Thursday, June 1, 2017

महावीर पुन भन्नु हुन्छ- “यो सहयोग सरकारले गर्यो भनेर मान्न सकिन्न, मैले भिक्षा त मागेको होइन नी”

अजय शर्मा
काठमाडौँ, जेठ १९ गते । अन्तर्राष्ट्रिय म्यागासेसे पुरस्कार विजेता वैज्ञानिक महावीर पुनले शुरुवात गर्नुभएको राष्ट्रिय आविष्कार केन्द्र स्थापनमा सरकारले सहकार्य गर्ने भएको छ ।
राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि कहिले सरकारसँग पौँठेजोरी खेलेर र कहिले जनताको घरघरमा गएर दान लिएर बेला बेलामा चर्चामा आइरहनुभएका पुनः पछिल्लोपटक आफूले पाएको पदक लिलामीको घोषणा गरेर चर्चामा आउनुभएका पुनलाई अन्ततः सरकारले सरकारले १ करोड ५० लाख रुपैयाँ दिने भएको  छ ।
राष्ट्रिय आविष्कार केन्द्र निर्माणमा तल्लनि पुनले गत साता फेसबुक र ट्वीटरमा आफूले हालसम्म पाएका राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक लिलामका लागि आह्वान गर्नुभएको थियो ।
उद्योगमन्त्रालयले म्यागासेसे पुरस्कार विजेता वैज्ञानिक डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग उद्योग मन्त्रालयले सहकार्य गर्ने जनाएको छ । उद्योगमन्त्रालयद्वारा जारी विज्ञप्तीमा विशेष गरी नेपालको परम्परागत प्रविधि र विज्ञानको प्रयोग गरी नेपाली उद्योग जगतलाई काम लाग्ने औद्योगिक प्रविधिको विकास गर्ने । यसै गरी तराईमा नेपाली वैज्ञानिकहरुले आविष्कार गरेको धान काट्ने मेशिनको परिक्षण गरी त्यसको व्यवसायिक उत्पादन सम्भव छ, छैन एकिन गर्ने उल्लेख छ ।
यस विषयमा महावीर पुनको प्रतिक्रिया लिन खोज्दा उहाँले उद्योगमन्त्रीले व्यक्तिगतरुपमा सद्भाव व्यक्त गर्न खोजेकाले व्यक्तिगतरुपमा मात्रै धन्यवाद दिन सकिने बताउदैँ– “यो सहयोग सरकारले गर्यो भनेर मान्न सकिन्न । मलाई १० मेगावाटको हाइड्रो पावर बनाउन ५० करोड ऋण वा लोनका रुपमा देऊ भनेर सरकारसँग माग गरेको हुँ । त्यो पनि राष्ट्रका लागि हो, मैले भिक्षा त मागेको होइन नी” पुनले भन्नुभयो । 
उहाँले आविस्कार केन्द्र स्थापना लागि हालसम्म व्यक्तिगत पहलमा चार करोड रुपियाँ नगद सङ्कलन भईसकेको र आफ्नो पैतृक सम्पत्ति बचेर ७ करोड पुग्ने जानकारी दिनुयभो ।
“चुनाव भन्दा दुई हप्ता अगाडी उद्योगमन्त्रीले मलाई बोलाएर तपाई कहाँ हुनुहुन्छ भनेर सोध्नु भयो । मैले म काठमाडौँमा छु, भने । केही सल्ला गर्नु थियो भनेपछि । मैले म आई हाल्छु नी भने । त्यस पछि म मन्त्रालय पुगे । उद्योगमन्त्रीले मन्त्रालयको तर्फबाट के गर्न सक्छु भन्नु भयो । मैले मैले कसरी भनू त्यो त तपाईंहरुले कसरी गर्न सक्नुहुन्छ भने र आविश्कार केन्द्रका लागि निकालेको पर्चा दिए । कुरा त्यति हो । आज सरकारले सहयोग गर्यो भन्ने कुरा सुने, यो सहयोग व्यक्तिगतरुपले उद्योगमन्त्रीले गरेका हुन् यो नेपाल सरकारको सहयोग होइन । मेरो बुझाई यहि हो” पुनले उद्योगमन्त्रालयको सहयोगका बारेमा इतिवृतान्त बताउनुभयो ।
राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेको विद्युतिय सवारीको प्रयोगलाई समेत उद्योग मन्त्रालयले प्रवद्र्धन गर्ने, यसका साथै नेपाली किसानहरुलाई सरल र सह्लियत मुल्यमा धान काट्ने मेशिन उपलब्ध गराउन यस्तो मेशिनको आविष्कारको लागि समेत राष्ट्रिय आविष्कार केन्द्रलाई उद्योग मन्त्रालयले सहयोग पु¥याउने, राष्ट्रिय आविष्कार केन्दको क्षमता विस्तालाई ध्यानमा राखी उद्योग मन्त्रालयले १ करोड ५० लाख रुपैंया अनुदान सहयोग उपलब्ध गराउन वजेटमा व्यवस्था गरेको उद्योगमन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
साथै डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले नेपालमा अनुशन्धान र विकासको संस्कृति स्थापना गरी समाजको तल्लो तह देखी माथिल्लो तह सम्म आविष्कारमा आधारित पर्यावरणीय प्रणालीको प्रवद्र्धन गर्ने कार्यमा मुलुकलाई थप टेवा पु¥याउने कुरामा हामी विश्वस्त छौं विज्ञप्तीमा भनिएको छ ।
०००
Load disqus comments

0 comments