Wednesday, February 21, 2018

फेसबुकमा २० करोड भन्दा बढि नक्कली एकाउन्ट !

सोलस मिडिया साइट फेसबुकमा २० करोड भन्दा बढि नक्कली तथा डुप्लिकेट एकाउन्ट रहेको फेसबुकले स्वीकार गरेको छ । २ फेब्रुबरीमा १४ बर्ष पुरा गरेको सामाजिक सञ्जाल फेसबुकको लोकप्रियता करिब विश्वका सबैदेशमा रह्यो ।

तर यसैबीच फेसबुकले आश्चर्यजनक कुराको खुलासा गर्यो । कम्पनीका अनुसार फेसबुकमा करिब २० करोड भन्दा बढि नक्कली तथा डुप्लिकेट एकाउन्ट सञ्चालनमा रहेका छन् । फेसबुकका अनुसार २० करोड एकाउन्ट कि नक्कली हुन् या एकै व्यक्तिले दोहोरो रुपमा सञ्चालन गरेका एकान्ट हुन् । यसका साथै फेसबुकका अनुसार यस्ता एकाउन्ट विशेषगरी विकासशिल देशमा निकै धेरै मात्रामा रहेका छन् । भारत, इन्डोनेसिया, फिलिपिन्स लगायतका देशमा यस्ता नक्कली एकान्ट अन्य देशको तुलनामा अधिक छन्।

प्रयोगकर्ताले आफ्नो मुख्य फेसबुक युजर एकाउन्टका साथै अन्य नाममा वा आफ्नै नाममा नयाँ युजर सहितको एकाउन्ट खोल्छ त्यस्ता एकाउन्टलाई नै नक्कली तथा डुप्लिकेट एकाउन्ट भनिन्छ । हालसालै फेसबुकले त्रैमासिक विवरण सार्वजनिक गदैँ आफुले यसअघि अनुमान गरेभन्दा १० लाख गुणा धेरै नक्कली अकाउन्ट रहेको कुरा स्विकार गरेको छ । - प्रस्तुतिः अजय शर्मा

Load disqus comments

0 comments