Sunday, April 8, 2018

काठमाडौँका सम्पदा क्षेत्रमा फ्रि वाइफाइ स्पट

काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा सर्वसाधारणका लागि फ्रि वाइफाइ स्पट स्थापना गर्ने भएको छ ।
काठमाडौँ महानगरपालिकाको घोषित नीति अनुरुप महानगरपालिकाले उपत्यकाका ६ वटा सम्पदा क्षेत्रमा फ्रि वाइफाइ सेवा उपलब्ध गराउन लागेको महानगरपालिकाले जनाएको छ ।
फ्रि वाइफाइ सेवा काठमाडौं महानगरपालिका र वल्र्ड लिंकको संयुक्त पहलमा पहिलो चरणमा बसन्तपुर, बौद्ध, स्वयम्भू, शंखपार्क, वालाजु वाइसधारा र पशुपति क्षेत्रमा आगामी दुई महिना भित्र निःशुल्क वाइफाई सेवा सुचारु हुनेछन् ।
एक कार्यक्रमबीच गत आइतबार यो सेवा सूचारु गर्न काठमाडौं महानगरपाकिलाका शासकीय अधिकृत धनिराम शर्मा र वल्र्ड लिकंंका निर्देशक विजयकुमार जलानले सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता बमोजिम पहिलो चरणमा ६० दिनभित्र वल्र्ड लिंकले काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका पशुपतिनाथ, बौद्ध, शंखपार्क, बालाजु बाईसधारा उद्यान, स्वयम्भुनाथ र बसन्तपुर हनुमानढोका दरवार क्षेत्रमा १० एमवीपीएस क्षमताको फ्रि वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउन आवश्यक पूर्वाधार विकास गरी सेवा सञ्चान गर्नुपर्नेछ ।
साथै वाइफाइ इन्टरनेट प्रयोगकर्ताको संख्या बृद्धि भएसँगै सेवा प्रदायक कम्पनीले आफ्नो क्षमता समेत बृद्धि गदैँ लानुपर्ने व्यवस्था सम्झौतामा रहेको छ । आगामीदिनमा काठमाडौँ महानगर क्षेत्रभित्रका अन्य स्थानहरुमा समेत क्रमशः फ्रि वाइफाइ इन्टरनेट सेवा थप गर्न सकिने प्रबन्ध गरिएको महानगरपालिकाले जनाएको छ ।  महानगरपालिका अनुसार प्रतिदिन एकपटक वा पटक पटक गरी एकजना प्रयोगकर्ताले ३० मिनेटसम्म फ्रि वाइफाइ इन्टरनेट सेवा प्रयोग गर्न पाउनेछन् ।
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले करिब ११ महिना वर्षअघि निर्वाचनमा जाँदा काठमाडौंमा वाइफाइ फ्रि गर्ने घोषणा गर्नुभएको थियो । उहाँ मेयर निर्वाचिचत भए पछि ६ काठमाडौँ महानगरका ६ स्थानमा पहिलो चरणमा फ्रि वाइफाइ सेवा दिने काम अघि बढाएको छ ।
सम्झौता बमोजिम महानगरपाकिलाका ६ वटा सम्पदा क्षेत्रहरुमा आउँदो ६० दिनभित्र वल्र्ड लिंकले सेवा जडान गरिसक्नेछ । यदि यसो हुन नसकेको अवस्थामा महानगरको अनुमति लिएर थप १ महिना समय थप गरेर वाईफाइ जडान हुनेछ । त्यस अवधिमा पनि जडान हुन नसके सम्झौता स्वत रद्द हुनेछ ।
Load disqus comments

0 comments