Saturday, April 7, 2018

कुरा गर्दा गदैँ ब्यालेन्स सकियो ‘नमस्ते क्रेडिट’ लिनुहोस्

नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने ‘नमस्ते क्रेडिट’ सेवा शुरु गरेको छ ।
कम्पनीले आफ्ना ग्राहकलाई जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलमा कल गर्दा गर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिने जनाएको छ । यस्तो सापटी रकम ५ रुपैयाँ देखि ४० रुपैयाँ सम्म उपलव्ध हुने छ । सो रकम पछि गरिने रिचार्ज रकमबाट काटिने छ । टेलिकमका अनुसार यसरी सापटी लिँदा ग्राहकले लिएको रकममा व्याज वा अन्य कुनै कर लाग्ने छैन । 
नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्तिमा ३ महिना पहिले देखि प्रयोगमा रहेको सिममा मात्र यो सुविधा उपलब्ध हुने जानारी दिनुभयो । टेलिकमका प्रयोगकर्ताले कति रकम सापटी लिन सकिन्छ भन्ने वारेमा जानकारी लिनका लागि START लेखेर १४७७ मा एसएमएस पठाउन सक्नेछन् । त्यसैगरी यो सेवा बन्द गर्नका लागि STOP लेखेर र फेरि यही सुविधा सुचारु गर्नका लागि क्त्ब्च्त् लेखेर १४७७ मा एसएमएस पठाउन सकिन्छ । एक पटक लिएको सापटी रकम तिरेपछि फेरि अर्को पटक पनि सापटी लिन सकिने टेलिकमले जनाएको छ । सापटी रकमको प्रयोग गरी कल गर्नका साथै एसएमएस गर्न र डाटा चलाउन समेत सकिनेछ । 
यो सेवाको शुभारम्भ सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले यहि चैत १६ गते एक कार्यक्रमकाबीच गर्नुभएको हो । सो अवसरमा उहाँले नेपालमै पहिलो पटक प्रिपेड सेवा शुरु गरेको नेपाल टेलिकमले ग्राहकको सहजताका लागि नमस्ते क्रेडिट सेवा शुभारम्भ गरेको बताउनुभयो । 
यस्तै नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीको गौरवशाली यात्रामा नमस्ते क्रेडिट सेवा अर्को कोशेढुंगा सावित हुने बताउनुभयो । उहाँले कम्पनीका ग्राहकले ब्यालेन्स सकिए पनि सापटी रकमबाट निरन्तर सेवा उपभोग गर्न सक्ने बताउँदै यसबाट कम्पनीप्रति ग्राहकमा थप विश्वास जागृत हुने विश्वास व्यक्त गनुृभयो ।
यसरी सापटी वातप लिइएको रकमको प्रयोग गरी कल गर्नका साथै एसएमएस गर्न र डाटा चलाउन पनि सकिन्छ ।  - अजय शर्मा
Load disqus comments

0 comments