Tuesday, March 8, 2016

मोबाइल मोहनीमा: प्रौढ कुटानी–पिसानीदेखि जजमानीसम्मको प्रयोग

-राजु शिवा,
इलामको बरबोटे–२ का मणि राजवंशीलाई पहिला–पहिला विदेशबाट छोराले फोन गर्दा रात–बिरात अर्काको घरमा जानुपथ्र्यो ।  कतैबाट फोन आए पनि कहिले आफू घरमा नहुने कहिले छिमेकीले समयमा खबर नदिने समस्याले महìवपूर्ण कामहरू नै छुट्थ्यो ।  तर, अहिले उहा“लाई फोन गर्न न त कसैको घर चहार्न पर्छ न त छिमेकीलाई दुःख नै दिनुपरेको छ । अहिले उहा“स“ग आफ्नै गोजीमा मोबाइल फोन छ । आफैले मोबाइल बोक्न थालेपछि चाहिएका बेला फोन गर्न र अरूले गरेको फोन झट्ट उठाउन सजिलो भएको छ । गाउ“–गाउ“ गएर कुटानी–पिसानी मिल मर्मतको काम गर्ने उहा“लाई कसैले समय मागे आफ्नो मोबाइल नम्बर दिएर आफू आउने दिन बताउने गर्नुभएको छ । उहा“ले भन्नुहुन्छ– ‘मोबाइल बोक्न थालेपछि अहिले छोराछोरीलाई मन लागेका बेला फोन गर्न र कसैले कामका लागि बोलाएका बेला समयमै पुग्न सजिलो भएको छ ।’  बरबोटेकै ६१ वर्षीया डिकबहादुर नेपालीले नोकिया ब्रान्डको सेटले फोन गर्न, टर्च बाल्न र रेडियोमा समाचार सुन्न प्रयोग गर्ने गरेको सुनाउनुभयो ।  ‘पहिला समाचार सुन्न थोत्रे रेडियो बोक्नुपथ्र्यो, अहिले सानो खल्तीमा सबैथोक छ’ उहाँले भन्नुभयो ।  नेपाल टेलिकमले ६० वर्षमाथिका प्रौढलाई नमस्ते सूचना पहु“चमा समावेश गराउने नीति अन्तर्गत छुटमा सिमकार्ड वितरण गरेका बेला आफूले नमस्तेको सिम झिकेर मोबाइल बोक्न थालेको मणि राजवंशी बताउनु हुन्छ ।   पुरोहित काम गर्ने इलाम सुम्बेकका ६७ वर्षीय खड्गबहादुर सुनाम आफूस“ग मोबाइल भएकैले जजमानहरूले सम्पर्क गर्न सजिलो भएको बताउनु हुन्छ । मोबाइल बोक्न थालेपछि पाँच घण्टा गाडी दूरीमा पुगिने सदरमुकामसम्मका आफ्ना जजमानले फोन गरेरै बोलाउने गरेको उहाँले बताउनुभयो ।  सूचना प्रविधिमा भएको विकास हेर्दा आफू अलि छिटो जन्मिएको जस्तो लागेको छ’ सुनाम सुनाउनु हुन्छ– ‘समय बदलिएपछि बुढाबुढी पनि बदलिनै पर्दोरहेछ, जमाना त साँच्चै सजिलो पो आयो त !’
इलामकै जिर्मले–२ का ६५ वर्षीयका दलबहादुर मोक्तानलाई पनि मोबाइलले सजिलो बनाइदिएको छ काममा । व्यावसायिक माहुरीपालक मोक्तानलाई उत्पादित महको बजार भाउ बुझ्न, प्रविधिको जानकारी लिन मोबाइलले सजिलो बनाइ दिएको छ । मोबाइलकै कारण किसानहरूस“ग माहुरी पालनसम्बन्धी विभिन्न विषयमा भलाकुसारी गर्न सजिलो भएको मोक्तान बताउनु हुन्छ ।  जिर्मले घर भएकी फर्सकुमारी राईलाई मोबाइलले काममा सजिलो बनाइदिएको छ । स्थानीय स्वास्थ्य स्वयंसेविका ६५ वर्षीया राई गाउ“मा सञ्चालन हुने पोलियो, दादुरालगायतका विभिन्न खोप र शिविरका बारेमा जिल्लाबाट जानकारी लिन र गाउ“मा समन्वय गर्न सजिलो भएको बताउनु हुन्छ ।  अहिले सूचना प्रविधिको विकासस“गै प्रौढहरू पनि यस प्रविधिस“ग जोडिन थालेका छन् । नेपाल टेलिकममार्फत इलाममा जिएसएम पोस्टपेड ७४०, स्काई पोस्टपेड ५०६ नमस्ते प्रिपेड ४६ हजार तीन सय ७१ र स्काई प्रिपेड १७ हजार ३२९ थान सिम–रिम वितरण भएको टेलिकमका मुक्तिनाथ भट्टराईले जानकारी दिनुभयो । यसबाहेक इलाममा मेरो मोबाइलका सिम समेत प्रयोग भएका छन् ।

साभारः गोरखापत्र दैनिक

Load disqus comments

0 comments