Saturday, May 7, 2016

ओपेरा मिनीले ल्यायो नयाँ फिचर, जसमा मिल्ने छ विज्ञापन ब्लक गर्ने फिचर !

इन्टरनेट ब्राउजर ओपेरा मिनीले विज्ञापन ब्लक गर्ने सुविधा (बिल्ट इन एण्ड ब्लगर फिचर) ल्याउने भएको  छ । 
लोकप्रिय ब्राउजर ओपेरा मिनीको यो सुविधा सँगै इन्टरनेट ब्राउजिङ स्पीड समेत बढ्नेछ ।
मोबाइल डिभाइसका लागि लोकप्रिय ओपेरा मिनी ब्राउजरले डेस्कटपको लागि समेत बिल्ट इन एण्ड ब्लकिङ टुल ल्याउने तयारी गरेको छ ।
ओपेरा मिनीले बिल्ट इन एण्ड ब्लगर फिचर मार्च महिनामै टेस्टिङका लागि डेभलपरका लागि उपलब्ध गराएको थियो । अन्तरार्ष्ट्रिय सञ्चारमाध्यमका अनुसार ओपेरा मिनीका सबै प्रयोगकर्ताको लागि यो सुविधा नयाँ अपडेटका साथ उपलब्ध हुनेछ । 
अब डेकस्टपमा मात्र नभइ मोबाइलमा समेत इन्टरनेट साइट हेर्दा विज्ञापन देखिने छैन । साथै इन्टरनेट चलाउदा डाटाको समेत बचत हुने फिचर ओपेरा मिनीको नयाँ अपडेट भर्सनमा उपलब्ध हुनेछ । 
Load disqus comments

0 comments