Friday, April 1, 2016

सेल्फी स्टिक पुरानो भयो अब ड्रोनको मद्दतले खिचौँ सेल्फी

सेल्फीको क्रेज मानिकसमा यसरी बढेको छ की अब सेल्फी लिन बजारमा विभिन्न उपकरण उपलब्ध छन् । सेल्फी स्टिकका बारेमा त तपाइलाइ थाहै होला । अब "सेल्फी ड्रोन" को समेत विकास भएको छ, जो विशेषतः सेल्फी लिन कै लागि बनाइएको छ ।
अष्ट्रियाली कम्पनी आइओटी ग्रुपले एक "आरओएएम" ड्रोन बनाएको छ । प्रविधिको विश्वप्रसिद्ध वेवसाइट म्यासेबलका अनुसार,  सेल्फी ड्रोनको बिक्री विहिबारदेखि शुरू भएको छ । आइओटी ग्रुपका कार्यकारी निर्देशक इयान डफेलका अनुसार सेल्फी स्टिकमा सिमित लम्बाइको समस्या रहेकाले कम्पनीले उड्ने सेल्फी स्टिक ल्याएको बताएका छन् ।

सेल्फी ड्रोनका प्रमुख विषेशताः
  • ५ मेगापिक्सल सेन्सर क्यामरा ।
  • फेसडिटेक्सन प्रविधिको प्रयोग ।
  • २५ मिटरको दूरबाट समेत तस्वीर लिन सकिने ।
  • एकपटकमा २० मिनेटको भिडियो लिन सकिने ।
  • सानो साइजको भएकाले ब्याग राख्न सकिने ।
  • समाचार रिपोर्टका अनुसार यसको मुल्य २६७ डलर रहेको छ ।
Load disqus comments

0 comments