
हेलसिन्कीमा बसोबास गर्दैआएका ‘जानी’ नाम गरेका ती बालकले प्रयोगकर्ताले इन्स्टाग्राममा लेखेका अक्षरलाई हटाउन मिल्ने त्रुटि फेला पारेर फेसबुकबाट १० हजार डलरको पुरस्कार प्राप्त गरेका हुन् ।
जोनीले इन्स्टाग्राममा फेला परेको सुरक्षा त्रुटी पत्ता लाग्ने बित्तिकै फेसबुकमा इमेल पठाएका थिए । फेसबुकले जानीका लागि एउटा टेस्ट एकाउन्ट बनाएर आफ्नो दाबीको प्रमाण पेस गर्न लगाएको थियो ।
साथै जानीले आफ्नो खोजलाई प्रमाणित गर्न कम्पनीकै टेस्ट अकाउन्टबाट इन्स्टाग्रामको एउटा कमेन्ट हटाएर पनि देखाएका थिए ।
जानीले आफूले पाएको पुरस्कार रकमबाट आफ्ना भाईहरूका लागि नयाँ बाइक, फुटबल खेल्ने सामग्री तथा कम्प्युटर खरिद गर्ने योजना बनाएको बताएका छन् । फेसबुकले यस्ता अनलाइन सुरक्षा त्रुटी पत्ता लगाउनेलाई बग बाउन्टी नामक पुरस्कार दिने गरेको छ । बीबीसीका अनुसार सन् २०११ बग बाउन्टी अन्तर्गत उसले ४३ लाख डलर बाँडिसकेको छ ।

0 comments