Sunday, April 8, 2018

गुगलले बन्द गर्न लाग्यो यो सेवा

के तपाईले गुगलको युआरएल छोटो पार्ने सेवा (युआरएल सर्टनर- goo.gl) प्रयोग गर्दै आउनु भएको छ? यदि त्यसो हो भने तपाईले यो सेवा सन् २०१९ मार्च ३० सम्म मात्र प्रयोग गर्न पाउनुहुनेछ ।
गुगलले सन् २००९ देखि सुरु गरेको यो युआरएल सर्टनरलाई २०१८ अप्रिल १३ सम्ममात्र हालका प्रयोगकर्ताले यो सेवा प्रयोग गर्न पाउनेछन् । साथै सन् २०१८ मार्च ३० देखि सपोर्ट नगर्ने र २०१९ मार्च ३० मा यो सेवा पूर्ण रुपमा बन्द हुने गुगलले आफ्नो ब्लगमा उल्लेख गरेको छ ।
गुगलले प्रयोगकर्ताका लागि अन्य लिंक सर्टनरको विकल्प रहेको भन्दै आफ्नो सेवा बन्द गर्ने घोषणा गरेको हो ।
युआरएल सर्टनरका लागि गुगल युआरएल सर्टनरको विकल्पमा प्रयोग हुने युआरएल सर्टनरमा bit.ly, t.co, ow.ly, TinyURL.com  लगायतका युआरएल सर्टनर धेरै प्रयोग हुने युआरएल सर्टनर मध्यमा पर्छन् ।

यी हुन् १० उत्कृष्ट युआरएल सर्टनर 
१) Bitly.com
२) TinyURL.com
३) Ow.ly
४) Is.gd
५) Buff.ly
६) AdF.ly
७) Bit.do
८) Mcaf.ee
९) Tiny.cc
१०) Cli.gs
Load disqus comments

0 comments