Saturday, April 2, 2016

एटीएमको पासवर्ड चार अङ्ककै किन ?

यदि तपाईंले पनि एटीएम प्रयोग गर्नुहुन्छ भने पक्कै थाहा होला, एटीएमको पासवर्ड चार अङ्कको हुन्छ तर किन ? कहिल्यै यसरी सोच्नु भएको छ ? नयाँ इमेल आईडी खोल्न र विभिन्न सामाजिक सञ्जालका आईडी बनाउन कम्तीमा ६ अङ्कको पासवर्ड राख्नु प्रयोगकर्ताका लागि अनिवार्य छ तर एटीएम जस्तो संवेदनशील सेवामा चार अङ्कको पासवर्ड किन ? यस बारे कहिल्यै सोच्नु भएको छ, यसको कारण भने निकै रोचक रहेको छ ।
एटीएमको आविष्कार जोन एड्रियन शेफर्ड ब्यारोनले गरेका हुन् ।  उनले एटीएमको अविष्कार गर्दा छ अङ्कको पासवर्ड प्रयोग गर्ने सोच बनाएका थिए तर उनकी पत्नीले चार अङ्कभन्दा माथिको पासवर्ड याद गर्नका लागि निकै नै कष्ट गर्नुपथ्र्यो ।  आफ्नी पत्नीकोे बाध्यतालाई विचार गरेर सेफर्डले एटीएमको पासवर्ड चार अङ्कको राख्ने निर्णय गरे ।  त्यसै कारण हामीले अहिले एटीएममा चार अङ्कको पासवर्ड प्रयोग गरिरहेका छौँ ।


Load disqus comments

0 comments