Monday, March 28, 2016

यसरी हटाउनुहोस् मोबाइलबाट भाइरस

स्मार्टफोनमा विभिन्न एप्लिकेशन हुन्छन् । जुन चलाउँदा भाइरसको समेत सामना गर्नु पर्छ । खासगरी एन्ड्रोइड फोनको अपरेटिङ सिष्टम ओपन सोर्समा आधारित भएकोले तपाइँको स्मार्टफोनमा भाइरस पस्न बेर लाउँदैन ।  












यसरी हटाउनुहोस् मोबाइलबाट भाइरसः

स्मार्टफोनको सेफमोडमा रिबुटः
तपाइले सबै भन्दा पहिले आफ्नो फोन वा ट्यावलेटलाई सेफमोडमा रिबुट गरेर भाइरस हटाउन सक्नुहुन्छ । यसो गर्दा थर्डपाटी एल्लिकेशनबाट आउने भाइरस हट्छ र यो आफै बन्द समेत हुन्छ । तपाइँको फोनमा सेफ मोड रिबुटको अप्सन छैन भने पावर बटन केही बेर थिच्नुस् । यसो गर्दा रिबुट टु सेफ मोड अप्सन देखिन्छ, त्यसमा थिच्नुस् ।


डिभाइस सेटिङः
रिस्टार्ट गरेपछि शुरुमा डिभाइस सेटिङमा जानुस्, एप अप्सन ओपन गर्नुस् । यहाँ सबै एप देखिन्छन् । यतिबेला तपाइँको कुनै पनि एप्स रनिङ मोडमा हुँदैन । यतिबेला तपाइँको मोबाइलमा भएको भाइरस रन भएको देखिनेछ ।

मालिसियस एप अनस्टल
यदि तपाइँको मोबाइलमा कुनै इन्स्टल नगरेको वाइर देख्नु भो भने अनस्टल गरि हाल्नुस् । कहिलेकाँहि भने भाइरसमा अनिष्टल अप्सन नहुन सक्छ । यसका लागि तपाइँ डिभाइस एडमिनिस्ट्रेटर सेटिङमा जानु पर्छ ।

डिभाइस एडमिनिस्ट्रेटर
डिभाइस एडमिनिस्ट्रेटर सेटिङमा गएर तपाइँले इन्स्टल भएका एप्सको लिष्ट देख्न सक्नु हुन्छ । तपाइँले इन्स्टल नगरेको एपलाई त्यहाँबाट हटाउन सकिन्छ । यसका लागि तपाइँले विण्डोमा देखिएको एपलाई डिएक्टिभेट गर्नु पर्छ ।

नर्मल मोड रिस्टार्ट गर्नुस्
जव तपाइँले अन्वान्टेड एप हटाउनु हुन्छ तव स्मार्टफोन वा ट्यावलेट नर्मलमोडमा रिस्टार्ट गर्नुस् । यसो गर्दा तपाइँको डिभाइस नर्मनल मोडमा फर्किन्छ । यतिबेला तपाइँको मोबाइल भाइरस मुक्त भैसकेको हुन्छ ।
Load disqus comments

0 comments