
विश्वप्रख्यात सर्च इन्जिन वेबसाइट ‘गुगल’ जस्तै देखिने बालमैत्री सर्च इन्जिन लञ्च भएको छ । ‘किडल’
http.//www.kiddle.co नामको यस सर्च इन्जिनको लोगो पनि गुगलसँगै मिल्दोजुल्दो रहेको छ ।
साथै किडलको लोगोमा पनि गुगलको जस्तै रङहरू प्रयोग गरिएको छ तर पछाडिको ब्याकग्राउण्डमा भने अन्तरीक्षको कार्टुन र रोबट राखिएको छ । यो सर्च इन्जिन गुगलसँग भने आबद्ध छैन ।

यसले गुगलकै ‘कस्टम सर्च बार’को प्रयोग गरेर वयस्क सामग्री (Adult content) लाई फिल्टर गर्ने गरेको छ । वेब सामग्रीमा अश्लिल सामग्री मिसिन नदिन गुगलको सेफ सर्चको मद्दतले किडलले छानेका सामग्री मात्र सर्च नतिजामा देखाउँछ । यसरी सर्चमा देखाइने नतिजा बालबालिकालाई लक्षित गरेर राखिएको छ । यसले कतिपय अश्लील शब्द अनि अश्लील कार्यसँग सम्बन्धित सेलिब्रिटिका नामलाई पनि ब्लक गरेको छ । जस्तैः सेक्स, प्यामेला एण्डर्सन आदि ।
0 comments