
के हो गुगल ह्याङ आउट ?
गुगल ह्याङ आउट गुगलद्वारा निर्माण गरिएको सञ्चार प्लेटफर्म हो, जसमा तत्काल मेसेज गर्न, भिडियो च्याट् गर्न, एसएमएस पठाउन र भिओआइपी लगायतका विशेषता रहेका छन् । यसको आगमन पश्चात् गुगलले शुरु गरेका गुगल टक, गुगल प्लस म्यासेन्जर जसलाइ हुडल भन्ने गरिन्थ्यो यी सबै गुगल प्लस ह्याङ आउटमामा समावेश गरिएका छन् ।
कुन कुन डिभाइसमा चलाउन मिल्छ गुगलको ह्याङ आउट ?
गुगलको ह्याङ आउट माइक्रोसफट् विन्डोज (क्रोम एक्सटेन्सन), सबै जसो आधुनिक वेव ब्राउजर, ओएस एक्स (क्रोम एक्सटेन्सन ), लिनक्स (क्रोम एक्सटेन्सन), क्रोम ओएस्, एन्ड्रोइड, आइओएस लगायतका अपरेटिङ् सिस्टममा चलाउन मिल्छ ।
कसरी चलाउने गुगल ह्याङ आउट ?
गुगल ह्याङ आउटले दुई वा दुई भन्दा बढि प्रयोगकर्ताबीच टेक्स्, भ्वाइस र भिडियो कुराकानीको सुविधा दिएको छ । यसलाई चलाउन वेव ब्राउजरमा जीमेल, गुगल प्लस अथवा मोबाइल एप्लीकेशन, एन्ड्रोइड, आइओएसको प्रयोग गर्नुपर्ने हुन्छ ।
मोबाइलमा गुगल ह्याङ आउट चलाउने विधिः
१) मोबाइलमा गुगल ह्याङ आउट एप इन्टल गर्नुहोस् ।
२) जिमेल वा गुगल प्लस मार्फत साइन इन गर्नुहोस् ।
३) तपाइसँग जिमेलमा भएका सबै सम्पर्क इमेल लिस्ट देखिने छन् ।
४) अनलाइन इमेल लिस्टमा हरियो वटन देखा पर्छ, त्यस्ता साथीहरुसँग छुट्टा छुट्टै वा ग्रुपमा च्याट, अडियो र भिडियो कुराकानी गर्न सक्नुहुन्छ । अधिकतम १० जनासँग ग्रुपमा भिडियो कल गर्न सकिने सुविधा रहेको छ ।
वेव ब्राउजर मार्फत् गुगल ह्याङ आउट चलाउने विधिः
१) कुनै पनि आधुनिक वेव ब्राउजर मार्फत् जततउकस्ररजबलनयगतक।नययनभि।अयmर वेव साइटमा जानुहोस् । सकभर गुगल ह्याङ आउट वेवमा चलाउदा गुगल क्रोम ब्राउजर चलाउनुहोस् ।
२) गुगल प्लस वा जिमेल एकाउन्ट लगइन गर्नुहोस् ।
३) जिमेल लगइन भइसके पछि तपाइले आफ्नो इमेलमा भएका साथीसँग छुट्टा छुट्टै वा ग्रुपमा च्याट, अडियो र भिडियो कुराकानी गर्न सक्नुहुन्छ ।
४) मेनुमा गई ऋयलतबअत मा क्लीक गरी सम्पर्क गर्न चाहेको व्यक्तिको नाम सर्च गर्नुहोस् । यदि भेट्नुभयो भने नाममा क्लीक गरी कुराकानी गर्न सक्नुहुन्छ ।
४) तपाइले इमेलमा नभएका साथीहरुलाई गुगल ह्याङ आउटमा क्ष्लखष्तभ समेत गर्न सक्नुहुन्छ । यसका लागि तपाइले ऋयलतबअत मा गएर इमेल आइडी सर्च गर्नुहोस् तपाइको ऋयलतबअत मा नभएको साथीलाई इमेल आइडी मार्फत् गुगल ह्याङ आउटमा क्ष्लखष्तभ गर्न सक्नुहुन्छ ।
५) साथै तपाइ गुगल ह्याङ आउटबाट तपाइबीच भैरहेको भिडियो कल तथा बहस विश्वमाझ प्रत्यक्ष प्रशारण गर्न पनि सक्नुहुन्छ । त्यसका लागि बाँया साइडमा रहेको मिनुबारमा गएर ज्बलनयगतक इल ब्ष्च एक्टीभेट गरी प्लगइन इन्टल गर्नुपर्छ ।
६) तपाइ सेटिङ्मा गएर विभिन्न सेवालाइ एन्टीभेट तथा डिएक्टीभेट समेत गर्न सक्नुहुन्छ ।
७) गुगल क्रोम ब्राउजर चलाउनुहुन्छ भने तपाइले न्ययनभि ज्बलनयगतक प्लगइन ब्राउजरमा इन्स्टल गर्न सक्नुहुन्छ । जसले गर्दा गुगल ह्याङ आउट चलाउदा सहज हुन्छ ।
त्यसो त स्काइप, भाइबर, फेसबूक म्यासेञ्जर, ह्वाट्सएप, काकाओ टक, लाइन, ट्याङ्गो, आईसीक्यू, वीच्याट जस्ता अन्य दर्जनौं एपले पनि भिडियो कलिङ्को सुविधा उपलब्ध गराउँदै आएका छन् ।
– अजय शर्मा
०००
(युवामञ्चमा प्रकाशित लेख)
0 comments