Tuesday, March 8, 2016

गुगल सर्च टिप्स ट्रिक्स

गुगल सर्च टिप्स ट्रिक्स- अजय शर्मा

1.    AND अथवा +
                And अथाव + ले शब्दलाई जोड्ने काम गर्दछ। जसवाट ठ्याक्कै ति दुबै शब्द भएको सर्च रिजल्ट भेटिन्छ ।
Sun +moon

2.     OR अथवा Space
                यसो गर्दा दुईवटा शब्द मध्ये कुनै एक मात्र भए हुन्छ भन्ने वुझीन्छ। enepal media

3.    ” “
यस चिन्हको प्रयोग गरेर सर्च गर्दा गुगलले ठ्याक्कै त्यही वाक्य सम्झेर सर्च रिजल्ट खोज्दछ।
“the sun lights up the moon”

4.    -
                यस माईनस चिन्हको यस वाहेक भन्ने वुझाँउछ । उदारणको लागी sun -”moon and stars” भन्दा यसको सर्च रिजल्ट सन आउदाँ मुन र स्टारर्स को कुरा चाँही आउनु हुन्न भन्ने वुझीन्छ।

5.     *
                यस चिन्हलाई गुगल ले वाईल्ड कार्डको रुपमा वुझ्दछ जसले गर्दा कुनै वाक्यको विचमा कुनै शब्द विर्सियो भने गुगले संभावित शब्द चयन गरेर सर्च गर्दछ।  “the * lights up the moon”

6.     ~
                यसको प्रयोगले गुगलले कुनै शब्दको पर्यावाची शब्द खोजेर देखाई दिन्छ।
~sun

7.     ..
                दुई अंकको विचमा यसको प्रयोगले ति दुई अंक विचको रेञ्ज भन्ने जनाँउछ। "solar eclipse 1990..2005"

गुगल सर्च टिप्स ट्रिक्स - २

    बिदेशी विनिमय दर रुपान्तरणको लागी (currencies)
    100 Euro in USD
    नाप तौल रुपान्तरणको लागी (weight, length, volume, etc)
    100kg in lb
    समय थाहा पाउनको लागी (time)
    time kathmandu
    मौसम थाहा पाउनको लागी
    weather kathmandu


गुगल सर्च टिप्स ट्रिक्स - ३

    तपाँईलाई स्कुल पढ्दा म्याथमा सरल गरेको याद आउछ? समिकरण लेख्न सक्नु हुन्छ भने त्यो काम गुगलमा लेख्न सकिन्छ।
    (10 + 4) /2 *7


    प्रतिशत निकाल्नको लागी त गुगललाई कस्ले जित्ने ।
    51% of 900



    यसलाई पनि ट्राई गर्ने हो कि?
    5^3
    sqrt(4)
    cos(45) tan (45)
    4 ! (फ्याक्टोरियल पत्ता लगाउन)



गुगल सर्च टिप्स ट्रिक्स - ४

    site:
    यसले खोज्नु पर्ने कुरा निश्चित साईमा मात्र खोज्दछ।
    Nepal site:bbc.co.uk
    inurl: _ intitle: _ intext: _ inanchor:
    यसले सम्वन्धित सर्च स्ट्रिङ्गलाई क्रमश URL, title, text अथजम anchor मा मात्र खोज्ने काम गर्दछ। यदि माथिका अपरेटर माथी "all" भन्ने टर्म राखिदिने हो भने एकै पटक सम्वन्धित रिजल्ट देखाँउछ।
    intext:bbc.co.uk nepal -king
    link:
    यसले दिएको URL लाई कहाँ कहाँ लिङ्क गरेको छ त्यो मात्र देखाँउछ।
    link:enepal.net.np
    define:
    यसले ईन्टरनेटमा सम्वन्धित शब्दको अर्थ के के दिएको छ त्यो देखाँउछ।
    define:love
    filetype:
    यो चाँही गुगलमा ट्युटोरियल खोज्ने मेरो फेवरेट तरिका हो। यसमा फाईल टाईप जे दिएको छ सम्वन्धित स्ट्रीङ्गको रिजल्छट त्यो टाईपको फाईलमा छ भने मात्र देखाँउछ।
    PHP Mysql Tutorial filetype:pdf
    Q&A
    गुगललाई के सोध्न मन लागेको छ एक चोटी सोधेर र हेर्नुस गुगलले बुझ्यो भने फेरी सोध्नु पर्दैन।
    What is the population of Nepal?
***

Load disqus comments

0 comments