Thursday, August 11, 2016

स्मार्ट फोन किन्दा यी कुरामा ध्यान दिनुहोस्

तपाईं स्मार्ट फोन किन्दै हुनुहुन्छ ? स्मार्ट फोन किन्दा यी कुरामा ध्यान दिनुहोस् ।  नयाँ स्मार्ट फोन किन्दा विशेषगरी स्क्रिन तथा डिस्पे (रिजोलुसन), ब्याट्री, प्रोसेसर, र्याम, स्क्रिन क्वालिटीलगायतका विषयमा ध्यान दिनु जरुरी हुन्छ ।
त्यस्तै फोन किन्दा अलि चलेको कम्पनी रोज्नुहोस्, ताकि फोनमा समस्या आएमा ग्राहक सेवा तुरुन्त पाइयोस् ।  हामी यहाँ स्मार्ट फोन किन्दा अपनाउनुपर्ने कुराका बारेमा चर्चा गर्ने छौँ ।

  • तपाईंको आवश्यकता के हो ?
तपाईंको आवश्यकता के हो ? यकिन गरेर मात्र कुन ब्रान्ड र मोडेलको स्मार्र्ट फोन किन्ने हो निधो गर्नुहोस् ।  आफ्नो बजेट र आवश्यकताबमोजिमको स्मार्ट फोन किन्नु होस्, अरूले कस्तो मोबाइल बोकेका छन् भन्नु भन्दा पनि तपाईंको स्मार्ट फोन के कामका लागि हो, सोबमोजिम स्मार्ट फोन ब्रान्ड र मोडेल राज्नुहोस् । 

  • स्क्रिन रिजोलुसनः
स्मार्ट फोन किन्दा स्क्रिन रिजोलुसनमा ध्यान दिनुहोस् ।  बजारमा उच्च गुणस्तर स्क्रिन रिजोलुसन 720x1280 HD/1920x1080 Full HD रिजोलुसनसम्मका स्मार्ट फोन उपलब्ध छन् ।  स्क्रिन रिजोलुसन छान्दा HVGA (480×320), VGA \  (640×480), FWVGA (854×480) जस्ता रिजोलुसन राम्रो मानिन्छन् ।  यदि तपाईं महँगो फोन किन्न चाहनुहुन्छ भने चाहिएको छ भने फुल एचडी (1920x1080 Full HD) पिक्सल फोन लिनुहोस् ।  स्क्रिनको साइज रोज्दा मिडियम साइजमा किन्नु राम्रो हुन्छ । 

  • पिक्सल डेन्सिटी
स्मार्ट फोनको गुणस्तर मापन गर्ने अर्को मापन पिक्सल डेन्सिटीलाई प्रमुख रूपमा हेरिन्छ ।  मोबाइलको स्क्रिनको डिस्पेलेको एक इन्चको दूरीमा कति पिक्सल छ भन्ने मापन नै पिक्सल डेन्सिटी हो ।  जति धेरै पिक्सल डेन्सिटी (Pixels Per Inch, PPI) भयो त्यति नै मोबाइलको भिजिबिलिटी राम्रो हुन्छ ।  त्यसैले स्मार्ट फोन किन्नुभन्दा पहिले पिक्सल डेन्सिटी (PPI) को बारेमा जान्नु धेरै राम्रो हुन्छ ।

  • अपरेटिङ सिस्टम
स्मार्ट फोनमा विशेषतः एन्ड्रोइड, आईओएस र विन्डोज अपरेटिङ सिस्टम रहेका छन् । कुनै पनि स्मार्ट फोन खरिद गर्दा सो अपरेटिङ सिस्टमको नयाँ भर्सनको मोबाइल खरिद गर्नुहोस् ।  नयाँ भर्सनका स्मार्ट फोनमा नयाँ एप सर्पोट गर्नुका साथै सुरक्षाका हिसाबले समेत भरपर्दो हुने भएकाले नयाँ भर्सन भएको मोबाइल किन्नु राम्रो हुन्छ ।

