Sunday, March 20, 2016

माइक्रो ब्लगिङ साइट ट्वीटरले अक्षर सिमा नबढाउने

माइक्रो ब्लगिङ साइट ट्वीटरले अक्षर सिमा नबढाउने भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्वीटरका सीईओ ज्याक डोर्सीले शुक्रबार 'टूडे' नामक एक शोको साक्षात्कारमा ट्वीटको १४० अक्षर सिमा कायमै हुने खुलासा गरेका हुन् ।
केही समय अघि ट्वीटरले अक्षर सीमा १४० बाट बढाएर १० हजार पुर्‍याउने समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको थियो । साथै ट्विटरका सीईओ डोर्सीले स्वयम ट्वीट गदैँ अक्षर सिमा बढ्ने जानकारी दिएका थिए ।
Load disqus comments

0 comments