Tuesday, April 10, 2018

अमेरिकी सिनेटमा, मार्क जुकरबर्गले मागे माफी

फेसबुकका संस्थापक मार्क जुकरबर्ग डाटा लिक भएपछि निकै आलोचित बन्दै एका छन् । मंगलबार अमेरिकी सिनेट समक्ष पेश गरिएका उनले डाटा लिक भएकोमा जिम्मेवारी लिदै माफि मागेका छन् ।
'यो मेरो गल्ति हो, यसका लागि मैले माफि माग्छु । मैले फेसबुक शुरू गरेको हुँ, मैले यो चलाउछु । यहाँ जे कुरा हुन्छ त्यसको सम्पूर्ण जिम्मेवारी मै हुँ ।' उनले भने ।

'अब यो स्पष्ट भयो कि हामी यो टुल्स (उपकरण)को गलत प्रयोग हुने कुरा रोक्न सकेनाै । हामी फेक न्युज, हेट स्पीच, चुनावमा विदेशि हस्तक्षेप, डाटा नोक्सान जस्ता कुरा रोक्न सकेनाै ।' जुकरबर्गले भने ।

अाफ्नो गल्ति स्वीकार्दै उनले टुल्स (उपकरण) बनाउने मात्र नभइ यसको गलत प्रयोग हुने कुरा प्रति ध्यान दिदै यसको सहि प्रयोग कसरी गर्न सकिन्छ भन्ने तर्फ ध्यान दिन अाग्रह गरे । - एजेन्सी / आईटी पाना

०००

मार्क जुकरबर्गको परिचय
फेसबुक नामक सामाजिक सञ्जाल का परिकल्पनाकार ३३ वर्षीय (सन २०१६ मा) यी अमेरिकी युवा विश्वका सबैभन्दा कम उमेरका अर्बपति हुन्। उनीसँग अहिले नै ७६ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ। जुन १५० खर्ब नेपाली रूपैयाँभन्दा बढी हो। फेसबुकको लोकप्रियतासँगै उनको यो सम्पत्तिमा पनि वृद्धि हुँदै जानेछ। अहिले फेसबुकमा आफ्नो एकाउन्ट खोल्ने व्यक्तिहरूको संख्या ५० करोड नाघेको छ। विश्वभर एकसाथ १५० करोडभन्दा बढी व्यक्ति यो सोसियल नेटवर्कसँग जोडिएका हुन्छन्।

फेसबुकको यही लोकप्रियतालाई ध्यानमा राख्दै टाइम म्यागाजिनले यो वर्ष मार्कलाई वर्ष व्यक्तित्व २०१०को सम्मान दिएको छ। उक्त म्यागजिनले यति कम उमेरका व्यक्तिलाई यस्तो पद विरलै दिएको छ। यसअघि १९२७मा अमेरिकी विमान चालक चाल्न लिन्डवर्ग तथा १९५२मा बिर्टेनकी महारानी एलिजाबेथ द्वितीयलाई कम उमेरमै वर्ष व्यक्तित्व घोषणा गरिएको थियो। विमान चालक तथा बेलायती महारानी दुवै उक्त सम्मान पाउँदा २६ वर्षका थिए।

सन् २००४मा हार्वर्ड युनिभर्सिटीमा अध्ययन गर्दागर्दै मार्कले विश्वलाई जोड्ने एउटा सेतु निर्माण गर्ने योजनाका साथ फेसबुकको निर्माण गरेका थिए। केही साथीको सहयोगमा खुलेको यो साइटका लागि काम गर्ने कर्मचारीको संख्या अहिले १ हजार ७ सय छ। सबैभन्दा रमाइलो कुरा यो साइटमा काम गर्ने अधिकांश कर्मचारी उनीभन्दा बढी उमेरका छन्। साइटलाई विवादरहित एवं लोकप्रिय बनाउन जुबेरवर्गले ११ जना विशेषज्ञ राखेका छन्। स्रोतः विकिपिडिया ।
Load disqus comments

0 comments