Tuesday, April 10, 2018

गलत म्यासेज गयो ? चिन्ता नलिनुस् अब फेसबुकमा पनि म्यासेज फिर्ता लिन सकिन्छ

कहिलेकाहीँ पठाइएका म्यासेजका कारण पछुताउनु त परेको छैन ? म्यासेजका कारण ठूलो पश्चताप वा बर्बादीको विषय हुनसक्छ । तर, अब चिन्ता नलिनुस् किनकी यस्तै कुरालाइ सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकले पठाएको म्यासेज फिर्ता लिन मिल्ने ‘अनसेन्ड’ फिचर ल्याउने भएको छ ।
मिडिया रिपोटका अनुसार फेसबुकले म्यासेन्जमा यस्तो फिचरका लागि अहिले काम गरिरहेको छ । करिब १ अर्बभन्दा बढीले चलाउने फेसबुकमा प्रयोगकर्ताले म्यासेज डिलिट गर्दा आफ्नो म्यासेज बक्सबाट मात्र हट्ने तर साथीको इनबक्समा चाहिँ यथावत् रहने गरेको थियो ।
 त्यसो त इस्टाग्राम र वाट्सएपमा यस अघि नै ‘अनसेन्ड’ फिचर उपलब्ध रहेको छ । यो नयाँ फिचर अन्तरगत अबदेखि फेसबुकका प्रयोगकर्ताले आफूले पठाएको म्यासेज फिर्ता लिन सक्नेछन् ।
- एजेन्सी / आईटी पाना
Load disqus comments

0 comments