Wednesday, April 20, 2016

भाइबरमा कल र म्यासेज अझ सुरक्षित बन्दै

भिडियो, भ्वाइस र  म्यासेजका लागि प्रयोग हुँदै अाएको भिअोअाइपी सेवा, भाइबरले आफ्ना प्रयोगकर्ताको लागि इनक्रिप्सन’ फिचर सुरु गर्ने भएको छ ।
भाइबरले केही समय अघि ह्वाट्स एपले सुरूगरेको यो फिचर आफ्ना प्रयोगकर्ताका लागि कल र म्यासेज अझ गोप्य र सुरक्षित बनाउन यस्तो फिचर सुरू गर्ने लागेको हो ।

अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार अबदेखि भाइबरमा पठाइने म्यासेज र अडियो, भिडियो कललाइ इनक्रिप्सन कोडमा परिर्वतन गरेर मात्र पठाउने छ । यो पफिचर संचालनमा अाएपछि म्यासेज वा कल पठाउने र पाउने व्यक्तिले मात्र पढ्न सक्ने छन् । यसबाट प्रयोगकर्ताको डाटा ह्याकरबाट समेत सुरक्षित हुने कम्पनीले जनाइएको छ।
Load disqus comments

0 comments