Thursday, March 24, 2016

यसरी गर्नुहोस् ल्यापटपको सुरक्षा

विद्यार्थीदेखि गृहिणीसम्म सबैले व्यक्तिगत होस् वा संस्थागत प्रयोगका लागि पछिल्लो समयमा डेक्सटपभन्दा ल्यापटपको प्रयोग बढी भएको पाइन्छ ।  यसको सुरक्षा तथा हेरचाहका बारेमा सबैलाई थाहा नहुन सक्छ ।   


यसको हेरचाह कसरी गर्ने त ?
ल्यापटपलाई धुलोबाट बचाउनुहोस् ।  किबोर्डमा धेरै नै धुलो जम्मा भयो भने विभिन्न  समस्या आउनसक्छ ।  ल्यापटपमा रहेको कुलर फ्यानमा धुलो जम्मा भयो भने ल्यापटप आवश्यकताभन्दा बढी तात्न थाल्छ । 
  • ओछ्यानमा बसेर सकेसम्म ल्यापटप नचलाएकै राम्रो, चलाउनै परे ल्यापटपमुनि किताब वा अखबार राखेर चलाउनु उचित हुन्छ  ।
  •  
  • खाने बेला ल्यापटप नचलाउँदा राम्रो ।  खाँदै ल्यापटप चलाउँदा तरल पदार्थ पोखिएर किबोर्ड र मदरबोर्डमा छिर्यो भने ल्यापटप सर्ट हुने खतरा हुन्छ ।
  • ल्यापटप सफा गर्दा होस् पु¥याउनु पर्छ ।  सफा गर्ने नाममा कुनै झोल पदार्थ ल्यापटपको स्क्रिनमा सीधै स्प्रे नगर्नुहोला ।  ल्यापटप स्क्रिन सफा गर्दा पहिले सफा कपडामा स्प्रे गर्नुहोस् अनि मात्र पुछ्नुहोस् ।  यसो गर्दा स्क्रिन बिग्रिने डर हुँदैन ।  सकभर नरम कपडा प्रयोग गर्दा राम्रो ।
  • तपाईंको रातभर ल्यापटप चार्जमा राखेर सुत्ने बानी छ भने अहिलेदेखि त्याग्नुहोस् ।  लामो समयसम्म चार्ज गरिराख्दा ल्यापटपको ब्याट्री तात्ने र टिकाउसमेत हुँदैन । 
  • सकभर ब्याट्री पूरै सकिने गरी प्रयोग पनि नगर्दा राम्रो ।  १०–१५ प्रतिशत ब्याट्री बाँकी छँदै ल्यापटप बन्द वा पुनः चार्ज गर्नुहोस् । 
  • ल्यापटप सुरक्षित राख्न सकभर जेनियुन अपरेटिङ सिस्टम, जेनियुन सफ्टवेयर, अपडेटेड एन्टिभाइरस र फायरवाल प्रयोग गर्नुहोस् ।  यसो गर्दा बारम्बार ल्यापटप फरम्याट गर्नुपर्ने झन्झट हँुदैन ।  साथै, ह्याकिङ हुने र डाटा हराउनेर बिग्रिने डर कम हुन्छ । 
  • ल्यापटपको कन्ट्रोल प्यानलको पावर सेभिङ अप्सनमा गएर ब्यालेन्स र पावर सेभ अप्सन सेलेक्ट गर्न सकिन्छ ।  यसलाई आफ्नो इच्छा अनुसार कस्टोमाइज गर्न पनि सकिन्छ, जसले ब्याट्रीको ब्याकअप बढाउँछ ।  स्क्रिनको ब्राइटनेस कम गरेर पनि ब्याट्रीको ब्याकअप बढाउन सकिन्छ ।
  • सकेसम्म दोस्रो व्यक्तिलाई ल्यापटप प्रयोग गर्न नदिएकै राम्रो ।  बायोस पासवर्ड र युजर पासवर्ड राखेर ल्यापटप र ल्यापटपमा राखेका डकुमेन्ट सुरक्षित गर्नुहोस् । 
  • साथै ल्यापटपलाई भौतिक क्षति हुनबाट बचाउन ल्यापटप ब्याग, कभर ब्यागको प्रयोग गर्नुहोस् ।

Load disqus comments

0 comments