Monday, March 5, 2018

विश्वकै सानो ‘फोर जी’ स्मार्टफोन

चीनको एक कम्पनीले विश्वकै सानो ‘फोर जी’ स्मार्टफोन बजारमा ल्याएको छ ।
सानो ‘फोर जी’ स्मार्टफोन उत्पादन गर्ने चिनिया कम्पनी ‘युनिहर्टज’ले आफूले उत्पादन गरेको यो फोन विश्वको सबैभन्दा सानो ‘फोर जी’ स्मार्टफोन भएको दावी गरेको छ ।
‘जेली’ नामको यो स्मार्टफोन हामीले लगाउने जिन्स पाइन्टको सिक्का राख्ने खल्तिमा सजिलै अटाउँछ । कम्पनीको वेवसाइटमा कसरत, मर्निङ वाक, योगा गर्दा पाखुरामा बाँध्दा भद्दा र भारी अनुभव नहुने सानो साइजको स्मार्ट फोन उत्पादन गरेको उल्लेख छ ।
विश्वकै सानो स्मार्ट फोन भनि प्रचार गरिएको यो स्मार्टफोन हामीले प्रयोग गर्नेभन्दा अत्यन्तै सानो आकारको रहेको छ । केही समययता ठूला स्मार्टफोन बोक्ने प्रयोगकर्ता माझ सानो मोबाइल प्रति आर्कषण बढेको कुरा प्रति मध्यनजर गदैँ चाइनिज कम्पनीले ब्याट्रि टिक्ने, कम तौल भएको, बोक्न सजिलो र स्मार्टफोन बाट हुने सबै कामहरु गर्न मिल्ने फोन निर्माण गरेको जनाएको छ ।
के के छन् विशेषता?
‘जेली’ नामको यो स्मार्टफोनमा एन्ड्रोइड ७ नगटको अपरेडिङ सिस्टम रहेको छ । यसमा प्रयोगकर्ताले एन्ड्रोइड प्लेटफर्ममा आएका नयाँ फिचर सहितका एप चलाउन सक्छन् । सन् २०१७ मा लन्च भएको यो स्मार्टफोनमा १ जिबी ¥याम, १.१ गिगाहर्ज क्वाडकोर प्रोसेसर, ८ जिबी इन्टरनल स्टोरेज रहेको छ, जसले ३२ जिबी सम्मको मेमोरी कार्ड सपोर्ट गर्छ । साथै यो स्मार्ट फोनमा ८ मेगा पिक्सेलको मुख्य क्यामरा र सेल्फीको लागि २ मेगा पिक्सेल क्षमताको क्यामरा रहेको छ । यसमा दुई वटा सिम कार्ड, २.४५ इन्च एल्सीडी डिस्प्ले, ९५० एमएचको ब्याट्रि रहेको छ ।
यो ‘जेली’ स्मार्ट फोन सेतो, निलो र कालो गरी तिन रंगमा बजारमा उपलब्ध छ । यसको मुल्य अन्तराष्ट्रिय बजारमा ११ हजार रुपियाँ रहेको छ ।

Load disqus comments

0 comments