Tuesday, March 8, 2016

हरेक ६० सेकेन्डमा फेसबुकले कति कमाउँछ होला ?

सर्वाधिक लोकप्रिय समामाजिक सञ्जाल फेसबुकमा हरेक एक मिनेटमा ५०० नयाँ प्रयोगकर्ता थपिन्छन् ।  एक मिनेटमै फेसबुकले सात लाख ६० हजार रूपियाँ कमाउछ ।  
 झण्डै डेढ अर्ब प्रयोगकर्ता रहेको फेसबुक जुन हाल विश्वका कूल इन्टरनेट प्रयोगकर्तामध्ये आधाको सङ्ख्या हो ।  यस्तै फेसबुकसम्बन्धी रोचक तथ्य यहाँ प्रस्तुत गरिएको छः
– हरेक १ मिनेटमा फेसबुक प्रयोगकर्ताले एक लाखभन्दा बढी फ्रेन्ड रिक्वेस्ट पठाउँछन् ।
– हरेक मिनेटमा ३६ हजार ८ सय जना फेसबुक प्रयोगकर्ता सक्रिय हुन्छन् ।
– हरेक एक मिनेटमा ३५ लाखभन्दा बढी सामग्री फेसबुकमा पोस्ट हुन्छन् ।
– हरेक एक मिनेटमा तीन लाखभन्दा बढी स्टाटस फेसबुकमा अपडेट हुन्छन् ।
– हरेक एक मिनेटमा छ लाख कमेन्ट फेसबुकमा पोस्ट हुन्छन् ।
– हरेक एक मिनेटमा तीन लाख फोटो फेसबुकमा अपलोड हुन्छन् ।
– हरेक एक मिनेटमा झण्डै ४० लाख लाइक फेसबुकमा गरिन्छन् ।
– हरेक एक मिनेटमा दुई लाख मेसेज फेसबुकमा पठाइन्छन् ।
– हरेक एक मिनेटमा ५० हजार वेबलिङ्क फेसबुकमा सेयर गरिन्छ । 
– हरेक एक मिनेटमा एक लाख घण्टा लामो भिडियो फेसबुकमा हेरिन्छ । 
– हरेक एक मिनेटमा ७५ हजार इभेन्ट इन्भाइट्स फेसबुकमा पोस्ट भएका हुन्छन् ।
–    हरेक एक मिनेटमा १४ हजार एप्स फेसबुकमा इन्स्टल हुन्छन् । 

Load disqus comments

0 comments