बाबुराम शर्मा, चरिकोट
ठूलोपातालका डिल्लीराजले लिएको रेडियो लाइसेन्स जतनले राख्नुभएको छ । तत्कालीन जिल्ला पञ्चायत र गाउँ पञ्चायतमा रेडियो दर्ता गरी लाइसेन्स लिएर मात्र रेडियो बजाउन पाइन्थ्यो । रेडियो राख्नेले १० रुपियाँ, बिक्री गर्नेले एक सय रुपियाँ र मर्मत गर्नेले ५० रुपियाँ तिरी लाइसेन्स लिनै पर्ने, नलिए एक सय रुपियाँ जरिवाना तिर्नुपर्ने व्यवस्था समेत रहेको लाइसेन्समा उल्लेख गरिएको छ । भीमेश्वर नगरपालिकाका बमबहादुर थापा रेडियो बजाएर बस्नुभएको छ । उहाँलाई अचेलका मोबाइलभन्दा रेडिया नै राम्रो लाग्छ । आफ्नो जीवनभरि प्रयोग गरिरहने बताउनुहुन्छ ।
नाम्दु–१ का दुर्गाप्रसाद उप्रेतीका अनुसार पहिला रेडियो यन्त्र नियमावली बमोजिम दर्ता गराई १० रुपियाँ तिरेर अनुमतिपत्र बनाउनुपर्ने र नवीकरण समेत गर्नुपर्दथ्यो । उहाँ भन्नुहुन्छ, त्यति बेलाको सबैभन्दा महँगो तथा प्रख्यात नेसनल पानासोनिक रेडियो किनेर बजाएँ । मायाले अझै राखेको छु । गाउँमै एउटामात्र रेडियो भएकाले सुन्न आउनेको भीड लाग्दथ्यो । कहिले त दिक्क पनि लाग्ने गथ्र्यो । अहिले त्यही रेडियो म्युजियममा झैँ थन्किएको छ ।
विद्युत् प्रसार गाउँ गाउँमा पुगेकाले घर घरमा टीभी छन् । मोबाइलबाट एफएम सुन्छन् । रेडियो किन्ने बजाउने जमाना नै रहेन । लाँकुरीडाँडा–४ का अमृत खत्री भन्नुहुन्छ, खेतीपाती, धारापानी, उकाली ओराली जता जाँदा पनि मोबाइल सेट साथमै रहन्छ । फोन पनि हुने सुन्न मन लागे एफएम पनि सुनिन्छ । रेडियो त अब झन्झटिलो भएको छ । त्यसैले पनि होला रेडियो विस्थापति भएर गयो । उत्तरी दुर्गम गाउँ गौरीशङ्करका थुन्डु शेर्पा भन्नुहुन्छ, रेडियो पहिले जतिले किने किने अब किन्दैनन् । बरु महँगै टेलिभिजन हेर्छन् । सुन्नै परे मोबाइल किन्छन् र बजाउँछन् । गाउँमा रहेका सानातिना खोलाबाट पानीघट्ट पनि चलाउने र बिजुली निकालेर टेलिभिजन हेर्ने तथा मोबाइल चार्ज गर्ने गर्छन् । अब गाउँमा रेडियो त छँदैछैनन् । कसैले किन्दैनन् पनि ।
सदरमुकाम चरिकोटमा पसल गर्ने नन्दलाल दहाल भन्नुहुन्छ, रेडियो आउनै छाड्यो । मानिसले खोज्न पनि छाडे । सबैले
अत्यधिक मात्रामा महँगा मोबाइल नै खोजी खोजी किन्ने गर्दछन् । मोबाइलबाटै टीभीको पनि काम लिनसक्ने भएकाले टीभी पनि कमै बिक्ने गर्छन् । लामो समयदेखि रेडियो मर्मत गर्दैआउनुभएका लालबहादुर श्रेष्ठ भन्नुहुन्छ, जानी नजानी मोबाइल मर्मत गर्न थालेको छु । बजारमा रेडियो आउनै छाडेको छ । रेडियो बनाउने त कसैका मुखबाट सुनिँदैन । जमानामा रेडियो बनाएर फुर्सदै नहुने दिन पनि थियो । अहिले हात बाँधेर बस्नुपरेको छ । समयसापेक्ष चल्न नसके अब बाँच्न गाह्रो भयो । रेडियो लिनेहरू रेडियो विस्थापित हुन पुगेकोमा गुनासो गर्छन् । यसरी पुराना वस्तु हराउँदै जानु राम्रो होइन ।

0 comments