Monday, April 9, 2018

एकै पटक १३७२ रोबोटको ‘डान्स’, बन्यो ‘वल्र्ड रेकर्ड’ (भिडियो सहित)

अचम्म लाग्दा काम गरेर मान्छेहरु गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउँछन् । विश्वका मान्छेहरुका अनेकन रहर र चाहना अनुरुप आफुलाई चर्चामा ल्याउनका लागि अचम्म अचम्मका काम तरिका अपनाउँछन् । केही मानिसहरु पुराना रेकर्ड तोडेर आफ्नो नाम लेखाउन कोशिस गरिरहन्छन् ।
तर यसपटक भने मानिसले होइन रोवटले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका छन् । केही दिन अघि मात्र इटलीको रोममा एक हजार ३ सय ७२ रोबोटले एक साथ सङ्गीतको धुनमा नाचेर गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गर्न सफल भएका छन् । सन् २०१६ देखि विभिन्न कम्पनीले नृत्य गर्ने रोबोटको टिम तयार पारिरहेका थिए । कम्पनी यस्ता रोबोटलाई एकैसाथ नृत्य गराएर वल्र्ड रेकर्ड कायम गर्ने होडमा रहेका छन् । यो रेकर्ड अल्फा वान एस रोबोटको टिमले कायम गरेको हो । आल्मुनियमबाट निर्मित यी रोबोटको उचाइ ४० सेन्टिमिटर रहेको छ । २०१७ को अगस्टमा चीनमा १ हजार ६९ डोबी रोबोटले नृत्य गरेर विश्व रेकर्ड कायम गरेका थिए ।
Load disqus comments

0 comments