Wednesday, February 21, 2018

यस्ता छन् टेलिकमका अफर

नेपाल टेलिकमले उपभोक्ताहरुको लागि विभिन्न सेवामा अफर प्याकेजहरु ल्याएको छ । बार्षिकोत्वसको अवसरमा उपभोक्ताहरुलाई सहुलियत र अफर दिने घोषणा उसले गरेको हो । टेलिकमका अनुसार एडीएसएल सेवाको गति माघ २५ देखि ५ एमबीपीएसमा स्तरोन्नति गर्ने जनाएको छ । यस्तै क्रस बिल्डिङ अन्तर्गत माघ २५ देखि तीन महिनाका लागि एडीएसएल सेवामा रिचार्ज गर्दा जीएसएम वा सीडीएमएमा डाटा बोनस उपलब्ध गर्नेछ ।

कम्पनीले जीएसएम एसेवातर्फ माघ २३ देखि फागुन ८ गतेसम्मको लागि भ्वाइस प्याकेजमा राती १० देखि बिहान ६ बजेसम्मका लागि ३ दिनका लागि ३५ रुपियाँ, अनलिमिटेड अलटाइम डाटा प्याकेजमा २४ घण्टाका लागि ५० रुपियाँ र अनलिमिटेड नाइट डाटा प्याकेजका लागि एक रातको १५ रुपियाँ शुल्क तोकेको छ ।

यसैगरी टेलिकमले माघ २३ देखि माघ २९ सम्म ५०, १०० र २०० रुपियाँको रिचार्जमा १० प्रतिशत र  ५०० र १००० रुपियाँको रिचार्जमा १५ प्रतिशत छुट दिने योजना पनि टेलिकमले सार्वजनिक गरेको छ । साथै पीएसटीएन सेवाग्राहीका लागि फागुन महिनामा थप २५ कल बराबरको रकम छुट दिइने टेलिकमले जनाएको छ भने माघ २५ देखि बैशाख २५ सम्म भारतमा कल गर्न २ दशमलभ २२ देखि २ दशमलभ ३३ पैसा प्रतिमिनेटमा सकिने गरी विभिन्न आकर्षक प्याकेजहरु ल्याइएको छ ।

यस्तै अन्तराष्ट्रिय आगमन कलमा ७ दिनमा ७ मिनेट भन्दा बढी कल भएमा कम्पनीको नेटवर्कभित्र कल गर्न तथा एसएमएस पठाउन बोनस प्रदान गर्ने पनि टेलिकमले जनाएको छ ।
‘नमस्ते क्रेडिट सेवा’

नेपाल टेलिकमले प्रिपेड ग्राहकको लागि नयाँ अफर ल्याएको छ । टेलिकले आफ्ना प्रिपेड ग्राहकको ब्यालेन्स सकिँदा सापटी दिन सुरु गरेको हो ।
टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’ नाम दिएर यस्तो सुविधा ल्याएको हो । यो सुविधा अन्तरगत नमस्ते प्रिपेड कार्डवाहक ग्राहकले अब फोन गर्दा गर्दै पैसा सकिएमा पनि कुरालाई निरन्तरता दिन पाउने छन् ।<

यो योजनाको पूर्ण कार्यान्वयन भने आगामी महिनाबाट हुनेछ । टेलिकमले यो योजनामा कति रकमको सीमा राखिने भन्ने बिषय टुंगो लाग्न बाँकी रहेको जनाएको छ ।

अब टेलिकमका प्रिपेड ग्राहकले बिना पैसा कुरा गर्न पाएको समय बराबरको रकम भने पछि रिर्चाज गर्दा काटिने छ । यो सेवा निज दूरसञ्चार प्रदायक कम्पनी एनसेलले केही समयदेखि सञ्चालनमा ल्याएको थियो ।

Load disqus comments

0 comments