Saturday, June 10, 2017

सूचना-प्रविधि क्षेत्रमा सुरक्षित सुरक्षा प्रणाली आवश्यक

काठमाडौँ, जेठ २७ गते । प्रविधिको बढ्दो प्रयोगसँगै यस क्षेत्रको सुरक्षा चुनौति बढेको भन्दै सुरक्षित सुरक्षा प्रणालीको आवश्यता रहेको विज्ञहरुले बताउनुभएको छ ।
शनिवार राजधानीमा ईन्फोसेक–नेपालले आयोजना गरेको कार्यक्रममा सूचना प्रविधि विज्ञहरुले यस्तो कुरा औल्याउनु भएको हो ।
क्यान–अमेरिकाका निवर्तमान अध्यक्ष प्रदिप खनालले नेपालमा समेत प्रविधिको प्रयोग बढेकाले समयमै यस क्षेत्रको जोखिम न्यूनिकरण गर्न सुरक्षा प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । ‘सूचना प्रविधि क्षेत्रमा विश्वव्यापीरुपमै सुरक्षा चुनौति देखिएको छ । नेपालमा समेत यस क्षेत्रको सुरक्षा चुनौतिको न्यूनिकरण गर्न समयमै लाग्नुपर्छ’– खनालले भन्नुभयो ।
अमेरिकामा बसेर नेपालको सुचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै ईन्फोसेक–नेपाल शनिवार एक कार्यक्रमकाबीच खनाललाई सम्मान गरिएको हो ।
उहाँलाई गैर आवसिय नेपालीहरुलाई एकित्रित गरि नेपालको सुचना, संचार तथा प्रविधिको क्षेत्रमा अतुलनिय भूमिका निर्वाह गर्नु भएकोले सम्मान गरिएको ईन्फोसेकका निर्देशक निरञ्जन खकुरेलले जानकारी दिनुभयो । अजय शर्मा
Load disqus comments

0 comments