Wednesday, July 27, 2016

यसरी गर्नुहोस् इन्टरनेट स्पीड टेस्ट

‘इन्टरनेट’ सूचना प्रविधिको आधुनिक युगमा व्यक्तिको सबैभन्दा आवश्यक पर्ने पूर्वाधारका रूपमा विकसित हुँदै आएको छ । 
इन्टरनेटको बढ्दो आवश्यकतासँगै यो सेवा प्रदायक ‘आईएसपी’को सङ्ख्या नेपालमा बढ्दै गइरहेका छन् ।  नेपालमा गुणस्तरयुक्त सुविधा दिने आईएसपी निकै कम सङ्ख्यामा छन्, कतिपय प्रयोगकर्ताहरूको गुनासो यही हुन्छ कि आफूले जडान गरेको इन्टरनेट स्पीड अनुसारको इन्टरनेट चलाउन पाइँदैन ।  हामी यहाँ तपाईंले चलाइरहनुभएको इन्टरनेटको गति कसरी जाँच्ने भन्ने विषयमा चर्चा गर्ने छौँ ।
आफ्नो इन्टरनेटको गति (स्पीड) जाँच्न यसो गर्नुहोस्ः
गुगलमा check my internet speed  सर्च गर्नुहोस् ।  गुगल सर्चको नजितामा तपाईंले इन्टरनेट स्पीड जाँच गर्ने चित्रमा जस्तै विभिन्न वेबसाइट देख्नुहुनेछ ।  यी वेबसाइटमध्ये कुनै एक छान्नुहोस् ।
इन्टरनेट स्पीड जाँच्ने अर्को विकल्प भनेको www.speedtest.net  हो ।  यो साइटको मोबाइल एपसमेत रहेको छ ।  जहाँ जानुहुन्छ मोबाइल अथवा वेब ब्राउजरका माध्यमबाट www.speedtest.net  मा आफूले चलाइरहेको इन्टरनेटको स्पीड जाँच सक्नुहुनेछ ।


Load disqus comments

0 comments