Wednesday, March 2, 2016

ट्वीटरले १ लाख २५ हजार एकाउन्ट बन्द गर्यो, कतै तपाईको त परेन !

ट्वीटरले एक लाख २५ हजार एकाउन्ट बन्द गरेको छ ।  तपाइ नआत्तिनुहोस्, त्यो तपाई जस्तो सर्वसाधारणको ट्वीटर एकाउन्ट बन्द भएको होइन । अन्तराष्ट्रिय कुख्यात आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)सँग आवद्ध ट्वीटर एकाउन्ट बन्द भएको हो । माइक्रो ब्लगिङ् साइट ट्वीटरले सन् २०१५ को मध्यदेखि करिब एक लाख २५ हजार यस्ता  ट्वीटर एकाउन्ट बन्द गराएको जनाएको  छ ।  यसरी बन्द भएका ट्वीटर एकाउन्टहरु आईएससँग प्रत्यक्षरुपमा जोडिएका कारण बन्द गराउनु परेको हो ।
अन्तराष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाको रिपोर्टअनुसार संसारभर ५० करोड भन्दा बढि प्रयोगकर्ता रहेका छन् ।  ट्वीटरले आतंकवाद, हिंसा र चरमपन्थी गतिविधिहरुलाई बढावा हुने गरी ट्वीटरको प्रयोग गर्न नदिने आफ्नो रणनीति भएकाले आईएससँग सम्बन्धित १ लाख २५ हजार ट्वीटर एकाउन्ट बन्द गराएको स्पष्ट पारेको  छ ।  साथै समाजमा साम्प्रदायिकता भड्काउन अभिप्रेरित गराउने उद्देश्यले सञ्चालन भैरहेका एकाउन्टहरुलाई बन्द गरिएको ट्वीटरले बताएको छ ।
Load disqus comments

0 comments