Wednesday, March 9, 2016

सामसुङ एस सेभन र एस सेभन एज नेपाली बजारमा, के छन् विशेषता?

विश्वको नम्बर वान स्मार्टफोन निर्माता कम्पनी सामसुङका थप दुइ नयाँ स्मार्टफोन नेपाली बजारमा भित्रिएका छन् । सामसुङले आधिकारिक रुपमा बुधबार नयाँ दुईवटा स्मार्टफोन नेपाली बजारमा विक्रिका लागि ल्याएको हो ।
नेपाली बजारमा यी स्मार्ट फोन सामसुङ एस 7 एज ३२ जीबीको मूल्य ८८ हजार ९ सय रुपैयाँ र एस 7 ३२ जीबीको मूल्य ७७ हजार ९ सय रुपैयाँमा पाइने कम्पनीले जनाएको छ ।

के छन् विशेषताः
ग्यालेक्सी एस ७ मा ५.१ र ग्यालेक्सी एस ७ एजमा ५.५ इन्चको डिस्प्ले छ । त्यस्तै र्यामलाई एक जिबी बढाएर ४ जिबी बनाएको छ । यी दुबै स्मार्टफोन एन्ड्रोइडको नयाँ भर्सन ६.१ मार्समाल्लोमा विकसित गरिएको छ ।  

यस्ता छन् ५ नयाँ  विशेषताः
१. ग्यालेक्सी एस ७ र ग्यालेक्सी एस ७ एज मा माइक्रोएसडी कार्ड लाग्छ । यसले २०० गीगाबाइट (जीबी)सम्मको स्टोरेज गर्न मिल्छ ।

२. यि दुई मोबाइल सेटमा ब्याट्री क्षमतापनि पहिलेभन्दा बढी छ । एकपटक पुरै चार्ज गरेपछि एस ७ एजमा १५ घण्टासम्म हाई डिभिनिशन भिडियो हेर्न सकिन्छ । ब्याट्रीको क्षमता पहिलाको सिरिज भन्दा बढाएर एस ७ मा ३००० एमएच र एस ७ एजमा ३६०० एमएच रहेको छ ।

३. अर्को विशेषता भनेको वाटर रेजिस्टेन्स रेटिङ हो । यसबाट आइपी ६८ वाटर रजिस्टेड रेटिङ समेत मिल्छ । यसको अर्थ हो आधा घण्टासम्म पानीका डुबेपनि यो सेटलाई फरक पर्दैन् ।

४. यो स्मार्टफोनमा ‘अलवेज अन डिस्प्ले’को सुविधा समेत छ । यसले स्क्रिन नखोलिकनै समय र नोटिफिकेशनका बारेमा जानकारी दिन्छ ।

५. यसमा ‘गेमिङ प्रविधि’ र रेयर क्यामरा पनि जडान गरिएको छ । गेम खेल्नेहरु र फोटोग्राफी गर्नेहरुले यसको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।
Load disqus comments

0 comments