Friday, March 25, 2016

एप्पलले ल्यायो सस्तो आइफोन के– के छन् फिचर्स ?

अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलले सबैभन्दा सस्तो मूल्यको आइफोन गत सोमबार सार्वजनिक गरेको छ ।  एप्पलको मुख्यालयमा सार्वजनिक गरिएको सस्तो आइफोनलाई ‘आइफोन एसई’ नाम दिइएको छ ।
एप्पलका उत्पादनहरू महँगो भएको साधारणको पहुँचभन्दा बाहिर रहेको आरोप खेप्दै आएको एप्पलले अब यस्तो आरोपबाट मुक्त हुने अपेक्षा राखेको छ । 
साथै १६ जिबीको आइफोन एस इ को मूल्य तीन सय ९९ डलर र ६४ जीबीको मूल्य ४९९ डलर तोकिएको छ ।  यो आइफोन मे महिनादेखि विश्वका करिब एक सय देशमा किन्न पाइने छ । 
के के छन् फिचर
स्क्रिन साइजः चार इन्च
क्यामेराः १२ मेगापिक्सेल
रेटिना फ्ल्याससहित भिडियो चार के क्वालिटी
अपरेटिङ सिस्टमः iOS ९.३ भर्सन
मूल्यः
१६ जीबी– ३९९ डलर
६४ जीबी– ४९९ डलर
थप विशेषताः
पहिलेको भन्दा सुधारिएको ब्याट्री, लाइफाई, एप्पल पे ।
Load disqus comments

0 comments