  • प्रोसेसर र र्याम
तपाईंले फोन किन्दा अर्को ध्यान दिनुपर्र्ने महìवपूर्ण कुरा प्रोसेसर र ¥याम हो ।  प्रोसेसर र र्याम जति धेरै क्षमताको भयो स्मार्टफोन त्यति नै द्रुत गतिमा चल्छ ।  त्यसैले मोबाइल किन्दा तपाईंको आवश्यकता भन्दा कम क्षमताको प्रोसेसर र र्याममा कहिल्यै पनि सम्झौता नगर्नुहोस् ।  ।

  • मेमोरी
स्मार्ट फोन किन्दा मोबाइलको मेमोरीमा पनि ध्यान दिनुहोस्, विशेष गरी इन्टर्नल मेमोरीमा ध्यान दिनुहोस् ।  एक्सटर्नल मेमोरी पछि थपघट गर्न मिल्छ तर इन्टर्नल मेमोरी मोबाइल किनिसकेपछि थप्न मिल्दैन त्यसैले यो कुरामा ध्यान दिनुहोस् ।  जति थोरै इन्टर्नल मेमोरी भयो त्यति धेरै फोन ह्याङ हुने र मोबाइल चलाउँदा अड्कने समस्या देखिन्छ ।  स्मार्ट फोन किन्दा आफूलाई आवश्यक पर्ने इन्टर्नल मेमोरी भएको मोबाइल रोज्नुहोस् । 

  • ब्याट्री
स्मार्टफोनमा अन्य साधारण फोनको तुलनामा धेरै ब्याट्री खपत हुन्छ ।  मोबाइल किन्दा ब्याट्री कति क्षमताको छ, यसमा ध्यान दिनुहोस् ।  साथै आजकाल ब्याट्री सेभर मोड भएका मोबाइल सेटहरूसमेत आएका छन्, भरसक यस्ता फिचर भएका मोबाइल रोज्नुहोस् ।  साथै तपाईं धेरै मोबाइल चलाउनुहुन्छ भने निकाल्न मिल्ने (रिमुवेबल) ब्याट्री भएको फोन किन्नुहोस् ।  मोबाइल किन्दा २००० एमएएच क्षमता भन्दा माथिका ब्याट्री भएका मोबाइल किन्नुहोस् । 

  • क्यामेरा
साथै मोबाइल किन्दा तपाईंले ध्यान दिनुपर्ने अर्को कुरा भनेको क्यामेराको गुणस्तर हो ।  आजकाल सेल्फी लिने चलन चलेको छ त्यसैले रेयर क्यामराका साथै फ्रन्ट क्यामराको क्षमताको समेत ख्याल गर्नुहोस् ।  क्यामेराको गुणस्तर मेगा पिक्सलमा मापन गरिने भएकाले जति धेरै मेगा पिक्सल त्यति धेरै गुणस्तरको तस्बिर लिन सकिन्छ ।  त्यसैले आफ्नो आवश्यकताबमोजिमको क्यामेरा गुणस्तर भएको मोबाइल किन्नुहोस् । 

  • कनेक्टिभिटी
मोबाइल किन्दा टुजी, थ्रीजी र फोरजी तीन वर्ट ब्यान्ड सर्पोट गर्छ कि गर्दैन ध्यान दिनु जरुरी छ ।  मोबाइलमा थ्रीजी र फोरजी भएको मोबाइलमा डाटा चलाउदा तीव्र गतिमा इन्टरनेट सर्फ गर्न सकिन्छ ।  साथै मोबाइल किन्दा सेटमा वाइफाइको नयाँ भर्सन रहे नरहेको यकिन गर्नुहोस् । 

  • वारेन्टी, ग्यारेन्टी
मोबाइल किन्दा विचार गर्नुपर्ने अर्को महìवपूर्ण पक्ष भनेको त्यसमा रहेको वारेन्टी, ग्यारेन्टी ।  कम्तीमा पनि एक वर्ष सेटमा र ६ महिना ब्याट्री र एसेसरिजमा वारेन्टी, ग्यारेन्टी भएको मोबाइल सेट किन्नु बुद्धिमानी हुन्छ ।





- अजय शर्मा/ आईटी पाना
Load disqus comments

0 comments