Wednesday, September 2, 2015

विदेशीको क्रेडिट कार्ड डिटेल चोरी गरी अनलाइन सपिङ गर्ने पक्राउ

विदेशीको क्रेडिट कार्ड डिटेल चोरी अनलाइन सपिङ गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 
प्रहरी प्रधान कार्याल केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजका अनुसार २०७३ साल जेठदेखि पटक पटक गरी हिमालयन बैंक लि. बाट अनलाईन पेमेण्ट सुविधा लिएको नियोटेरिक नेपाल प्रालि न्यूरोड तथा जावलाखेल शाखाबाट जापानी नागरिकको नाममा जारी भएको क्रेडिट कार्डको नम्बर प्रविष्ट गरी सामसुङ, हुवावे र लेनोभो ब्राण्डका महंगा मोवाईलहरु अनलाईन खरिद गरी ठगी गरेको अभियोगमा जि. बागलुङ, गलकोट-९, घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १६, बालाजु स्थित बागलुङ प्याराडाईज होटल एण्ड रेष्टुरेण्टमा गेष्टको रुपमा बस्ने तेजिन्द्र के.सी. लाई मिति २०७३/०५/०१ गतेका दिन का.म.न.पा. १० बुद्धनगरबाट पक्राउ गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजले जारी गरेको विज्ञप्तीमा, निज तेजिन्द्र के.सी. लाई जापानमा बस्ने नेपाली साथीले जापानी नागरिकको Credit Card को Card no. लगायतका details हरु Viber मार्फत पठाएको, सोहि Card details को प्रयोग गरी अनलाईन पेमेण्ट गरी विभिन्न ब्राण्डको मोबाईल खरिद गर्ने गरेको, उक्त खरिद गरिएको मोबाईलहरु आफूले सापट लिएका व्यक्तिहरुलाई Neoteric Nepal P. Ltd. न्यूरोड शाखामा लिन पठाएको, सो मोबाइल फोनहरु सिधै दिई सापटी तिर्ने गरेको तथा सो मोबाईललाई केही मुल्य घटाई पुन: बिक्री गरी ठगी गरेको समेत खुलेको उल्लेख छ । 

निज तेजिन्द्र के.सी. (उप्रेती)  ले जापान पठाइदिन्छु भनेर तथा विभिन्न प्रलोभनमा विभिन्न व्यक्तिहरुबाट रकम लिई ठगी गरेको भन्ने बुझिएकाले निजबाट कोही ठगिएर पीडित हुनुहुन्छ भने अबिलम्ब यस ब्यूरोमा सम्पर्क गर्न हुन अनुरोध गरिएको छ ।

साथै केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजले प्रतिवादी तेजिन्द्र के.सी. लाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भैरहेको जनाएको छ । 

कार्ड विवरण यसरी  चोरी हुन सक्छ 
तपाईसँग भएको कार्डको विवरण जोसुकैले सजिलै टिप्न सक्ने तथा सोही कार्ड डिटेल प्रयोग गरी अनलाईन पेमेण्ट गर्न सक्ने भएकाले कसैलाई आफ्नो कार्ड दिने, देखाउने नगर्नुहोस् ।

पक्राउ व्यक्ति
Name : तेजिन्द्र के.सी. उमेर : ३२ वर्ष
ठेगाना : जि. बागलुङ, गलकोट-९, घर भई हाल का.जि.का.म.न.पा. 
                        वडा नं. १६ बालाजु स्थित बागलुङ प्याराडाईज होटल 
                        एण्ड रेष्टुरेण्टमा गेष्टको रुपमा बस्ने गरेको ।
पक्राउ स्थान : का.जि.का.म.न.पा. १० बुद्धनगर


Load disqus comments

0 comments