Tuesday, March 8, 2016

तपाईंको पासवर्ड सुरक्षित छ ?

 तपाईंको पासवर्ड असुरक्षित त छैन ? एकपटक विचार गर्नुहोस् ।  कतै तपाईंले पासवर्डमा १२३४५, मोबाइल नम्बर, जन्ममिति, आफू पढेको स्कुल वा कलेजको नाम, प्रियजनको नाम त प्रयोग गरिरहनु भएको छैन ? सजिलै आँकल गर्न सकिने यस्ता पासवर्ड राख्दा कुनै पनि बेला समस्यामा पर्न सकिन्छ ।  सकभर यस्ता पासवर्ड राख्दै नराख्नुहोस्, यदि राख्नु भएको छ भने तुरुन्त फेरिहाल्नुस् है ।  सजिलै पत्तालाग्ने खालको पासवर्ड प्रयोग गर्दा अनलाइनबाट आफ्नो सामग्री चोरी तथा ह्याक समेत हुने भएकाले सकेसम्म अरूले थाहा पाउन नसक्ने पासवर्ड राख्नुपर्ने विज्ञले बताएका छन् ।

कसरी कस्तो पासवर्ड राख्दा सुरक्षित भइन्छ ?

१. लामो पासवर्डको प्रयोगः प्रायः गरेर कम्तीमा आठ अक्षरको पासवर्ड प्रयोग गर्न विभिन्न वेबसाइटहरूले तपार्इंलाई भन्छन् तर १४ अक्षरको पासवर्ड सुरक्षित र २५ अक्षरको पासवर्ड धेरै सुरक्षित हुने गर्दछ ।

२. मिश्रित पासवर्डको प्रयोगः पासवर्डमा अक्षर र नम्बरको मिश्रणका साथै अङ्ग्रेजी अक्षरको अपरकेस र लोअर केस (ABCD, abcd)को प्रयोग गर्नुभएमा सजिलै तपाइको पासवर्ड अनुमान गर्न सकिँदैन ।  जस्तैः password60 को सट्टामा PaSsWoRd60 को प्रयोग गर्न सक्नुहुन्छ ।

३. अझ बढी सुरक्षित पासवर्ड बनाउन चाहनुहुन्छ भने पासवर्डमा अक्षर, अङ्क, अपर केस, लोअर केसका साथै विशेष चिन्हको समेत प्रयोग गर्नुहोस् ।  जस्तैः I passed my SLC In 2001 लाई पासवर्ड बनाउनु प¥यो भने प्रत्येयक शब्दको अधिल्लो अक्षर लिनुहोस् र पछिल्लो अङ्क जस्ताको त्यस्तै राख्नुहोस् ।  .  Ipmsi2001 यसमा पहिलो अक्षरलाइ अङ्ग्रेजी वर्णमालाको ठूला अक्षर र त्यसपछि सानो अक्षर र ठूलोको क्रममा लेख्नुहोस् IpMsI2001 ।  अब यसरी लेखिसकेपछि विशेष अक्षर अगाडि पछाडि वा बीचमा थप्नुहोस् ।  जस्तैः IpMsI2001@# अथवा @#IpMsI2001 अथवा IpMsI@#2001 ।  अब तपाइको पासवर्ड सुरक्षित र सम्झन समेत सहज हुनेछ ।

३. पासवर्डको पुनः प्रयोग नगर्नुः तपाईंले एउटा वेबसाइटको आफ्नो खाताका लागि प्रयोग गर्नुभएको पासवर्ड अर्को वेबसाइटको खातामा प्रयोग नगर्नु राम्रो हुन्छ किनकि यदि कसैले तपाईंको पासवर्ड थाहा पाएको खण्डमा सम्पूर्ण इन्टरनेट खाता

(Internet account) को पासवर्ड चोरी हुन सक्छन् ।

४. छिटो छिटो पासवर्ड परिवर्तनः आफ्नो इन्टरनेट खाताको पासवर्ड प्रायः परिवर्तन गरिराख्नु भएमा कसैले तपाईंको पहिलेको पासवर्ड थाहा पाइसकेको भए तपाईंलाई कुनै असर पर्दैन ।



भुलेर पनि नगर्नुहोस् यी ५ कुराः

ईमेल मार्फत आएका कुनै पनि अनुरोधमा कदापि आफ्नो पासवर्ड र व्यक्तिगत सूचना नदिने ।

कम्प्युटर किबोर्ड अक्षरका लाईनहरु सजिलैसँग गेस गर्न सकिने QWERT, १२३, १२३४५, १२३४५६७८, १२३४५६७८९  जस्ता पासवर्ड नराख्ने ।

कम्प्युटरमा काम गर्दा होस् या कुनैपनि वेबसाईटमा, कुनैपनि हालतमा अटोमेटिक लगअन, सेभ माई पासवर्ड, रिमेम्बर माई पासवर्ड भन्ने अप्सनमा टिक नलगाउने । प्रायः मानिसको आदत के हुन्छ भने आ कम्प्युटरमा सेभ गरेर राखिदियो झन्झटै साफ । त्यस्तो काम कदापि नगर्नुहोस् ।

पासवर्ड विर्सन सकिन्छ कि भनेर जे मा पनि एउटै पासवर्ड प्रयोग गर्ने बानी छ भने त्यसो गदैँ नगर्नुहोस् ।

समय समयमा नियमित रुपले आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् । प्रायः जसो बैंकको सेक्युरिटी कोड, पासवर्ड, आफ्नो डायरी, पर्स, मोबाईल आदिमा लेखेर राख्ने गर्दछौं । यो बानीलाई आजै देखि त्याग्नुहोस् ।

साथि भाई, नातेदार, परिवारका सदस्य, प्रियजनसँग कदापी आफ्नो पासवर्ड सेयर नगर्नुहोस् ।

***

Load disqus comments

0 comments